© २०२३
मंगलबार जिल्ला कारागार बा“केको निरिक्षणमा आएका प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलबहादुर केसीसंग त्यहा“ राखिएका कैदी÷बन्दीले हाकाहाकी ‘चौकीदार नफेरे ठुलै झडप हुने’ चेतावनी दिए । प्रमुख जिल्ला अधिकारी मदन भुजेल, जिल्लास्थित सुरक्षा अधिकारीसमेत सहभागि भएको उक्त निरिक्षणका क्रममा कैदी÷बन्दीले झडपको चेतावनी दिएपछि त्यहा“ उपस्थित जोकोही आश्चार्यमा परे ।
चौकीदार फेर्ने बिषयमा कैदी बन्दी दुई गुटमा बिभाजित भएर कारागारमा ठुलै झडप हुने होकी भन्ने आशंका धेरैलाई छ । एकथरी कैदी बन्दी हालका चौकीदार युनिस खा“लाई फेरेर रजा खानलाई ल्याउनुपर्ने पक्षमा छन् भने अर्को थरी युनिसको पक्षमा छन् । दुबै पक्षमा बिभाजित भएको कुरा प्रदेश कानुन मन्त्री केसीको निरिक्षणका क्रममा कैदी बन्दीले देखाएको व्यवहारबाट स्पष्ट हुन्थ्यो ।
चौकीदार फेर्नुपर्छ भन्ने पक्षका कैदीबन्दीले त मन्त्रीकै अगाडी कारागाभित्र लागुऔषधको बिक्री बितरण भईरहेको दाबी गरे । अर्को पक्षले भने त्यस्तो केही नभएको भन्दै हालका चौकीदारको बचाउ गरे । मन्त्रीकै अगाडी उनीहरुले होहल्ला मच्चाएका थिए । मन्त्री केसीले यस बिषयमा आफुले बुझ्ने मात्र बताए । कारागार स्रोतका अनुसार चौकीदार हटाउने बिषय त बाहनामा मात्र हो ।
आफुनुकुलको जेलर ल्याएर आफुले भनेजस्तो काम गर्नका लागि केही पहु“चवाला कैदी बन्दी लागिपरेका छन् । पहु“चकै कारण लामो समयदेखि कारागार हेर्दे आएका जेलर श्याम लामिछानेको अवकास पाउने समय नजिकिएकै बेला सरुवा गरियो । तर प्रमुख जिल्ला अधिकारीको निर्देशनमा उनको सरुवा रोकिएको छ । ‘उनलाई सरुवा गराउन पाए कारागारभित्र हरेक काम आफुले भनेजस्तो गर्न पाईन्थ्यो भन्ने लागेकाहरुले चौकीदारको बिषय उठाएका छन् । यो बिषय बढ्दै गए जे पनि
हुन्छ ।’— कारागार स्रोतले भन्यो । जेलर लामिछाने पा“च महिनापछि नियमित अवकासमा जादैछन् ।