© २०२३
व्यवस्थित वस पार्क नहुदा रोल्पा सदरमुकाम लिवाङका सडकहरु वस पार्कको रुपमा प्रयोग हुन थालेका छन । साँधुरा सडकमा राखिएका सवारीका कारण दुरघटनाको सम्भावना समेत वढिरहेको छ ।निकै कम मात्रामा सवारी साधन संचालन हुने भालुवाङ चकचके लिवाङ सडक खण्ड पक्की भए संगै वाक्लो संख्यामा सवारी साधन भित्रन थालेका छन । सवारी साधनको चाप वढे पनि व्यवस्थित वसपार्कको अभावमा सदरमुकामको वजार क्षेत्रमा जथाभावी पार्किङ हुदै आएका छन । जथाभावि गरिएको पार्किङका कारण सवारी दुरघटनाको खतरा वढ्नुका साथै वजार क्षेत्रको सौन्दर्यता समेत कम भएको स्थानीयहरुले वताएका छन ।
भालुवाङ चकचके सडक खण्डमा सेवाङ देखी रेउघा सम्म सडकमा सवारी साधनहरु सडकमै राखिएका हुन्छन भने सदरमुकामको मुख्य वजार क्षेत्र रोल्पा नगरपालिका वडा नं.२ र ४ का भित्रि सडकमा सवारी साधनहरु सडकमै राखिदा पैदल यात्रुलाई समेत आवत जावतमा असहज हुने गरेको गुनासो वढिरहेको छ । सडकमा जथाभावि राखिएका सवारी सधान र तिव्र गतिका मोटर साईकलका कारण कतिवेला दुरघटनामा परिने हो भन्ने चिन्ता लाग्ने गरको स्थानीय व्यापारी लालवहादुर सुनारले वताए । नगरपालिकाले यातायात व्यवस्थापनको काम गर्नु पर्नेमा चासो नदेखाएको सुनारको आरोप छ ।
रोल्पा जिल्लामा मुख्य कार्यालय रहने गरि जलजला यातायात व्यवसायी समिति, रोल्पा यातायात प्रालि,जलजला यातायात प्रालि, आशिरवाद यातायात प्रालि र हिमताल यातायात प्रालिले सेवा दिइरहेका छन । यसका साथै स्वर्गद्धारी यातायात, राप्ती यातायात, पाण्डेश्वरी, पश्चिमाञ्जल यातायात लगायतले समेत रोल्पाका विभिन्न स्थानमा गाडी संचालन गरिरहेका छन । जिल्ला सदरमुकामवाट दाङ,नेपालगंज, वुटवल,पोखरा तथा काठमाण्डौ सम्म दिवा र रात्री सेवा दिदै आएको यातायात संस्थाहरुले वताइएका छन । यसैगरि घर्तीगाउँ, सुलिचौर र होलेरी वजार केन्द्रवाट समेत जिल्ला वाहिर यातायात सेवा प्रदान गरिदै आएको यातायात संस्थाहरुले जानकारी दिएका छन ।
आधा दर्जन वढी यातायात संवद्ध संस्थाहरुले सेवा प्रवाह गरिरहेको भए पनि ती साधनको पार्किङको व्यवस्था हुन सकेको छैन । राज्यलाई आफुहरुले कर वुझाउदै आएको भए पनि आफ्ना सवारी साधनलाई सुरक्षित ढंगले पार्किङ गर्ने सुविधा नहुदा तोडफोडको खतरा हुने गरेको व्यवसायीहरुले गुनासो गरेका छन ।
तत्कालिन जिल्ला विकास समितिले रेउघा वस पार्क निर्माण कार्य समेत थालनी गरेको भए पनि विवादका कारण सो काम पुरा नहुदै वेवारिसे भएको छ । जग्गाधनीले विवाद गरे संगै निर्माण कार्य अवरुद्ध भएको वताइएको छ । स्थानीय निकायको ठूलो धनरासी खर्च भए पनि वसपार्क सुचारु गर्ने तर्फ कसैको ध्यान नगएको प्रति स्थानीय वासीले असन्तुष्टी जनाएका छन । स्थानीय सरकार समेत गठन भईसकेकाले अव वस पार्क संचालन गर्नु पर्ने नेपाली कांग्रेस रोल्पाका कोषाध्यक्ष खटकवहादुर खत्रीले वताए ।
सदरमुकाम लिवाङमा सानो वसपार्क संचालनमा रहे पनि गाडीहरु अटिरहेका छैनन । जलजला यातायात व्यवसायी समितिका गाडी मात्र सो वसपार्कमा राखिने भए पनि अरु कम्पनीका गाडी भने सडकमै रहने गरेको वताइएको छ ।