ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

पूर्व साबधानीका लागि मोबाईलमा सूचना

२८ श्रावण २०७५, सोमबार
२८ श्रावण २०७५, सोमबार

“देशभर झरीको अवस्था रहि रहने भएकाले पहिरोको जोखिम आसपासका क्षेत्रमा रहनेहरू सतर्क हुनुहोला” । अचेल यस्तै यस्तै सन्देश आउने गर्छन रोल्पाका सामाजिक, राजनैतिक अगुवा, पत्रकार तथा स्थानीय तह र सुरक्षा निकायका प्रमुखको मोवाईलमा ।
दैनिक विहान आउने यस्ता सन्देशले दिनभरका लागि आवश्यक सतर्कता सहित यात्रा गर्न सहज भएको वताईन्छ । मोवाईलवाट आउने यस्ता सन्देशले आवश्यक तयारी र सावधानीमा सहयोग गरिरहेको जिल्लावासीहरूले वताएका छन । मोवाईलको सन्देश हेरेर दिनभरिको योजना तय गर्ने गर्छु स्थानीय गैससकर्मी याम थापाले भने । समुदायको काममा टाढाको यात्रामा जाँदा पहिरोको जोखिम हुने भएकाले मोवाईलको सन्देशका आधारमा कम जोखिम भएको वेला यात्रा तय गर्ने गरेको थापाको भनाई छ ।
जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखावाट हरेक दिन प्रकाशित हुने वुलेटिनलाई राष्ट्रिय आपतकालिन संचालन केन्द्रले देशभरका जिल्ला प्रशासन कार्यालय सम्म प्रवाह गर्ने गर्दछ । उक्त सन्देशलाई जिल्ला प्रशासन कार्यालय सम्म मात्र सिमित नराखी तल सम्म प्रवाह गर्ने परिपारी अनुसार रोल्पामा यस्तो संयन्त्रको विकास गरिएको वताइएको छ ।
जिल्लाका संचारकर्मी, सुरक्षा निकाय, स्थानीय तहका प्रमुख,रेडक्रसकर्मी समेत गरि हाल ८५ व्यक्तिलाई जिल्ला प्रशासन कार्यालयवाट दैनिक सन्देश जाने गर्दछ । सो सन्देशलाई आ आफनो संयन्त्र मार्फत हरेक घरधुरी सम्म पुग्ने वा सन्देशको वारे चौतारी, चियापसल, पानीधारा लगायतका स्थानमा समेत चर्चाको विषय वने धेरै लाभान्वित हुन सक्ने अपेक्षा गरिएको छ । वाढी पहिरो जस्ता प्रकोपवाट मानविय क्षती कम गर्नका लागी संयन्त्र प्रभावकारी हुने वताइएको छ । हाल स्थानीय गैर सरकारी संस्था विकास सरोकार समाज डिकोसले संचालन गरेको पहल कार्यक्रम संग समन्वय गरेर यस्तो सेवा प्रवाह गरिहेका छौ प्रमुख जिल्ला अधिकारी गंजवहादुर एमसीले भने । दैनिक रूपमा प्रवाह हुने सन्देशले पूर्व तयारीमा सहयोग गर्नुका साथै घटना घटि सके पछि पनि तत्काल उद्दार कार्यका लागि सहयोग गर्छ प्रजिअ एमसीले भने ।
अभ्यास गरिएको छोटो समयमै राम्रो प्रतिकृया आएको पहल कार्यक्रमका सरद पोख्रेल जानकारी दिए । स्थानीय सरकारका प्रतिनिधिहरूले सूचनालाई सके जति तल सम्म प्रवाह गरिरहनु भएको छ, पोख्रेलले भने । संयन्त्रको दीगोपनाका लागी स्थानीय सरकारहरूले समेत वजेट विनियोजन गर्न सके कार्यक्रमले निरन्तरता पाउने पोख्रेलको भनाई छ ।
वाढी पहिरोका कारण नेपालमा हरेक वर्ष ३ सय वढीले ज्यान गुमाउदै आएका छन भने ठूलो मात्रामा धनसम्पत्तीको क्षति हुदै आएको छ । सानो लगानीवाट गरिने यस्ता पूर्व तयारीको संयन्त्रले ठूलो मात्रामा हुने धनजनको क्षतीवाट वच्न सकिने जानकारहरू बताउँछन् । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?