ट्रेंडिंग:

>> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली
आम्दा–नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल

विशिष्टीकृत अस्पताल बन्दैछ आम्दा

१६ कार्तिक २०८०, बिहीबार
१६ कार्तिक २०८०, बिहीबार

विश्वव्यापीरूपमा मानवीय सहायताका कार्यहरू गर्नका लागि डा.शिगेरु सुगानामीद्वारा सन् १९८४ मा जापानको ओकायामामा एसोसिएशन अफ मेडिकल डाक्टर्स अफ एसिया (AMDA) को स्थापना गर्नुभयो र सो पश्चात (AMDA) ले आफ्नो कार्यक्षमता र कार्य क्षेत्रलाई विस्तार गर्दै आपतकालीन राहतका साथसाथै एकीकृत समुदायिक विकासका कार्यमा सक्रिय भई विश्वका विभिन्न ३४ वटा देशहरूमा कार्य गर्दै आएको छ । सन् १९८९ मा काठमाडौंमा दर्ता भई नेपालमा कार्य प्रारम्भ गरेको आम्दा नेपाल एक गैर–सरकारी एवं गैर–नाफामूलक संस्था हो । आम्दा नेपालले अस्पताल एवं विभिन्न परियोजनाहरू मार्फत नेपाली जनतालाई स्वास्थ्य सेवा प्रदान गर्दै नेपालको स्वास्थ्य सूचकमा सुधारका लागि योगदान पुयाउँदै आएको छ ।
जापानको प्रसिद्ध दैनिक पत्रिका ‘द माइनिची’ ले एक अभियान’ अन्तर्गत ‘म भोलि बाँच्न चाहन्छु हिमालको फेंदीबाट’ भन्ने लेख श्रृंखलालाई सप्ताहव्यापी रूपमा जोड दिइएको थियो । यही लेख श्रृंखलाले सन १९९५ मा जापानको कोबेमा ६,००० भन्दा बढीको ज्यान लिनेगरी गएको विनाशकारी भूकम्पमा नेपाललगायत एशियाली गरिब राष्ट्र र विश्वले जापानलाई गरेको सहयोगबारे जापानी जनतालाई जानकारी गरायो । भूकम्पको समयमा एशियाली जनताद्वारा पुयाइएको सहयोगप्रति कृतज्ञता दर्शाउँदै धन्यवाद स्वरूप जापानी दाताहरूले भरपूर सहयोग गरे र यही सहयोगको फलस्वरूप गौतम बुद्धको जन्मस्थल लुम्बिनीको काखमा रहेको रमणीय बुटवल शहरमा सिद्धार्थ बाल तथा महिला अस्पतालको स्थापना भएको हो ।
वि.सं. २०५५ कार्तिक १६ (सन् १९९८ नोभेम्वर २) मा आम्दा नेपाल, बुटवल उपमहानगरपालिका तथा बुटवल उद्योग वाणिज्य संघ, रूपन्देही बीच त्रि–पक्षीय समझदारी भई ५० शैयाबाट शुरुवात भएको सिद्धार्थ बाल तथा महिला अस्पताल हाल १०० शैयाको क्षमतामा सञ्चालनमा रहेको छ ।
बालबालिका तथा महिलाहरूलाई एकै स्थानबाट सेवा प्रदान गर्ने यो काठमाडौ बाहिरको पहिलो अस्पताल हो । काठमाडौ बाहिर रहेर पनि यस अस्पतालले स्थापनाकालदेखि नै खास गरेर बाल तथा महिलाको स्वास्थ्य क्षेत्रमा स्तरीय सेवा पु¥याउँदै छोटो समयमै धेरै बाल तथा महिला बिरामीहरूलाई उपचार सेवा गरेर प्रसिद्धि प्राप्त गरेको कुरा आज सबै सामु छर्लङ्ग नै छ । यस अस्पतालले नेपाल सरकार स्वास्थ्य सेवा विभागबाट मिति २०५५।०६।२१ गते च्यारिटी अस्पतालको रूपमा मान्यता प्राप्त गरी सञ्चालन भइआएको छ । अस्पतालबाट रूपन्देही जिल्ला लगायत १६ वटा जिल्ला र भारतका सीमावर्ती क्षेत्रका जनताले प्रत्यक्ष लाभ लिइरहेका छन् । गत आ.व. २०७९/८० मा ७०,४८६ र पछिल्लो दशक (आ.व. २०७०/७१ देखि आ.व. २०७९/८०) मा ६२१,९४२ जना बिरामीले यस अस्पतालबाट सेवा प्राप्त गरेका छन् ।
अस्पतालबाट आकस्मिक सेवा अन्तर्गत २४सैं घण्टा बाल रोग र स्त्री तथा प्रसुति आकस्मिक सेवा प्रदान भइरहेको छ भने बहिरङ्ग सेवा र अन्तरङ्ग सेवा अन्तर्गत बालरोग अन्तरङ्ग, बाल शल्यचिकित्सा, स्त्री तथा प्रसुति, मेडिकल, स्त्री तथा प्रसुति शल्य चिकित्सा, नवजात शिशु सघन उपचार कक्ष र आई.सि.यु. सेवा उपलब्ध छन भने प्रयोगशाला सेवा, अल्ट्रासाउण्ड सेवा, ई.सी.जी.सेवा, एक्स–रे सेवा र इकोकार्डियोग्राफी सेवा समेत उपलब्ध छन् । यसबाहेक विशेष ओ.पि.डी. सेवामार्फत बाल मधुमेह, बाल मुटुरोग, उच्च जोखिम नवजात शिशु सेवा र हाडजोर्नी उपचार सेवा उपलब्ध छन । यसका साथै खोप सेवा, परिवार नियोजन सेवा, ब्ल्ऋ र एल्ऋ सेवा, सुरक्षित गर्भपतन सेवा, स्वास्थ्य सचेतना तथा परापर्श सेवाका साथै २४सैं घण्टा फार्मेसी सेवा र एम्बुलेन्स सेवा उपलब्ध छन् ।

नेपालले सन् १९९६ मा प्रति एक लाख जन्ममा ५३९ मातृ मृत्युदर भएकोमा सन् २०१६ मा प्रति एक लाख जन्ममा २३९ मा घटाएको थियो, जसका लागि नेपालले सहस्राब्दी विकास लक्ष्य पुरस्कार पनि पाएको थियो । त्यसैगरी सन १९९६ देखि २०१६ सम्म पाँच वर्षमुनिको मृत्युदर ६७ प्रतिशतले घटेको हुनाले बालमृत्युदर घटाउने विश्वका सात देशहरूमध्ये नेपाल पनि एक हो । स्वास्थ्य सूचकहरूमा नेपालले गरेका यी प्रगतिहरूमा सिद्धार्थ बाल तथा महिला अस्पतालको पनि महŒवपूर्ण भूमिका रहेको छ । वर्तमानमा बालबालिकाको उपचारका लागि लुम्बिनी क्षेत्रकै सबैभन्दा ठूलो अस्पतालको रूपमा स्थापित भई २४ सैं घण्टा बालरोग विशेषज्ञद्वारा सेवा पुयाउँदै आएको छ ।

यस अस्पतालको विकासमा जापानी दाता लगायत नेपाली हातहरूको सहयोग हुँदै आएको छ । मुख्य अस्पताल र प्रशासनिक भवन आम्दा इन्टरनेशनलको सहयोगमा निर्माण भएको हो भने बच्चा भवन (पेडियाट्रिक ब्लक) जापानी सहृदयी स्वर्गीय डाक्टर अकिरा सिनोहाराको ममतामयी आमाबाट सहयोग स्वरूप निर्माण गरिएको हो । त्यसैगरी, आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको भवन बुटवल उपमहानगरपालिका तथा तत्कालीन जि.वि.स.को सहयोगमा र मेटरनिटी ब्लक जापानी राजदुतावासको सहयोगमा निर्माण भएको हो । यसैगरी, बुटवल उप–महानगरपालिका, बुटवल उद्योग वाणिज्य संघ, रोटरी क्लब, लायन्स लगायत संघ संस्थाको सहयोग प्राप्त हुँदै आएको छ ।
अस्पतालबाट नियमित सेवा प्रवाह गर्नुका साथै सिद्धार्थ बाल तथा महिला अस्पतालले देशमा आइपरेका प्राकृतिक विपत्ति, महामारी आदि जस्ता आपतकालीन अवस्थामा मानवीय सेवामा अग्रणी भूमिका खेल्नुका साथै स्वास्थ्य शिविरहरू मार्फत दूर्गम क्षेत्रका जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने र स्वास्थ्य सम्बन्धी सचेतना प्रवाह गर्दै आएको छ ।

बालबालिका तथा महिलालाई विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्नुका अतिरिक्त सिद्धार्थ बाल तथा महिला अस्पताल राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रद्वारा मान्यता प्राप्त स्वास्थ्य तालिम केन्द्रका रूपमा समेत सेवारत छ । अस्पतालले सञ्चालन गरेको ६० दिने Skill Birth Attendant (SBA ) तालिमको २९ वटा समूह मार्फत २८४ जना प्रशिक्षित भएका छन् भने र ४२ दिने Operation Theater Technique Management (OTTM) तालिमको १८ वटा तालिम भएकोमा ९८ जनाले तालिम प्राप्त गरेका छन् र त्यसै गरि ४ ब्याच सञ्चालन भएको ऋद्य–क्ष्ःल्ऋक्ष् तालिममा ८४ जना प्रशिक्षित भएका छन् ।

लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको यस अस्पतालसँग गुणस्तरीय शिक्षा प्रदान गर्ने पूर्वाधार र कार्यक्षमता रहेकाले अस्पतालले आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत यसै यसै शैक्षिक सत्रदेखि प्रमाणपत्र तह नर्सिंङ, सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसी गरी तीन वटा विषयको शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ । त्यस्तै सामाजिक सुरक्षा कोषका सदस्यहरूलाई कोषको नियमानुसार स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । वर्तमानमा १०० शैयाको क्षमतामा सञ्चालित यस अस्पतालले बिरामीहरू चाप र आवश्यकतालाई मध्यनजर गर्दै यसलाई ३०० शैयाको अस्पतालमा स्तरोन्नति गर्नका लागि प्रक्रिया थालनी भएको छ । त्यसैगरी राज्यको योजना बमोजिम निकट भविष्यमा आमा सुरक्षा कार्यक्रम लागू गर्दै छ ।

कमजोर आर्थिक अवस्थाका बिरामीहरूका कारण सुलभ सेवा शुल्कमा गुणस्तरीय सेवा प्रदान गर्नमा प्रयासरत यस अस्पतालले २५ वर्षको समयावधि पूरा गरेको छ । समाजको साथ, सहयोग र सद्भाव बिना सामाजिक संस्थाद्वारा सञ्चालित अस्पताल जस्तो संवेदनशील संस्था निरन्तर रूपमा विकास हुन सहज छैन । सबैको ऐक्यबद्धताका साथ आ–आफ्नो तहबाट भूमिका निर्वाह गर्दै यस अस्पताललाई देश कै एक नमूना र भविष्यमा बच्चा र आमाको सम्पूर्ण स्वास्थ्य सम्बन्धि सेवा प्रदान गर्ने संस्थाको रूपमा स्थापित सबैको सामूहिक सहयोग हुन आवश्यक छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?