© २०२३
बुटवल, १३ माघ । बुटवल–१२ तामनगरमा रहेको कोरिया नेपाल बहुप्राविधिक शिक्षालयको मेकानिकल ईन्जीनियरिङ्गको छैठौ समेष्टरका विद्यार्थी अहिले दिनहुँ जसो व्यस्त हुन्छन् । कतिपय आफूले निर्माण गर्न लागेको उपकरणको रिचर्स गरिरहेका हुन्छन् भने कतिपयले त्यसको लागि आवश्यक कच्चा पदार्थीको चाँजो पाँजो गरिरहेका हुन्छन् । कुनैले कटिङ्ग त कुनैले लेवलीङ्ग र वल्डीङ्ग लगायतका काम गरिरहेका हुन्छ ।
ईन्ष्च्युटको मेकानिल ल्यावमा विद्यार्थीहरूहरूलाई ५ वटा समूहमा विभाजन गरिएका छ । समुह विभाजन पश्चात उनीहरूले निर्माण गर्ने उपकरणको विषयमा प्रस्तावना पास गरेपछि सोही अनुसार यन्त्र तथा उपकरण विद्यालयले उपलब्ध गराउदै आएको छ भने अन्य सामानको लागत, खरिद, कच्चा पदार्थको प्रयोग, बजार मुल्य, उत्पापदन पछिको बजार भाउ लगायतको विषयमा विद्यार्थीहरूले रिर्पोट नै तयार गदैै गरेको पाईन्छ ।
कोरिया नेपाल बहुप्राविधिक शिक्षालयका मेकानिकल डिर्पामेन्ट मेकानिकल प्रशिक्षक निरज तिवारीका अनुसार समुह विभाजन पछि विद्यार्थीहरूले अहिले पाठ्क्रममा आधारित आ आफ्ना उपकरण निर्माण (आविस्कार) मा व्यस्त रहेका हुन । उनीहरूले कुन समूहको उपकरण राम्रो बनाउने, जसले पछि बजार मुल्य समेत राम्राृे पाउने, कम लागतमा उच्च प्रतिफल प्राप्त गर्नको लागि के कस्ता उपायहरू लगाउन सकिन्छ भन्ने विषयमा विद्यार्थीहरूले सोध र खोजमा लागिरहेका हुन्छ ।
बजारमा माग अनुसारको कम लागतगमा बढि प्रतिफल आउने प्रकृतिको भएमा यसको अन्तीम बस्तु निर्माण पछि त्यसको मूल्यांकन गरेर अंक समेत प्रदान गरिएको भएको कारण विद्यार्थीहरूले उच्च मेहिनेत गर्दै आएको प्रशिक्षक तिवारीको भनाई रहेको छ । उनी भन्छन्–‘यो उहाँहरूको परिक्षा नै हो, जसले राम्रो उपकरण आविस्कार गर्न सक्नुहुन्छ, त्यस अनुसारको नम्बर समेत प्राप्त हुन्छ ।’
विद्यार्थीहरूले बनाएको उपकरणको बजार माग भएमा पुनः शिक्षालयमा रहेको उत्पादन एकाईले सम्पूर्ण लगानी गरेर उत्पादन समेत गर्दै आएको प्रशिक्षक तिवारी बताउँछन् ।
सोही अनुसार यो भन्दा पहिला टपरी बनाउने मेसिन ६ वटा भन्दा बढि उत्पादन एकाईको लगानीबाट निर्माण गरी बिक्री समेत गरिएको छ । जसबाट आएको निश्चित प्रतिशत नाफा विद्यार्थीहरूले पाउँछन् । सोही अनुसार अहिले विद्यार्थीहरूले फोहर कम्प्रेसन मेसिन निर्माण गरिहरेका छन् । जसको निर्माण ९९ प्रतिशत भन्दा बढि सकीएको छ । जसलाई ‘ग्रमवेज कम्पेक्टर’ नाम दिइएको छ ।जसमा खुल्ला रूपमा संकलन गरिएको कवाड जन्य बस्तु, फलाम तार तथा प्लाष्टिक जन्य बस्तु लाई थिचेर निश्चित आकार प्रदान गरी सानो एकाईमा उत्पादन गर्दछ । जसलाई सन्धीखर्क नगरपालिकाले आफ्नो फोहर मैला व्यवस्थापन केन्द्रको लागि प्रयोग गर्न अर्डर दिएको हो ।
सोही बमोजिम उनीहरूले विद्युत बाट फोहर लाई थिचेर सानो एकाईमा वक्स आकारमा निर्माण गर्ने गरी फोहर व्यवस्थापन गर्ने छ । शिक्षालयमा अध्ययनरत ७ जना विद्यार्थी विनोद पौडेल, अनुप घिमिरे, सम्राट बस्याल, सुवास पुरी, मनिस थारु, अमुल भट्टराई र शुसिल चौधरीको समुहले यो मेसिन बनाएका हुन् ।
यसअघि निर्माण गरेको टपरी बनाउने मेसिनको पोजेक्ट सफल भएपछि यो मेसिन बनाउन थालेको विद्यार्थी अनुप घिमिरेले बताए । अध्ययनका क्रममा सिकेको सिप र ज्ञानलाई प्रयोग गरेर यो मेसिन तयार पारिएको उनको भनाई थियो ।
विद्यार्थीहरूले पोजेक्टको प्राटिकलका रूपमा यो मेसिन बनाएको कोरिया नेपाल बहुप्राविधिक शिक्षालयका शिक्षालय प्रमुख नवीन किशोर गैरेले बताए । यो मेसीनले नकुहिने फोहोरलाई कम्प्रेस गरेर फोहोरको भोलुम घटाउने भएकाले फोहोर व्यवस्थापनमा यो अतिनै उपयोगि हुने उनले बताए । बिद्यार्थीहरूले प्राटिकलका रूपमा निर्माण गरेको यो पहिलो मेसिन भएको उनले दावि गरे । बिद्यार्थीहरूले करिब २० दिनमा ११ लाख लागतमा १५० टन क्षमताको मेसिन तयार गरेको शिक्षालय प्रमुख गैरेले बताए ।
यो मेसिन पालिकाहरूलाई फोहोर व्यवस्थापनमा बढी उपयोगी हुने भएकाले बिभिन्न पालिकाहरूसँग कुरा भइरहेको शिक्षालय प्रमुख गैरेले बताए । पालिकाहरूले मेसिनको माग गरेमा थप मेसिन निर्माण गरेर उपलब्ध गराउन सकिने उनले बताए ।
मेकानिकल डिर्पाटमेन्टका सहायक प्रशिक्षक दिनेश बस्यालका अनुसार जसको लागि शिक्षालयले लगानी गरेको छ । उत्पादन एकाईबाट भएको लगानी विक्रि पश्चात निश्चित प्रतितश विद्यार्थीलाई, जगेडा कोष र शिक्षालयमा राखीदै आएको छ ।
यसको अलवा समुह विभाजन पश्चात विद्यार्थीहरूले ५ वटा नयाँ उपकरण निर्माणको अन्तीम तयारीमा रहेका छन् । हातले घुमाएर मौरीको मह चाकाबाट म निकाल्ने हनी सेप्रेटर मेसिन विद्यार्थीहरूले मेअनुल लाई अटोमेटिभ बनाएका छन् । जसमा विद्युत जडान गरिएको हुन्छ । विद्युतबाट ठुलो परिमाणमा जम्मा भएको मह गोला (चाका) बाट मह लाई मेसिनमा राखेपछि अटोमेटिभ रूपमा मह संकलन गर्न सकिन्छ ।
यस्तै छैठौ समेष्टरका विद्यार्थीहरूको अर्को समुहले रोटीमेकर मेसिन बनाईरहेको छ । जसको ९० प्रतिशत काम पुरा भएको छ । आटा गुध्ने देखि लिएर लाईनमा राखेर रोटी बनाउने, अटोमेटिक रूपमा यसको प्रयोग गर्न सकिन्छ । जसको लागि थप जनशक्ती र पटक पटक रोटी बेलिरहने झन्झट समेत नहुने प्रशिक्षक तिवारी बताउँछन् ।
विद्यार्थीहरूले ठूलो परिणामा सुख्खरोटी निर्माण गर्नको लागि यसको प्रयोग गरिने जानकारी दिएका छन् । उपकरण बनाएर यसको परिक्षण गरिने र उत्पादन राम्रो भएमा अन्य निकायबाट माग भएर आएमा पुनः निर्माण समेत गरिने छ । आटा (गहुँ) लाई गुद्ने देखि लिएर रोल बनाउने, रोलबाट रोटी काट्ने र बर्नर जडान गरेपछि आफै सेकेर आउँने सम्ँमको उपकरणमा विद्यार्थीहरूको मिहिनेत रहेको छ ।
यस्तै अर्को उपकरण उनीहरूले विदेशमा भित्र पट्टी आईस राखेर बाहिरबाट घुमाउँदै विभिन्न फेलेवरका आईसक्रिम बनाउने मेसिन समेत बनाएका छन् । जसलाई एउटा रोलमा राखेर वाहिरबाट विभिन्न फलफुलको जुस राखेर जुसबाट तत्काल आईसक्रिम बनाउने मेसिन उनीहरूले मिर्नाणको ९० प्रतिशत काम सकेका छन् । जसलाई ‘आईसक्रिम रोलर’ नाम दिइएको छ ।
यस्तै उखु पेल्नको लागि विद्युत वा जेनेरेटर चाहिने अवस्थामा विद्यार्थीहरूले कम बल बाट नै हातले नै चलाएर ऊखु पेलेर जुस बनाउन सकिने गरी उपकरण बनाएका छन् । जसले ऊखुको जुसको व्यापार गर्ने व्यवसायीहरूको लागि उत्पादन लागत समेत आधा भन्दा कम बनाउने अपेक्षा समेत लिइएको विद्यार्थी बताउँछन् ।
जहा कतै विद्युत नहुने, जेनेरेटरको लागि डिजल वा पेट्रेल चाहिने भएको कारण उखुको लागत समेत बढ्दै गएको अवस्थामा यसले मेनुअल भएको कारण उत्पादन लागत समेत घटाउन सकिने गरी यो उपकरण बनाएका हुन । ‘जसलाई सुगर क्यान जुसरी’ नामा दिइएको छ ।
यस्तै विद्यार्थीहरूले मेनुअल रूपमा कम लागतमा ईट्टा, ब्लक बनाउने मेसिन समेत उत्पादन गरेका छन् । उनीहरूले हात र खुट्टाको सहायतले कम्प्रेस गरेर मेनुअल ब्रिक मेसिन बनाएका हुन । जसबाट पटक पटक हात लगाउनुपर्ने भन्दा पनि एक पटक माटो र पानी मिसाएमा घण्टौ सम्म पनि ईट्टा तयार हुने गरी उपकरण बनाएका हुन ।
यी उपकरण निर्माण पछि उनीहरूले बनाएको उपकरणको काम, बजार अवस्था, माग लगायतको विषयमा प्रस्तुतीकरण गर्ने विद्यार्थीहरूले गर्नेछन् । जसबाट उनीहरूले परिक्षामा राम्रो अंक पाउने शिक्षालय प्रमुख नविन किशोर गैरे ले जानकारी दिए ।