© २०२३
लमही, ०२ मंसिर ।
नेपाल कुमाल समाज दाङका अध्यक्ष रामलाल कुमारले आफ्नो समुदायको भाषा संरक्षणमा पहल गरीनु पर्ने बताए । यति मात्र नभै स्वरोजगार तथा सीप विकास सम्बन्धि तालिमसगै रोजगारमुखी बनाउन स्थानीय सरकारसग माग गरेका छन । कुमाल समाज दाङको लमही भेला सम्पन्न भएको छ । भेलामा अध्यक्ष कुमालले समुदाय दिनानुदिन भएको पलायन रोक्न स्वरोजगारको आबश्यता रहेको बताए । मुख्य पेशा माटोको भाडा बनाउने र माछा मार्ने हो दुबै पेशा जोखिममा परे पछि कुमालले सरकारसग स्वरोजगारको माग गरेका हुन ।
उनले कुमार सघले विभिन्न तालिम, गोष्ठी, सेमिनारहरूको आयोजना गर्दै आएको बताउँदै स्वरोजगारको आबश्यकता रहेको भन्दै स्थानीय सरकारलाई आग्रह गरे । हामीले पनि अब हाम्रो पुर्खाको भाषा बोल्नु पर्छ, पुर्खाको इतिहास जोगाएर राख्नु पर्छ, सबै समुदायले आ–आफ्नो अस्तित्व खोजिरहेका बेला हामीले हाम्रा पछिल्ला पुस्तालाई कुमाल भाषा सिकाउनु पर्छ भन्ने लागेर हामी संगठित भएका हौँ’– अध्यक्ष कुमालले भने ।
कार्यक्रमलाइ सम्बोधन गर्दै लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले कुमाल समाज दाङले आफ्नो समुदायको भाषा, संस्कृति संरक्षण गर्नका लागि गरेको मेहनत अत्यन्तै प्रशंसनीय भएको उल्लेख गरिन ।
समुदायकै पहिचान मेटिने हो कि भन्ने एउटा प्रश्न सिर्जना भैरहेका समयमा समाजका शिक्षित युवाहरू जागरूप भएर देशैभरका कुमालहरूलाई समेट्नु आफैमा यो चुनौतिपूर्ण कुरा हो, चुनौतीलाई परास्त गर्दै आफ्नो समुदायका लागि यसरी मेहनत गरेर लाग्ने सबैलाई सम्मानका साथ लमही नगरपालिकाको सहयोग रहने पनि उपप्रमुख योगीको भनाई छ । परापूर्वकालदेखि नेपालमा बसोबास गर्दै आएको जातिमा कुमाल पनि पर्छ। नेपाल सरकारले आदिवासी जनजातिमा समेटेको ५९ जातिमध्ये एक हो– कुमाल । यस समुदायलाई सीमान्तीकृत समुदायको सूचीमा पनि राखिएको छ । २०७८ सालको जनगणना अनुसार देशका ७० जिल्लामा बसोबास गर्दै आएको कुमाल समुदायको जनसंख्या एक लाख २९ हजार ७०२ छ । तथ्यांक अनुसार नवलपरासी, दाङ, चितवन, कास्की, गोरखा, पाल्पा, धादिङ, तनहुँ लगायत जिल्लामा कुमाल समुदायको बसोबास बाक्लो छ । पश्चिम क्षेत्रमा कुमाल जातिलाई दलितमा राख्ने गरिएको छ। तराई–मधेशमा कुमाललाई मधेशीमा राखएिको छ । त्यस्तै, आदिवासी जनजातिको सूचीमा पनि यो समुदाय छ । मधेशी आयोगको चौथो वार्षिक प्रतिवेदनको थर सूचीकरणको विवरणमा कुमाल जातको थर समावेश गरिएको छ । मधेशी समुदायको सूचीकरणबाट हटाउनुपर्ने उनीहरूको माग छ । यस समुदायको प्रमुख पेशा माटाको भाँडा बनाउनु हो । यसका साथै माछा मार्ने, खेतीपाती गर्ने पुर्ख्यौली पेशामै पर्छ। विशेषतः मधेश र टार, जहाँ माटाको भाँडा बनाउन उपयुक्त माटो पाइन्छ, त्यहीं बस्दै आएका छन ।