© २०२३
नेपाल पर्यटन पत्रकार संघ रुपन्देही (एन्टोज)को विशेष भेला बुटवलमा सम्पन्न भएको छ । विशेष भेलाले संघको जिल्ला अध्यक्षमा नरेश के.सी लाइ सर्वसम्बत रुपमा चयन गरेको छ ।अध्यक्षमा चयन भएका के.सी यस अघि उक्त संघका उपाध्यक्ष थिए । विगत ९ वर्षदेखी रुपन्देहीमा सक्रिय पत्रकारिता गर्दै आएका पत्रकार के.सी पर्यटन पत्रकारितामा विशेष कलम चलाउने गर्दछन् । के.सी अध्यक्षमा चयन भएसंगै संघको रिक्त रहेको अर्को पद उपाध्यक्षमा सैनामैना साप्ताहिकका सम्पादक टिका खरेल उपाध्यक्षमा चयन भएका छन् । यसैगरी संघको रिक्त रहेको सहसचिव पदमा गौतमबुद्ध सन्देश दैनिक भैरहवाका सह–सम्पादक रबिन्द्र गुप्ता चयन भएको संघका सचिव तेजेन्द्र के.सीले जनाए ।संघको अध्यक्ष भुवन कार्कि प्रदेश नं ५ को अध्यक्षमा, सहसचिव कपिल ज्ञवाली प्रदेश महासचिवमा र सदस्य दिनेश श्रेष्ठ प्रदेश सदस्यमा गएको साता निर्वाचित भएपछि संघको रिक्त पदपुर्ति गर्नेगरी संघले विशेष भेलाको आयोजना गरेको थियो । संघको महिला उपाध्यक्षमा मिना ढकाल, सचिवमा तेजेन्द्र के.सी, कोषाध्यक्षमा मनिष पन्थ र सदस्यहरुमा स्वस्तीक श्रेष्ठ, कमल रायमाझी, माधब न्यौपाने, दिपक न्यौपाने, मिना पौडेल, कपिल अधिकारी, झबिन्द्र देवकोटा, डि आर संघार, विमल तिवारी, विमल पुरी, एन बि कडेंल, प्रदीप आचर्य, प्रकाश पाण्डे छन् । विशेष भेलालाई प्रदेश अध्यक्ष भुवन कार्किले सम्बोधन गर्दै नेपालको समृद्धिको आधार पर्यटन क्षेत्र भएकोले नेपाल पर्यटन पत्रकार संघले संस्थागत र सो संघ सम्बद्ध पत्रकारहरुले पर्यटन प्रवद्र्धन, संरक्षणमा विशेष रुपमा खोजमूलक समाचारमा जोड दिनुपर्ने बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी