ट्रेंडिंग:

>> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही >> दुर्गा प्रसाईंलाई भारतीय प्रहरीले गुवाहाटीबाट नेपालको सीमासम्म ल्यायो: समिति >> पुर्णिमाको ह्याट्रिकमा ट्रिनेटि वालिङ फाईनलमा >> मुम्बई आतंकवादी हमलाका मास्टर माइन्ड तहब्बुर राणालाइ दिल्ली उतारियाे >> मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ >> नाइट क्लबको छाना खस्दा ज्यान गुमाउनेको संख्या १८४ पुग्यो >> सामान्य अंकले घट्यो सेयर, कारोबार भने बढ्यो

अनियन्त्रित आन्दोलनले आइसियु तोडफोड

२१ श्रावण २०७५, सोमबार
२१ श्रावण २०७५, सोमबार

भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजका बिद्यार्थीहरुको आन्दोलन उत्तेजित हुदा अस्पताल नै तोडफोड हुनुको साथै संचारकर्मीमाथि समेत हातपात भएको छ । आईतबार अस्पतालको अति संवेदनशिल मानिने क्षेत्र आईसियु र सिसियु कक्षको तोडफोड भएको छ । बिद्यार्थीहरुले समाचार संकलन गर्न पुगेको सञ्चारकर्मिहरुलाई कुटपिट गर्नुका साथै उनिहरुका क्यामेरा समेत तोडफोड गरेका छन । विद्यार्थीहरु आन्दोलन अनियन्त्रीत हुदा बिहान ७ बजे देखी करिब २ बजे सम्म सामान्य बिरामी, आईसियु, सिसियुको भेन्टिलेटरमा रहेका अति सिकिस्त बिरामीहरुको उपचार समेत प्रभावित बन्यो ।
लुकेर ज्यान जोगाए ः विरामी कुरुवा
अनियन्त्रीत बनेका विद्यार्थीले आइसियू लगायत क्षेत्रमा तोडफोड गर्दा अस्पतालमा उपचारत विरामी तथा कुरुवाहरुलाई समस्या परेका थियो । कुरुवाहरु भागेर आफ्नो ज्यान जोगाएको बताए । अस्पतालमा आफ्नो श्रीमानको हेमोडाइलेसिस गराउन आएकी गैडहवा गाउँपालिकाको सूर्यपुराकी हरीकला कडेलले अराजक शैलीमा विद्यार्थीहरु एकाएक आइसियूमा पसेर तोडफोड गर्न सुरु गरेपछि आफु लुकेर आफ्नो ज्यान जोगाएको सफल भएको बताइन् ।
“विद्यार्थीहरुको शैली हेरेर निकै डर लागेको थियो, उनीहरु (विद्यार्थी) भित्र पसेपछि यहाँ त सबै आफ्नो ज्यान कसरी जोगउने भन्दै भागभाग मच्चियो” उनले भनिन् निकै बेर लुकेर बसेपछि प्रहरी आएर हामीलाई बाहिर निकाल्यो । बाहिर आउँदा युद्ध मैदान जस्तै भएको थियो आइसियू , चारै तिर फुटेको सिसासिसै थियो ।
बिद्यार्थीको टोलीले आईसियुका सबै झ्याल ढोका, कुरुवाहरुको लागी राखिएको टेलिभिजन सेट लगायतका सामाग्री फुटाएका छन । आइसियूमा १७ जना विरामहरु उपचारत अवस्थामा छन् । जसमध्ये ९ जना विरामी भेन्टिलेटरमा उपचारमा अवस्थामा रहेको अस्पतालका जनसम्पर्क अधिकृत सुशिल गुरुङ्गले बताए । उनले तोडफोडका कारण कुरुवाहरुलाई समस्या परेको बताउँदै विरामीहरुलाई भने क्षति नपुगेको बताए ।
मेडिकल कलेजमा बिरामीको मृत्युको बिषयमा आन्दोलन गरि रहेको बिद्यार्थीहरुले बुटवल टुडेका वरिष्ठ सम्वाददाता राधेश्याम विश्वकर्मा तथा ईमेज टेलिभिजनका दिपक घिमिरेलाई हातपात गर्नुको साथै उनिहरुले बोकेको क्यामेरा समेत तोडेका छन ।
मेडिकल कलेजका जनसम्पर्क अधिकृत शुसिल गुरुङ्गले बिद्यार्थीहरुले अस्पतालको सिसियु र आईसियुमा तोडफोड गरेको जानकारी दिए । उनले बाहिरी रुपमा तोडफोड गरिए पनि दुवै युनिटमा भर्ना भएका बिरामीहरुको उपचार भने नियमित रहेको बताए ।
कलेजकै डेण्टल बिभाग अन्र्तगत बिडियस फाईनल ईयरमा अध्ययनरत धनुषाका महादेव साहको मृत्युको बिषयलाई लिएर बिद्यार्थीहरु अनियन्त्रीत भएका थिए । मृतक शाहको मलद्धार नजिक पिलो आएको र सोको उपचारमा लापारवाही गर्दा संक्रमण फैलिनुका साथै मृगौला र कलेजो काम नलाग्ने अवस्था लगायत अन्य समस्याले उनको मृत्यु भएको अस्पताल प्रशासनले दावी गरेको छ ।
चिकित्सक पेशा अपनाउने गरि नै कलेजमा भर्ना भएका बिद्यार्थीहरुले मेडिकल कलेजका चिकित्सकहरुका लापारवाहीका कारण आफ्नो साथीको मृत्यु भएको दावी गरेका छन । अनियन्त्रीत बिद्यार्थीहरुले अस्पताल र पत्रकारले बोकेका क्यामरा फोड्दा समेत प्रहरी प्रशासन मुकदर्शक बनेको थियो । विद्यार्थीहरुले तोडफोड गरिरहँदा अस्पतालमा आएको प्रहरी बल विद्यार्थीलाई नियन्त्रणमा लिनका लागि आदेश नआएको भन्दै रमिते बनेका थिए ।
पत्रकारहरुले कुटपिट गर्ने र क्यामेरा फोडनेहरुलाई पक्राउ गरि कार्यवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना मगरले पत्रकार माथी दुव्र्यवहार तथा क्यामरा तोडफोड गर्ने आन्दोलनरत विद्यार्थीको पहिचान गरी कारवाही गरिने आश्वासन दिएका छन ।
घटना निन्दनीय र आपत्तिजनक ः महासंघ
नेपाल पत्रकार महासंघ रुपन्देहीका सदस्य राधेश्याम विश्वकर्मा , दीपक घिमिरे र सलमान खांनलाई आईतबार दिउँसो झण्डै १२ बजेको समयमा युनिभर्सल मेडिकल कलेज भैरहवामा सोही कलेजमा अध्ययनरत विद्यार्थीहरुबाट भएको आक्रमण र दुव्र्यवहारप्रति पत्रकार महासंघ रुपन्देहीको गम्भीर ध्यानआकर्षण भएको छ ।
सोही कलेजमा(डेन्टल) अध्ययनरत महादेव शाहको उपचारको क्रममा निधन भएपछि लापरवाहीले निधन भएको भन्दै आन्दोलनमा उत्रिएका विद्यार्थीको समाचार संकलनमा घटनास्थल पुगेका पत्रकार राधेश्याम विश्वकर्माको क्यामेरा खोसेर तोडफोड गर्नुका साथै पत्रकार दीपक घिमिरेको क्यामरामा समेत क्षति हुनेगरी गरिएको ले महासंका अध्यक्ष यानेन्द्र जिसी र सचिव राम प्रसाद आचार्यले हस्ताक्षरित प्रेस विज्ञप्ती जारी गर्दै आक्रमण निन्दनीय र आपत्तिजनक रहेको जनाएका छन् । प्रेस विज्ञप्तीमा भनिएको छ–‘ निर्वाध रुपमा समाचार संकलन गर्न पाउने कानुनी अधिकारलाई कुल्चिएर घटाइएको उक्त घटनाले प्रेस स्वतन्त्रताप्रतिको आस्थामाथि गम्भीर चोट पुगेको छ ।’
महासंघ रुपन्देहीले उक्त घटनाबाट भएको क्षतिको पूर्ति र आक्रमणकारीको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन जिल्ला प्रशासन कार्यलयसहित विद्यार्थी आवद्ध युनिभर्सल मेडिकल कलेज व्यवस्थापन पक्षसंँग जोडदार माग समेत गरेको छ । यस्तै नेपाल प्रेस युनियन, लुम्बिनी प्रेस क्लवले पनि विज्ञप्ती जारी गर्दै घटनाको भत्सना गरेका छन् ।
फोटो विवरणः विद्यार्थीहरुले आइसियूमा तोडफोड गरेको सुरक्षा दिदै प्रहरी । तस्वीरः बुटवल टुडे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%