ट्रेंडिंग:

>> इन्जिनयर टिम र ग्लोबल आवाजलाई उपाधि >> राष्ट्रियसभाबाट ५ प्रतिस्थापन विधेयक पारित >> मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल दाङमा हुँदै >> रास्वपा केन्द्रीय समिति बैठक सुरु, रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक >> रवि लामिछानेले दुई तिहाइको सरकारलाई चुनौती : “मलाई जिउँदै छाड्नु नै मेरो जित हो” >> प्रचण्डले कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे >> पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु >> सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र >> राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थान सदन होइन : प्रधानमन्त्री >> मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा मतदान जारी >> कर्णालीमा हिंसात्मक आक्रमणको ध्यानाकर्षण >> सांसद राणा पक्राउ बारे सभामुख घिमिरेले सदनमा दिए जानकारी >> प्रधानमन्त्री ओली एकीकृत समाजवादीको कार्यालयमा श्रद्धाञ्जली दिन पुगे >> प्रचण्डले बोलाए आफ्नो निजी निवासमा पदाधिकारी बैठक >> बाँकेमा मनाए ईद >> पूर्वराजा ज्ञानेन्द्र शाहलाई कानुनी कारबाहीको दायरामा ल्याउन माओवादी केन्द्रको माग >> राजेन्द्र लिङ्देनले गणतन्त्रवादीलाई भने – तपाईंहरू मादल बजाएर आएको हो? >> झापा, मोरङ र सुनसरीबाट लागुऔषधसहित ६ जना पक्राउ >> कानून निर्माण र कार्यान्वयनबारे लुम्बिनी प्रदेश सभाद्वारा बाँकेका जनप्रतिनिधिसँग छलफल >> लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन् – राष्ट्रिय महिला मोर्चा >> इस्लाम धर्मावलम्बीहरूले मनाए इद पर्व >> ईदमा महिलाको सामुहिक नमाज >> डलरको भाउ स्थिर हुँदा युराे बढ्याे, अन्य मुद्रा कतिमा हुँदैछ कारोबार ? >> तौलिहवामा श्रीराम कथा ज्ञान महायज्ञ >> घरेलुको देवदह बजारमा अनुगमन अखाद्य वस्तु बरामद गरी नष्ट >> गणतन्त्र संस्थागत गर्ने आधारः सुशासन र विकास >> डढेलो नियन्त्रणमा ध्यान जाओस् >> कर्पोरेट फुटसल प्रतियोगिता सुरु, मिडिया कप आज >> जनतालाई प्रश्न गर्ने अधिकार छः गृहमन्त्री >> खानेपानी योजनाको आयु बढाउँदै बागचौर >> नेपाली समाज हिन्दू धर्म संस्कारमा अडिग: पूर्वप्रधानमन्त्री देउवा >> प्रेस सेन्टरको अध्यक्षमा कमल गिरी विजयी >> आज इस्लाम धर्मावलम्बीले ‘ईद उल फित्र’ अर्थात् ईद पर्व मनाउँदै, देशभर सार्वजनिक विदा >> आजको मौसम : यी दुई प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना >> गणतन्त्र पक्षधरको निष्कर्ष : ज्ञानेन्द्र व्यवस्था उल्ट्याउने गतिविधिमा लागे, कारबाही गर्नुपर्छ >> रक्तदाता समाजको कार्यालय उद्घाटन >> मेडिको फयुजनलाई रोटरी भलिबलको उपाधि >> रवीन्द्र र धवलसहित ४१ जनालाई ५ दिन हिरासत राख्न अनुमति >> सोमबार सार्वजनिक बिदा >> निजामती कर्मचारी संगठन कर्णाली प्रदेशको सातबुँदे घोषणापत्र जारी >> तीन वर्षभित्रै भूमिहीनलाई पुर्जा दिनेगरी कार्ययोजना बनाएका छौँ : अध्यक्ष रिजाल >> धनुषामा युवकको हत्याको विरोधमा प्रदर्शन, प्रहरी र स्थानीयबीच झडप >> स्ववियु चुनाव तातियो , मुगुमा एक स्वतन्त्र सहित दुई जना चुनावी मैदानमा >> सेयर बजारमा २९.८२ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो >> रवि लामिछाने भोलि देखि पार्टीको जिम्मेवारीमा फर्कने >> प्रतिनिधिसभा ४ बजेका लागि सर्यो >> पुँजीलाई उत्पादन र आयआर्जनमा नजोड्ने सहकारीहरु बन्द हुन्छन् : अध्यक्ष पाठक >> प्रतिपक्षले संसद अबरोध गर्दा गृहमन्त्रीले चैत १५ को घटनाबारे जानकारी दिन पाउनु भएन: रघुजी पन्त >> राकम कर्णालीमा ५० शैयाको स्याटलाईट अस्पताल बनाईने >> दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउनुपर्ने आवश्यकताः पूर्व राष्ट्रपति भण्डारी

रामग्राम स्तुपमा तीर्थयात्रीले गरे दीप प्रज्वलन

२ मंसिर २०८१, आईतवार
२ मंसिर २०८१, आईतवार

नवलपरासी, ०२ मंसिर ।
भगवान गौतम बुद्धको अष्टधातुमा भारत बराणसीका तीर्थयात्रीले कार्तिक पूर्णिमाको अवसरमा दीप प्रज्वल गर्न आईपुगेका छन् । रामग्राम विकास कोषले निरन्तर अष्टमी, औंसी र पूर्णिमालाई लक्षित गरि रामग्राम स्तुपमा गर्दै आएको दीप प्रज्वलित तथा धाुत प्रार्थना कार्यक्रममा भारत बराणसी विपश्यान केन्द्रका साधकले सहभागिता जनाएका हुन् ।

उनीहरूले रामग्राम स्तुपमा कार्तिक पूर्णिमाका दिन दीप प्रज्जलित गरि पूजापाठ गर्न पाउनु सौभाग्य प्राप्त गरेको र पुण्यलाभ प्राप्त गरेकोमा खुशी ब्यक्त गरेका थिए । कोषले महिनाका चारवटै तिथीमा आध्यात्मिक अभ्यास गर्न कार्यक्रम गर्न थाले पछि विभिन्न देशका तीर्थयात्री भाग लिन आउन थालेको कोषले जानकारी गराएको थियो । कोषका अनुसार असोज औशीका दिन चिनियाँ भिच्छुहरूको समेत सहभागिता थिए । रामग्राम विकास कोष गठन भए देखि रामग्राम स्तुपमा दीपबाली पूजापाठ तथा ध्यानअभ्यास गर्न थालिएपछि अन्य बौद्ध संघसस्थाहरूले सहभागिता जनाउँदै आएकोमा चिनिया भिच्छु तथा उपासकहरूको सहभागिता भएको हो ।

कोष गठन पश्चात पहिलो प्राथमिकत मै रामग्राम स्तुपमा अध्यात्मिक तथा धार्मिक कार्य निरन्तर गर्ने कार्य कार्य अगाडि बढाइएको र कोषको पहलमा रामग्राममा स्तुपमा प्रत्येक अष्टमी, औंसी र पूर्णिमामा धातुपूजा प्रार्थना तथा साझ दीपावली गर्ने, पूजापाठ तथा ध्यान अभ्यास भई रहेको कोषका सदस्य तथा विपश्यनाका सहायक अचार्य प्रसाद पाण्डेले जानकारी गराएका थिए । उनका अनुसार गत औशीका दिन पनि चाईनाका ग्वान्जो बुद्धिष्ट एसोसिएसनका भिक्षुहरू सहभागी भएका थिए ।
बुद्धका अध्यात्मिक स्थान ऐतिहासिक र पुरातात्विक महत्व राख्ने स्थान हो, । रामग्राम स्तुपमा स्वम् भगवान बुद्धको अस्तुधातु अवस्थित छ । यो अध्यात्मिक अभ्यासकै लागि छ । बौद्ध दर्शनका अनुसार भगवानको महापरिनिर्वाण पश्चात धातु वितरण गरि बनेका स्तुप मध्ये यो रामग्राम स्तुप मात्रै आफ्नो मौलिक अवस्थामा अवस्थित छ, र आर्को देवलोकमा अवस्थित छ । पृथ्वीबासी तथा बुद्धप्रति श्रद्धा राख्नेका लागि यो रामग्राम स्तुप क्षेत्र दुर्लभ स्थान हो ।

देश विदेशका मानिस यो स्तुपको महत्व बुझेर धातुको पुजापाठ तथा ध्यानअभ्यासका लागि लाखौ खर्चेर आउने गर्छन्,तर स्थानीयस्तरमा यसको महत्व बुझाउन नसकेका कारण स्थानीयले ति लाभ लिन सकिरहेका छैनन्, सदस्य पाण्डेले भने, जागरण प्रश्चात यो रामग्राम स्तुपको महत्व स्थानियस्तरमा पनि बढेर जाने हाम्रो विश्वास छ । विश्वसम्पदा सुचिको प्रकृयामा रहेको रामग्राम स्तुप क्षेत्रमा काम गर्नका लागि युनेस्को र पुरातत्व विभागसँग मिलेर थप काम गर्दै अगाडि बढ्ने रामग्राम विकास कोषको लक्ष्य रहेको छ ।

सन १८९६ मा लुम्बिनी पत्ता लाग्यो र त्यसका लागि तत्कालिन सरकारले लुम्बिनी विकास कोष सस्था गठन गरि काम गर्न थाले पछि अहिले त्यहाँ विकास देखिन थालेको छ । तर त्यसको लगत्तै २ बर्ष पछि डा.डब्लु होयले सन १८९८ मा रामग्राम स्तुपको पत्ता लगाए । यसका लागि कुनै सरकारी संस्था गठन भई काम गर्न सकेन्, लुम्बिनी विकास कोषको जिम्मेवारीमा राख्दा सो कोषले जहिले पनि उपेक्षा गर्यो, रामग्राम स्तुपा ओझेलमा पर्यो । अब त्यो अवस्थाको अन्य हुने उनको भनाइ थियो ।
भगवान बुद्धको महापरिनिर्वाण पश्चात उनको अस्तुलाई आफ्नो भागमा पाउने मावली तर्फका कोलिय राजाहरूले ल्याएर रामग्राम स्तुपको रूपमा स्थापना गरेका थिए । जुन अध्यात्मिक, पुरातात्विक, ऐतिहासिक र धार्मिक स्थल रामग्राम स्तुपाको रूपमा सुरक्षित रहेको छ । आठ भागमा रहेको भगवान गौतम बुद्धको अष्टधातु तत्कालिन मगध सम्राट अशोकले उत्खनन गराई विभिन्न्न चौरासी हजार स्थानमा वितरण गर्ने क्रममा रामग्राम स्तुपाको अष्तु खन्न आउने क्रममा नागबँशीहरूको आग्रहमा रामग्राम स्तुप उत्खनन नगरि फर्केका थिए ।

त्यो भएर पनि यो रामग्राम स्तुप संसारको एक मात्र प्राकृतिक अवस्थाको स्तुप रहेको छ । त्यसैगरि स्तुप बाहेक पनि कोलिय राजाहरूको राजधानी कोलनगर (पण्डितपुर), पुरतात्विक क्षेत्र ननई स्थित यशोधरा उद्घाटन क्षेत्र र संघाग्रामको रूपमा देवगाव क्षेत्रको पुरातात्विक क्षेत्रलाई समेत यस कोषले समेटेर काम गर्नेछ । साथै कोलिय गणराज्य भित्रका अन्य पालिकासँग पनि सहकार्य गर्दै रामग्राम विकास कोषले काम गर्दै जाने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?