© २०२३
प्यूठान नगरपालिका–७ मा निर्माणधिन टिकुरी बसपार्क झिमरुक खोलाको जोखिममा परेको छ । खोलाको बहाव दिनप्रतिदिन बढ्दै जानथालेपछि बसपार्क जोखिममा परेको हो । बसपार्कदेखि तलपट्टी नदी नियन्त्रण नहुँदा दिनानुदिन खोलाले कटान गर्दै जान थालेको छ । टिपर हिड्नका लागि निर्माण गरिएको वैकिल्पक सडक समेत खोलाले कटान गरिरहेको छ । खोलाको बहाव उच्च हुँदै गएमा निर्माणधिन बसपार्कमा खोलो पस्नसक्ने खतरा देखिएको स्थानीयले बताए । ‘टिकुरी बसपार्क खोलाको खतरामा देखियो’,टिकुरीका स्थानीय बयोवृद्ध मिन बहादुर भट्टले भने,‘खोलामा तटवन्ध गर्नुपर्छ ।’ बसपार्कसँगै यस क्षेत्रका धेरै किसानहरुको खेत खोलाले कटान गर्नसक्ने जोखिम देखिएको उनको भनाई छ । सम्वन्धित निकायलाई विपतमा चनाखो बनेर काम गर्नसमेत उनले ध्यानाकर्षण गराए ।
प्यूठान नगरपालिकाले बसपार्क क्षेत्रमा नदी नियन्त्रण गर्न ३० लाख रुपैयाँ बजेट समेत छुट्टाएको छ । लेकाली निर्माण सेवा खलंगा प्यूठानले तटवन्धन गर्ने जिम्मा पाएको छ । तर, निर्माण व्यवसायीले समयमै काम सुचारु नगरेको नगरप्रमुख अर्जुनकुमार कक्षपतीले जानकारी गराए । ‘बसपार्कलाई लक्षित गरी नदी नियन्त्रणमा बजेट हालेका हौँ’,उनले भने,‘समयमै काम नहुँदा समस्या भयो ।’
शहरी विकास तथा भवन डिभिजन कार्यालय रोल्पा मार्फत बसपार्क निर्माण गर्न थालिएको हो । आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्नेगरी जयवुद्द–हिलटप–इसान जेभीले निर्माणको जिम्मा पाएको छ । भ्याट बाहेक तीन करोड ५२ लाख रुपैयाँ लागतमा निर्माण पुरागर्ने सम्झौता भएको निर्माण व्यवसायी नविन कुमार श्रेष्ठले जानकारी गराए । ‘खोलाको त्रास छ’,उनले भने,‘नगरपालिकालाई तटवन्धन गर्न भनेका छौँ ।’ बसपार्कलाई सुरक्षित बनाउनका लागि तटवन्धनको कामलाई तत्कालै अघि बढाउन उनले माग गरे । टिकट घर, सार्वजनिक शौचालय सहितको बसपार्कमा दैनिक करिव ६० वटा बसहरु अट्न सक्ने क्षमता छ । ९२ मिटर लम्वाई, चौढाइको क्षेत्रफल जग्गामा निर्माण कार्य भइरहेको छ ।
टिकुरीमा बसर्पाक निर्माण भएपछि बाग्दुला बजारको अव्यवस्थित पार्किङ समस्या समाधान हुनेमा स्वर्गद्धारी सार्वजनिक यातायात व्यवसायी समितिका महासचिव चन्द्रमान श्रेष्ठले आशा व्यक्त गरे । ‘बाग्दुलाको टिकट काउण्टर टिकुरीमा सार्छौ’,उनले भने,‘छिटो बसपार्क बनोस् भन्ने चाहाना छ ।’ जिल्लाका गाउँगाउँमा मुख्य बजारकेन्द्र बाग्दुलाबाट बस, जिपहरु छुट्ने गरेका छन् । जिल्लाको यातायात क्षेत्रकै ‘ट्राञ्जिट प्वाइन्ट’को रुपमा विकसित हुँदै गएको बाग्दुला बजार क्षेत्रमा सवारीको चाप दिनप्रतिदिन बढ्दै जान थालेको छ । बस, जिप, मोटरसाइकल सडकमै पार्किङ हुने गरेको छ । साँघुरो सडकमै अव्यवस्थित पार्किङ भएपछि ट्राफिक प्रहरीलाई समेत चुनौती थपिएको छ ।
झिमरुक खोलाको जोखिममा निर्माणधिन टिकुरी बसपार्क । तस्विर ः केशर रोका
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी