ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

सदभाव खलबलिन नदिन नेपालगञ्जका धर्मगुरुहरु एकजुट, मंगलबार सद्भाव -याली

१५ आश्विन २०८०, सोमबार
१५ आश्विन २०८०, सोमबार

नेपालगञ्ज, १५ असोज ।

जब नेपालगञ्जमा धार्मिक एवं सामाजिक सदभाव खलबलिने अवस्था सृजना हुन्छ तब सबै धर्मका धर्मगुरुहरु एक ठाउँमा उभिने गरेका छन् । सामाजिक संजाल फेसबुकमा ब्यक्त स्टाटसलाई लिएर आइतवार नेपालगन्जमा भएको प्रदर्शनपछि उत्पन्न परिस्थितिलाई लिएर धर्मगुरुहरु एकठाउँमा उभिएका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेमा सोमवार धर्मगुरुहरु सहित बसेको सर्वपक्षीय बैठकले मंगलवार विहान नेपालगन्जमा सामाजिक एवम् धार्मिक सद्भावका लागि र्याली निकाल्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा सोमवार बसेको सर्वपक्षीय बैठकले नेपालगन्जमा सद्भाव र्याली निकाल्ने निर्णय गर्दै शान्ति, सद्भावमा आँच पुग्ने कुनै किसिमको फोटो, भिडियो, ब्यक्तिगत धारणा, सभा, जुलुस नगर्न–नगराउन अपिल गरेको छ । कुनै धर्म र सम्प्रदायको भावनामाथि ठेस पुग्ने कुनै कार्य नगर्न र समाजमा सामाजिक एवम् धार्मिक सद्भाव कायम राख्ने जारी विज्ञप्तीमा उल्लेख छ ।

सद्भाव र्यालीमा विभिन्न धर्मका गूरु, नागरिक समाजका अगुवा, राजनीतिक दलका नेता, कार्यकर्ता, मानवअधिकारकर्मी, पत्रकार, उद्योगी ब्यवसायीलगायतले सहभागिता जनाउने निर्णय भएको इन्सेक लुम्विनी प्रदेश संयोजक भोला महतले जानकारी दिए ।

मुस्लिम समुदायको मोहरम पर्व सकिए लगत्तै हिन्दुहरुको महान पर्व बडा दसैंको आगमनले नेपालगञ्जमा छुट्टै रौनकता छाईरहेको अवस्थामा कहीँ कतैबाट धार्मिक सदभाव खल्बलिन नदिने धर्मगुरुहरुको भनाई छ । धर्म फरक भए पनि हिन्दु र मुस्लिमले हरेक चाडपर्वमा एक आपसमा सँगै शुभकामना साटासाट गरेर मनाउने गरेको इस्लाम धर्मका धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले बताए । उनका अनुसार मुस्लिमहरुको ईद पर्वमा हिन्दुहरु पनि सहभागिता जनाउनुका साथै केहीले रोजा पनि बस्ने गरेका छन् भने दशैंमा मुस्लीम धर्मावलम्वीहरुले पनि टिका र जमरा ग्रहण गर्दै आएका छन् ।

धार्मिक सद्भावको शहरको रुपमा परिचित नेपालगञ्जमा धार्मिक सद्भाव अझ बलियो बन्दै गएको अनेकौँ उदाहरण देख्न सकिन्छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ का निवर्तमान वडाअध्यक्ष मोहमद सफिक बेहना मुस्लिम भएपनि दशैँमा टिका र जमरा ग्रहण गर्दै आएका छन् । उनी भन्छन् ‘ईदमा हिन्दु साथीहरु मेरो घरमा आउनुहुन्छ, दशैमा म उहाँहरुको घरमा जान्छु, टिका जमरा सबै लगाउँछु ।’

बेहना जस्तै नेपालगञ्ज उद्योग बाणिज्य सँघका निवर्तमान उपाध्यक्ष अवदुल वाहिद मन्सुरी पनि करिव अढाई दुई दशकदेखि दशैंमा टिका र जमरा लगाउँदै आएको बताउँछन् । धार्मिक सद्भावको सन्देश दिनलाई आफूले साथी्को घरमा गएर दशैं तिहार मनाउने गरेको गरेको मन्सुरी बताउँछन् ।

मुस्लिमहरुको मोहर्रम पछि ताजिया विसर्जनका क्रममा हिन्दुहरुले विभिन्न चौकहरुमा पानी खुवाउने गरेको प्रत्यक्ष देख्न सकिन्छ । वडा दसैंमा स्थापना गरिएको नवदूर्गा विसर्जन गर्ने क्रममा पनि हिन्दुहरुलाई बाटोमा सर्वत पानी खुवाएर सहयोग गर्दै आएको बताउँछन् नेपालगञ्जका सलिम मुसलमान ।

चाडपर्वमा अन्तर्घुलनसंगै नेपालगञ्जमा हुने साहित्यिक र सांस्कृतीक कार्यक्रम पनि बहुभाषिक र बहुसाँस्कृतिक हुँदै आएको देख्न सकिन्छ । जसले गर्दा नेपालगञ्जमा धार्मिक र सामाजिक सद्भाव नमुनाकै रुपमा रहेको सन्देश मुलुकभरि गएको बताउँछन् समाजसेवी मोहमद सलिम हल्वाई ।

करिब एक दशकअघि बाँकेमा अन्तर धार्मिक सन्जाल गठन भई सुरु भएको सद्भावको अभियानले अहिले पनि धार्मिक सद्भाव बलियो बनाउन मद्दत गरिरहेको यहाँका धार्मिक अगुवाहरुको ठम्याई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?