© २०२३
बुटवल, २६ माघ ।
तिलोत्तमा नगरपालिका मा रहेका सिद्धार्थ अंग्रेजी मावि विद्यालयमा जिल्लास्तरिय वक्तृत्वकला प्रतियोगीता चलेको थियो । सोही अवसरमा विद्यालयको गेट भित्र सयौंको संख्यामा पुस्तक लहर राखीएका थिए ।
विद्यार्थीले लहरै राखीएका पुस्तक आफ्नो रुची अनुसार छान्दै थिए । कुनैले भन्दै थिए–‘यो त हाम्रो बुकमा भएको कथा पो रहेछ, कुनै यो त साईटिष्ट हो, किनौं’ । कुनै विद्यार्थीहरूले आफूलाई मन परेको पुस्तक किन्दै थिए त कुनैले ‘अर्को पटक आउँदा ल्याउनु है, पैसा ल्याएको छैन, किन्छु ’भन्दै जाँन्थे ।
यसरी यो विद्यालयले राखेको कार्यक्रम थिएन । विद्यालयमा आयोजना हुने बार्षिकोत्सव, सास्कृतिक कार्यक्रम, परीक्षाफल प्रकाशन दिन, कुनै जन्मोत्सवको अवसरमा विद्यालय विद्यालयमा पुगेर विद्यार्थीहरूमा पठन संस्कृतिको विकास गर्नुपर्दछ भनेर बुटवलका ३ जना अभियान्ताले सुरुवात गरेको कार्यक्रम थियो । ‘विद्यालयमा पुस्तक प्रदर्शनी यात्रा’ दिएर शिक्षक तथा पुस्तक व्यवसायी कृष्ण बहादुर कार्की (राजु), दिपेन्द्र जिसी, गोविन्द ज्ञवालीले सुरुवात गरेको अभियान हो । विद्यालयमा कोरा शिक्षा मात्रै अध्यापन गराउने गरेको कारण विद्यार्थीहरूमा वाहिर ज्ञान, पुस्तका लगायतका विषयमा ज्ञानको अभाव भएको कारण पठन सस्कृतिको विकास गर्ने गरी अभियानको थालनी गरिएको शिक्षक समेत रहेका अभियान्ता कृष्ण बहादुर कार्कीले जानकारी दिए ।
यो अभियान अन्र्तगत हाल सम्म सैनामैना, तिलोत्तमा, बुटवल लगायतका स्थानमा १९ स्थानका विद्यालयमा यो अभियान अन्र्तगत पुस्तक प्रर्दशन गरिएको छ । विद्यार्र्थीहरूको रुची अनुसारका साहित्यीक, पाठ्क्रममा आधारित पुस्तक, सामान्य ज्ञान लगायतका विभिन्न विधाका सयौंको संख्यामा पुस्तकहरू प्रदर्शनी र विक्रि गर्दै आएको कार्कीको भनाई रहेको छ ।
कतिपय विद्यार्थीहरूमा अहिले रहेको सूचना प्रविधीको लगत भन्दा पनि बाहिर रहेर साहित्यिक, सामान्य ज्ञान, खेलकुद लगायतका विषयमा गाढा रुची समेत देखिएको अभियान्ता तथा विशाल पुस्तक सदनका सञ्चालक दिपेन्द्र जिसीले जानकारी दिए । जसको लागि अभियानमा विद्यार्थीहरूलाई पुस्तक खरिदमा छुटको समेत व्यवस्था गरिएको छ ।
न्यु लाईट कलेज शंकरनगरबाट सुरुवात भएको यो ‘विद्यालयमा पुस्तक प्रदर्शन यात्रा’ पालिका पालिकामा समेत पु¥याउनुपर्ने गरी योजना अगाडि बढाइएको जिसीको भनाई रहेको छ । उनी भन्छन्–‘ग्याजेट भन्दा पनि पुस्तकबाट विद्यार्थीहरूमा ज्ञान, सिप र धारणा विकास गर्न सकिन्छकी भन्ने हाम्रो अभियान हो, यसको लागि स्थानीय तह, वडा, पालिका, विद्यालयहरूले साथ दिनुहुन्छ भन्ने विश्वास रहेको छ ।’
यो अभियान संगसंगै ३ जना अभियान्ताहरूले विद्यार्थीको जन्मदिनमा पुस्तक अभियान समेत थालन गर्ने योजना बनाएको छ । अहिले पनि विद्यार्थीहरूले जन्मदिनको अवसरमा केक काट्ने, रमाइलो गर्ने, चकलेट बाँड्ने पश्चीमा संस्कृति विकास हँुदै गएको छ । जन्मदिनको अवसरमा एक जना विद्यार्थीले एउटा मात्रै पुस्तक किनेर साथीलाई दिँदा अर्को पटक मा समूह भित्रका सबै विद्यार्थीहरूले समेत पुस्तक दिँने सस्कृतिको विकास हुँदा स–सानो पुस्तकालय नै घरमा निर्माण हुन सक्ने अपेक्षा उनीहरूको रहेको छ । अभियान्ता कृष्ण बहादुर कार्र्की भन्छन्–‘जन्मदिनको अवसरमा एउटा पुस्तक विद्यार्थीले अर्को विद्यार्थीलाई दिँदा मिनी पुस्तकालय जस्तै समुहमा ३०, ४० जना भए, बर्षमा ४० वटा पुस्तका पाउछ, जसले विद्यार्थीमा पुस्तक पढ्ने बानीको विकास हुन्छ ।”
पछिल्लो समयमा विकास भएका सूचना प्रविधिको कारण विद्यार्थीहरूमा पठन संस्कृति, बाहिरी ज्ञानको अभाव भएको परिपेक्ष्यमा यो अभियानले प्रभावकारी हुने अपेक्षा लिइएको बुटवल बुक्स मार्टका गोविन्द ज्ञवाली बताउँछन् । पुस्तक पढ्दा स्मरण शक्ति बढाउने, राम्रो लेखन क्षमता समेत विकास हुने, शब्दावली गठन तथा लेखन सिपमा निखराता आउने, कम खर्चमा बढि भन्दा बढि मनोरञ्जन गर्न सकिने, एक पटक किनेको पुस्तक अर्को साथीबाट साटासाट गरेर थप ज्ञान आर्जन गर्न सकिने लगायतका फाईदाहरू रहेका ग्यालेक्सी बुक्सका सञ्चाल कृष्ण बहादुर कार्की (राजु) को भनाई छ । उनी भन्छन्–‘हाम्रो नारा जो पढ्छ, ऊ अघि बढ्छ भन्ने अनुसार नै लागिरहेका छौ ।’