ट्रेंडिंग:

>> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

‘आनन्द जात्रा’ का लागि जुट्दै नन्दन नगरका स्थानीय

१८ माघ २०८०, बिहीबार
१८ माघ २०८०, बिहीबार

नवलपरासी, १८ माघ । बौद्धकालिन प्राचिन नन्दन नगर र नन्दन ताललाई प्रवद्र्धन गर्न स्थानीय ‘आनन्द जात्रा’ को तयारीमा जुटेका छन् । जिल्लाको पाल्हीनन्दन गाउपालिका ६ स्थित पहिचानमा आएको प्राचिन नन्दन नगर र नन्दन तालको पहिचान गराउन र प्राचिन संस्कृतिको पुर्नत्थान गर्ने उद्देश्यले सो जात्राको तयारीमा जुटेका हुन् ।

ति स्थानको विस्तृत कार्ययोजना नै बनाएर काम गर्नुका साथै सो स्थानलाई प्रचार प्रसार तथा पहिचान र प्रवद्र्धन गर्न आनन्द जात्रा निकल्ने तयारीमा स्थानिय जुटेको सोही वार्डका वार्ड अध्यक्ष कृष्णचन्द्र यादवले बताए । प्राचिन नन्दन नगर र प्राचिन नन्दन तालको इतिहास प्राचिन कोलिय गणराज्यसँग जोडिएको जानकारहरूले बताएपछि सोही अनुसारको संस्कृति संरक्षण र पुर्नत्थान हुने गरि नन्दन जात्रा निकाल्ने योजना रहेको छ, वार्ड अध्यक्ष यादवले भने, यो जात्रा पछिसम्म एक संस्कार र संस्कृतिको रूपमा विकसित हुनेछ । बौद्धकालिन इतिहासलाई संस्कतिमा संरक्षण गर्न लागिएको हो । यसको तयारीका लागि शुक्रवार कार्ययोजनाबारे छलफल, स्थलगत अध्ययन अवलोकन गरिनुका साथै जात्राका लागि एक मुल समारोह समिति समेत बनाईने छ । तत्पश्चात जात्राको कार्ययोजना बनाईने छ ।

केही महिना पहिला पुरातत्वका जानकार नारद यादवले सो स्थान पुरातात्विक र ऐतिहासिक बस्तुहरू फेला परेको ति बस्तुहरू प्राचिन कोलिय गणराज्यको राजधानीमा फेला पर्ने बस्तुसँग मिल्दो जुल्दो भएको भन्दै संकलन गरेर पुरातत्व विभागमा समेत पठाएका थिए । अहिले सो स्थान बौद्धकालिन एक प्राचिन सिटी हुन सक्ने अनुमान बौद्ध अध्ययेता डा.कौशलेन्द्र बहादुर श्रीवास्तवले बताएका थिए । डा.श्रीवास्तवका अनुसार बौद्ध साहित्यहरूमा कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर (पण्डितपुर) नजिकै एक मंगल पोखरी भएको कुरा उल्लेख पाईन्छ ।
जहाँ कोलिय राजपरिवारका सदस्यहरू आनन्द लिन जाने गर्थे । ति पोखरी सुरक्षित, रमणिय, शान्त र मनोरम दृष्य थियो । सोही पोखरी (ताल) मा एक पटक सिद्धार्थ गौतम आनन्दन गर्न गएको बेला उनलाई कपिलबस्तुबाट उनको छोरा राहुल जन्मेको खबर सोही तालमा पुगेको थियो । उनीबाट कपिलबस्तु फर्केका थिए । आन्दन गर्ने पोखरी (ताल) मा मंगल सन्देश प्राप्त भएको हुदा मंगल पोखरी (ताल) पनि भन्न थालिएको हो । पछि सोही मंगल पोखरी अर्थात ताल नन्दन ताल भनिए होला । सुरक्षार्थ बस्ने सुरक्षाकर्मीहरूको स्थान पछि नगरको स्वरूप प्राप्त गरेको हो । अहिले ताल नजिकै रहेको पुरातात्विक स्थल प्राचिन नन्दन सिटी (नगर) हो ।

नगर नजिकै पडरी गाउँ छ । जुन गाँउ क्षेत्रमा आनन्द गर्न आउने कोलिय राजपरिवार, सैनिक, अन्य नागरिकहरू रात्री बस्ने क्याम्प खडा गर्ने प्रचलन हुने गरेको थियो । जसलाई स्थानीय भाषामा पडाव पनि भन्ने गरिन्छ । सोही पडाव राख्ने स्थान नै पडरी गाउँ भएको समेत अनुमान गर्न थालिएको छ । अहिलेको सोही इतिहासलाई झल्काउने गरि कोलिय गणराज्यको राजधानी कोलनगर (पण्डितपुर) बाट आनन्द गर्न जसरी राजपरिवारका सदस्य, सैनिक र नागरिकहरू आउने गर्थे, त्यसैलाई पुर्नउत्थान होस भनेर त्यसलाई आनन्द जात्राको रूपमा पण्डितपुरबाट नन्दनताल नगर तथा ताल क्षेत्र र पडरी गाँउसम्म जात्रा निकालिने छ । यसले प्राचिन संस्कृतिलाई पुनः पुर्नत्थान हुन्छ, वार्ड अध्यक्ष यादवले भने, सो जात्राले यो प्राचिन नन्दन नगरलाई देश विदेशसम्म प्रचार प्रसार गर्नमा मद्दत पुग्ने र यो एक पर्यटकिय स्थलको रूपमा विकास हुन्छ । यसका लागि जिल्ला समन्वय समिति लगायत सरोकारवाला कार्यालय र गाउपालिकालाई समेत स्वामित्व लिई सहयोग गर्न समेत वार्ड अध्यक्ष यादवले आग्रह गरेका छन् ।

स्थानीयको सो उत्साहको सराहना गर्दै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले त्यसका लागि आवश्यक सहयोग गाउँपालिकाले गर्ने प्रतिवद्धता समेत जनाएका छन् । यो प्राचिन सम्पदाको संरक्षण मात्रै गरेर पुग्दैन, वार्डअध्यक्षलाई भेटेर उनले भने,यसका लागि निरन्तर प्रचार प्रसारका लागि स्थानिय स्तरबाट कार्यक्रमहरू हुन पर्छ । उनका अनुसार सो स्थानमा फेला परेका प्राचिन बस्तु खपडा, हतियार बनाउन तथा आगो बाल्नमा प्रयोग गरिने ढुगाँका टुक्रा फेला परेको थियो । चारैतिर खाल्टो परेको होचो तर विचमा अग्लो भएको करिब ५ सय विघा क्षेत्रसम्म उक्त सिटी फैलिएको हुन सक्ने अनुमान गरिएको छ । नन्दनताल नजिकै रहेको उक्त स्थान पनि बौद्धकालिन नै हुने आधार देखिन्छ । सिद्धार्थको मावली राज्य नै प्राचिन कोलिय गणराज्यको भएको हुदा सिद्धार्थ गौतम मात्रै नभई उनकी सानी आमा प्रजावतीका छोरा नन्द र आनन्द भएकोले उनीहरूको पनि मावली कोलिय गणराज्य नै थियो ।

सय विघामा फैलिएको नन्दनतालको संरक्षणसँगै यो नन्दन नगर (सिटी) क्षेत्रलाई पुरातत्व विभागसँग मिलेर यस क्षेत्रको थप अनुसंधानमा गाउँपालिकाले काम गर्ने उनको भनाई थियो । अब प्राचिन नन्दननगर क्षेत्र विकास समिति र नन्दन तालका लागि नन्दन ताल संरक्षण तथा पर्यटन विकास समिति गठन गरि सरोकारवाला कार्यालयसँग मिलेर काम गर्ने गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताएका थिए ।
केही महिना अगाडि नन्दन तालको दक्षिणमा कोटही माई स्थान पुरातात्विक क्षेत्रको भएको र उक्त स्थान नन्दन नगर भएको हुन सक्ने पुरातत्वका जानकार बौद्ध अध्ययेता डा.कौशलेन्द्र बहादुर श्रीवास्तवले बताएका थिए । पुरातत्व क्षेत्रका जानकार स्थानीय नरद यादवले उतm स्थानका केही पुरातात्विक बस्तुहरू संकलन गरि पुरातत्व विभागमा पठाएका थिए । गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले उक्त स्थानमा पुरातात्विक खोजका लागि पुरातत्व कार्यालयका प्रमुख भास्कर ज्ञवालीले लिखित पत्र बुझाउदै नन्दन नगर र ताल क्षेत्रको विकासमा चासो देखाउन थाले पछि स्थानियबासीहरू पनि प्राचिन संस्कृतिको पुर्नत्थानमा सक्रिय हुन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?