© २०२३
सल्यानको एक मोटरबाटोमा अनियमितता भएको भन्दै स्थानीयहरुले छानविनको माग गरेका छन् ।उपभोक्ता समिती मार्फत भएको काममा योजनाको ठूलो रकम हिनामिना भएको स्थानीय उपभोक्ताहरुले आरोप लगाएका हुन् । जिल्लाको त्रिवेणी गाउँपालिका एकमा रहेको रिखेबजार गैरिकटेरी बाघमारे मोटरबाटोमा उपभोक्ता समितीले मोटो रकम अनियमितता गरेको प्रमाण आफुहरु संग रहेको स्थानीयहरुको दाबी छ । सहरी विकास तथा भवन डिभिजन कार्यालयले विनियोजन गरेको ७५ लाख रुपैयाँमा कम र गुणस्तरहिन काम गरेको स्थानीय डिल्ली खड्काले बताए ।
उनी लगाएत स्थानीयहरु रत्न कुमार खड्का, कमल खत्री, लोकेन्द्र खड्का, ओम बहादुर खड्का, मान बहादुर पुन, खोपेन्द्र खड्का लगाएतकाले उपभोक्ता समिती गठन प्रक्रियामै एकलौटी गरेको भन्दै विरोध गरेका थिए । कोठाभित्र समिती गठन गरेको भन्दै समितीमा सबैलाइ समेट्न माग गर्दै आफुहरुले त्रिवेणी गाउँपालिकामा लिखित उजुरि तथा जिल्ला प्रशासन कार्यालयमा मौखिक उजुरि गरेको लोकेन्द्र खड्काले बताए । अहिले आएर काम कम गरेर योजना समेत फच्र्याैट गरिसकेको भन्दै गाउँलेहरुले अनियमितताको छानविन गर्न माग गरेका छन् ।
उक्त योजनामा सात सय २५ घण्टा डोजरले काम गरेको र प्रति घण्टा छ हजारको दरले ४३ लाख ५० हजार र मेशिनरि वालको चार लाख गरेर बढिमा ४७ लाख ५० हजार रुपैयाँको मात्रै काम भएको स्थानीयहरुले टिपोट गरेका छन् । ‘तर ७५ लाखको योजनामा ४७ लाख ५० हजार रुपैयाँको मात्रै काम गरेर अरु सबै रकम भ्रष्टाचार भएको छ,’ एक स्थानीयले भने । मोटरबाटो निर्माण गर्दा सम्बन्धीत वडा कार्यालय संग कुनै समन्वय समेत नभएको बताइएको छ । रकम भुक्तानीका लागी निर्माण उपभोक्ता समितीले त्रिवेणी गाउँपालिका संग कार्यसम्पन्न भएको शिफारिस लगेको थियो ।
आफुहरुले योजनामा अनियमितता भएको र छानविन तथा अनुगमनका लागी अनुरोध गर्दागर्दै पनि गाउँपालिकाले समितीलाइ शिफारिश दिनुमा स्थानीय सरकारको पनि संलग्नता देखिने स्थानीय मान बहादुर पुनले बताए । रिखेबजार गैरिकटेरी बाघमारे मोटरबाटोमा उपभोक्ता समिती विरुद्ध अख्तीयारमा मुद्दा परेको बताइएको छ । गाउँलेहरुले उक्त योजनामा अनियमितता भएको प्रमाण समेत पेश गर्न तयार रहेको बताएका छन् । उपभोक्ता समितीले खर्च विवरण सार्वजनीक पनि नगरेको डिल्ली खड्काले बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी