ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

प्रदेश सरकारको स्वास्थ्य निर्देशनालय स्थापना

२१ श्रावण २०७५, सोमबार
२१ श्रावण २०७५, सोमबार

प्रदेश नं. ५ सरकारको स्वास्थ्य निर्देशनालय बुटवलमा स्थापना भएको छ । एक कार्यक्रमका बीच आइतबार प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले निर्देशनालयको उद्घाटन गरेका हुन । स्थापना भएको स्वास्थ्य निर्देशनालय प्रदेश नं. ५ मा स्थापना हुने संरचनामध्ये प्रदेश सरकार मातहतको पहिलो संरचना हो । बुटवलमा रहेको क्षेत्रिय मेडिकल स्टोर रहेको भवनमा हाललाई अस्थायी रुपमा स्वास्थ्य निर्देशनालयको स्थापना गरिएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बरालले निर्देशनालयको स्थापनासँगै प्रदेश सरकारको संरचना बन्ने क्रम शुरु भएको बताए । निर्देशनालयको स्थापनाले प्रदेशको स्वास्थ्य कार्यक्रम संचालनसँगै नीति बनाउनमा सहयोग पुग्ने मन्त्री बरालले विश्वास व्यक्त गरे । प्रदेशको स्वास्थ्य नीति बनाउनुपर्ने छ मन्त्री बरालले भने, प्रदेश भित्र स्वास्थ्य क्षेत्रमा रहेका डाक्टर साबहरु र स्वास्थ्यसँग सरोकारवालाहरुसँग संगै बस्नु छ, छलफल गर्नुछ, यसका लागि मन्त्रालयले तयारी गरीरहेको छ ।
उनले प्रदेश अन्तर्गत आएको अञ्चल अस्पताल र जिल्ला अस्पतालहरुको कमजोर अवस्था सुधार्नमा चुनौती रहेको बताए । अस्पतालको स्तरबृद्धि भन्दै बेडको संख्या बृद्धि गरेपनि अस्तालहरुको भौतिक र जनशक्तिको अवस्था कमजोर रहेको मन्त्री बरालले बताए । आम नागरिकको स्वास्थ्यको जिम्मेवारी सरकारको काँधमा आएको भएपनि स्वास्थ्य क्षेत्रको अवस्था नै अस्वस्थ हुनुले आफुलाई पिरोलिरहेको उनले बताए ।
स्वास्थ्य क्षेत्रको बेथितीको बिस्तार गर्दै उनले भने इक्वीभमेन्ट छ, चलाउने जनशक्ति छैन, जनशक्ति छ, इक्वीभमेन्ट छैन । डाक्टरले उपचार पद्दतीमा भन्दा औषधीको मूल्यमा ध्यान दिन्छन, बिषयगत क्षमता बढाउनभन्दा प्रशासन चलाउन खोज्छन, नर्सले विरामीको भन्दा अरुको चिन्ता गर्छन, औषधी उत्पादन संस्थाले औषधीको उत्पादनभन्दा केमीकल आयाततिर ध्यान दिन्छन ।
स्वास्थ्य क्षेत्रको बिग्रीएको अस्वस्थामा भएको भएपनि त्यसको सुधार गर्ने जिम्मेवारीबाट आफु नभाग्ने र त्यसको सुधार गर्नमा आफु लाग्ने मन्त्री बरालले प्रतिबद्दता जनाए । भदौसम्ममा केन्द्रबाट दरबन्दी अनुसारको कर्मचारी नआए प्रदेश सरकार आफैले कर्मचारीको व्यवस्थापन गर्ने समेत उनले केन्द्र सरकारलाई चेतावनी दिए ।
स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद कुमार गिरीले देश संघीयतामा गएसँगै प्रदेशमा स्वास्थ्य निर्देशनालय स्थापना भएको र निर्देशनालयले जनताले प्रत्यक्ष अनुभूति हुनेगरी काम गर्ने बताए । आफ्नो जागिरे जीवनको अनुभवलाई यस क्षेत्रको स्वास्थ्य क्षेत्रको गुणात्मक विकासमा लगाउनमा लागिपर्ने डा. गिरीले प्रतिबद्दता जनाए । सामाजिक विकास मन्त्रालयका निमित्त सचिव थानेश्वर ज्ञवालीले स्वास्थ क्षेत्रमा धेरै समस्याहरु भएपनि गाउँ ठाउँ बुझेको निर्देशक आएको हुदा कामले गति लिने बताए । स्वास्थ्यका सूचंकाकहरु,जनताको स्वास्थ्यप्रतिको चाहना, संविधान, राष्ट्यि र अन्तराष्ट्यि स्वास्थ्य नीतिहरुलाई आधार बनाई योजना बनाउन र कार्यान्वयन गर्नमा निर्देशनालय सक्षम हुने ज्ञवालीले विश्वास व्यक्त गरे । कार्यक्रममा सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरी, लुम्बिनी अञ्चल अस्पताल, बुटवलका मेसु डा. कृष्ण खनाल, पृथ्वीचन्द्र अस्पताल, नवलपरासीका मेसु डा. आनन्द शर्मा, रुपन्देहीका जनस्वास्थ्य प्रमुख केहरसिंह गोदार लगायतले बोलेका थिए ।
स्थापना भएको स्वास्थ्य निर्देशनालयमा सहसचिवको नेतृत्वमा रहने छ भने निर्देशनालयमा नौ वटा शाखाहरु रहेका छन् । ति शाखाहरुमा खरीद तथा आपूर्ति व्यवस्थापन शाखा, नीति योजना तथा कार्यक्रम समन्वय शाखा, चिकित्सा सेवा तथा रोग नियन्त्रण शाखा, अनुगमन मूल्याकंन तथा नियमन शाखा, स्वास्थ्य सूचना तथा जनसंख्या व्यवस्थापन शाखा, आयूर्वेद तथा वैकल्पिक चिकित्सा शाखा, स्वास्थ्य प्रवर्धन तथा तालिम शाखा, नसिंह सेवा व्यवस्थापन शाखा र प्रशासन शाखा रहेका छन् । जसको नेतृत्व उपसिचव स्तरको कर्मचारीमा रहनेछ । निर्देशनालयमा ३७ जना कर्मचारीको दरबन्दी रहेको छ । निर्देशनालयको स्थापनासँगै बुटवलमा रहेको क्षेत्रिय मेडिकल स्टोर निर्देशनालय अन्तर्गतको खरीद तथा आपूर्ति व्यवस्थापन शाखामा परिवर्तन भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?