ट्रेंडिंग:

>> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

भोगाधिकारमै अड्कियो

२२ श्रावण २०७५, मंगलवार
२२ श्रावण २०७५, मंगलवार

सातवटै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने भन्दै सरकारले दुई वर्षअघि बजेट छुट्टयाएर काम थाले पनि रुपन्देहीमा बन्ने मेडिकल कलेजको कामले गति लिन सकेको छैन । शिक्षा मन्त्रालय अहिलेसम्म जग्गा भोगाधिकारको प्रक्रियामै अलमलिएको छ । रुपन्देहीमा प्रदेशस्तरीय मेडिकल कलेज स्थापनाका लागि साढे दुई वर्षअघि तत्कालीन केपि ओली नेतृत्वको सरकारले तिलोत्तमा १ र ११ स्थित शंकरनगर र करहिया सामुदायिक वनको जग्गा छुट्टयाएको थियो । त्यसको एक वर्षपछि डा. सरोज वझाको संयोजकत्वमा गठित प्रारम्भिक समितिले तिलोत्तमामा सरकारी स्तरको मेडिकल कलेजका लागि प्रस्ताव गरिएको जग्गा उपयुक्त रहेको प्रतिवेदन शिक्षा मन्त्रालयमा बुझायो । तर त्यसयता मेडिकल कलेज स्थापनाका लागि गर्नुपर्ने बाँकी काम सोंचेअनुरुप हुन नसकेको मन्त्रालयका प्राविधिक शिक्षा महाशाखाका शाखा अधिकृत भक्ति सापकोटाले बुटवल टुडेलाई जानकारी दिए । मेडिकल कलेज संघीय मन्त्रालयले हेरिरहेकाले प्रदेश ५ मा रहेको सामाजिक विकास मन्त्रालयलाई भने यस बारेमा जानकारी छैन । “अहिलेसम्म प्रदेशस्तरीय मेडिकल कलेज हाम्रो क्षेत्रभित्र आइसकेको छैन, त्यसैले हामीलाई यसबारेमा जानकारी हुने कुरा पनि भएन”–प्रदेश ५ को सामाजिक विकास मन्त्रालय शिक्षा महाशाखाका प्रमुख हरिहर घिमिरेले भने ।
सरकारले सात मध्ये चारवटा प्रदेशमा मेडिकल कलेज खोल्ने प्रक्रिया अगाडि बढाएकोमा प्रदेश ५ को रुपन्देही र प्रदेश ७ को कैलालीमा मात्रै जग्गा खोज्ने काम टुंग्याएको थियो । महोत्तरीको बर्दिबास र कर्णालीको सुर्खेतमा भने जग्गा खोज्ने काम बाँकी रहेको शाखा अधिकृत सापकोटाले बताए । “बुटवलमा सरकारले छुट्टयाएको जग्गा भोगाधिकारका लागि प्राप्त गर्ने प्रक्रिया अगाडि बढाएका छौं, तर कामले सोंचे अनुरुपको गति भने नलिएकै हो”–उनले भने ।
प्रदेशस्तरीय यो मेडिकल कलेजको नाम ओली नेतृत्वकै तत्कालीन सरकारले गौतमबुद्ध मेडिकल कलेज नामकरण गर्ने निर्णय गरेको थियो । प्रारम्भिक समितिले डेढ वर्षअघि प्रतिवेदन बुझाउँदा तीन देखि पाँच वर्षभित्रमा मेडिकल कलेज स्थापना गर्न सकिने सुझाव दिएको थियो । तर अहिलेकै गतिमा अल्झिने हो भने स्थापनामा लामो समय लाग्ने समितिका संयोजक रहेका डा. सरोज वझाले बताए ।
मेडिकल कलेज स्थापनाका लागि थप प्रक्रिया अगाडि बढाउन शंकरनगर र करहिया सामुदायिक वनका नाममा रहेको उक्त जग्गा गौतमबुद्ध मेडिकल कलेजका नाममा भोगाधिकार ल्याउनुपर्छ । चारवटै प्रदेशमा बन्ने मेडिकल कलेज एउटै प्रतिष्ठानको रूपमा सञ्चालन गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लगिएको र त्यसका लागि मन्त्रिपरिषदले स्वीकृत गर्नुपर्ने सापकोटाले बताए । संघीय सरकार मातहत सञ्चालन हुने भनिएको यो मेडिकल कलेज स्थापनाका लागि सरकारले आर्थिक वर्ष २०७३÷७४ देखि नै बजेट छुट्टयाउँदै आएको छ ।
सरकारले प्रस्ताव गरेको मेडिकल कलेज बनाउन तोकिएको स्थान तिलोत्तमा नगरपालिकाको उत्तरी गाउँ शान्ती नगरको सिमानामा पर्ने सामुदायिक वनमा पर्दछ । नगरपालिकाको वडा न.ं १ र ११ को बीचमा पर्ने यो क्षेत्रमा शंकरनगर सामुदायिक वन र करहिया सामुदायिक वनको आधाआधी हिस्सा रहेको छ । स्थानीय भद्रकाली स्कूल देखि उत्तरको प्रस्तावित यो क्षेत्र मध्ये आधा क्षेत्र लामो समय सम्म गौचरन र खेल मैदानको रुपमा रहेको थियो । विभिन्न भूमाफियाहरूले पटक पटक यो क्षेत्रमा कब्जा जमाउने प्रयास गरेको र मुद्दा समेत चलेकोले दुवै सामुदायिक वनले यसको उपभोग गरेका थिएनन् । वनले मुद्दा जितेपछि अहिले करहिया र शंकरनगर सामुदायिक वनले यो क्षेत्रमा वृक्षारोपण गरेर उपभोग गरिरहेका छन् । प्रस्तावित कलेजको आधा जग्गा भने प्राकृतिक वनमा रहेको छ । र यो वनमा अहिले गौशाला छ ।
सरकारले २०० विगाहा वन क्षेत्र मेडिकल कलेजको लागि छुट्टयाएको भएपनि भौतिक निर्माणको लागि यति धेरै क्षेत्र आवश्यक नपर्ने वातावरणविज्ञ युवराज कंडेल बताउँछन् । “ यहाँ मेडिकल कलेज बन्नु भनेको बुटवल, देवदह र भैरहवाको लागि मात्र गौरवको कुरा नभएर सम्पूर्ण रुपन्देहिवासीको गौरबको कुरा हो”–उनी भन्छन् ।

समितिले डेढ वर्षअघि प्रतिवेदन बुझाउँदा तीन देखि पाँच वर्षभित्रमा मेडिकल कलेज स्थापना गर्न सकिने सुझाव दिएको थियो । तर अहिलेकै गतिमा अल्झिने हो भने स्थापनामा लामो समय लाग्ने समितिका संयोजक रहेका डा. सरोज वझाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?