ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

अस्पतालको फार्मेसी संचालनमा मेसु साप नै बाधक !

१८ श्रावण २०७५, शुक्रबार
१८ श्रावण २०७५, शुक्रबार

लुम्बिनी अञ्चल अस्पताल प्रशासनको बेवास्थाका कारण अस्पताल फार्मेसी संचालन प्रभावकारी हुन सकेको छैन । फार्मेसी स्थल उपयुक्त ठाउँमा नराखिनु, औषधी पयाप्त मात्रामा नपाइनु, डाक्टरले औषधीको नाम लेख्दा ट्ेड मार्क अनुसार लेखिदिनुलाई सरकारी फार्मेसी प्रभावकारी नहुनुको अरु कारणहरु भएको जानकारहरु बताउँछन् । यसको समाधानमा अस्पतालले चासो नदिएको मेसुमाथि आरोप छ ।
२०७३ साल फागुन १५ गते तामझामका साथ सुभारम्भ गरिएको फार्मेसी बढ्नुको सट्टा कुपोषीत बालबालिका जस्तै दुब्लाउँदै गएको छ । सेवाग्राही नआउँदा अस्पताल फार्मेसीका कर्मचारीहरुलाई समय कटाउन गाहे पर्ने गरेको छ । अस्पतालको इर्मेजेन्सीको मुखमा रहेको नीजि फार्मेसीमा लाइन लागेर औषधी किनिरहेको अवस्थामा सरकारी फार्मेसीमा भने फाट फुट रुपमा मात्र औषधीको बिक्री हुने गरेको छ । सर्जन बिशेषज्ञ समेत रहेका अस्पतालका मेडिकल सुपरिट्ण्डेन्ट कृष्ण खनाल भने व्यवस्थित बनाउनका लागि आफुले पहल गरिरहेको दाबी गर्छन । मेसु खनालले फार्मेसीका कर्मचारीहरुले औषधी बेच्नका लागि अभ्यास गरिरहेको जस्ता गैर जिम्मेवारी जवाफ दिने गरेका छन् ।
बाहिर ९० रुपियाँ पर्ने सेफटाक्जोन अस्पतालको सरकारी फार्मेसीमा ६६ रुपियाँमा पाइन्छ । बाहिर ३ सय ७५ पर्ने प्याजोलिन यहाँ २ सय ८० मा पाइन्छ तर अस्पताल प्रशासनकै लापरवाहीका कारण सेवाग्राहीहरु झुक्किदै र ठगिदै बढी मूल्यमा औषधी किनिरहेका छन् । अस्पताल प्रशासनलाई अस्पतालका डाक्टरहरुले बिरामीलाई औषधीको टे्ड नाम लेखिदिएर सहयोग गरिरहेका छन् । सर्वोच्च अदालतले जनशक्ति, औषधी लगायतका कारण देखाउदै अस्पताल परिषरभित्र सरकारी फार्मेसी नखोल्न नपाइने र नीजि फार्मेसी हटाउन परमादेश दिएको थियो । तर लुम्बिनी अञ्चल अस्पताल प्रशासन भने खुट्टा कमाउँदै बसिरहेको छ । पदमा बस्ने, बाहना गर्ने, अर्कोलाई दोष देखाउने र आफुले काम नगर्ने चलन यहाँको अस्पतालमा पनि रहेको छ ।
फार्मेसी संचालन गर्न एक सय वेड संख्या रहेको अस्पतालका लागि ८ सय इस्क्वायर फिट क्षेत्रफलको कोठा आवश्यक मापदण्ड भएपनि यहाँ भने करिब १ सय इस्क्वायरफिट क्षेत्रफल रहेको साँगुरो कोठामा संचालनमा छ । लुम्बिनी अञ्चल अस्पताल ३ सय प्लस वेड संख्या भएको अस्पताल हो । त्यसका लागि सरकारी मापदण्ड अनुसार ८ सय इस्क्वाइरफिट भन्दा बढी क्षेत्रफलको कोठा चाहिन्छ ।
अस्पतालका सूचना अधिकारी लक्ष्मीराज रेग्मीले भने यस बिषयमा जवाफ दिन चाहेनन् । पटक पटकको आग्रहमा किन अस्पतालको फार्मेसी खुम्चियो भन्ने जिज्ञासामा रेग्मीले यत्ति मात्र भने, फार्मेसी राम्रो छैन्, सत्य हो, थाहा भएन र बोल्न गाहे भो भन्ने जवाफ दिएर पन्छिए ।
फार्मेसीमा जीवन रक्षक र अतिआवश्यक औषधीहरु समेत छैनन् । डिएनएस सलायन र आइरन चक्की सक्किएको हप्तादिन पुगेको छ भने क्याल्सियम पनि एक दुई दिनलाई पुग्ने मात्र छ । औषधी बिक्री नहुदा महिनामा करिब दुइ कार्टुन जति औषधी फाल्नु परेको कर्मचारीहरुको भनाई छ । फार्मेसीका इन्चार्ज दिपक श्रेष्ठले फार्मेसीलाई राम्ररी चलाउन नसकिएको स्वीकार गरे । उनले अस्पताल प्रशासनको इच्छा भए र मन दिएर काम गरे मात्र फार्मेसीलाई सुधार गर्न सकिने बताए । औषधी पनि प्रयाप्त छैनन्, मगाउदा पनि आउदैन् उनले गुनासो गरे ।

व्यवस्थापन गर्न निर्देशन दिन्छौ
सुदर्शन बराल
मन्त्री, सामाजिक विकास, प्रदेश नं. ५
प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले अस्पतालमा सरकारी फार्मेसीको संचालनमा सुधार गर्ने बताउँछन् । अस्पताल प्रशासनलाई नीजि फार्मेसी हटाउनका लागि तत्काल निर्देशन दिने बताए । मैले नीजि फार्मेसीलाई तत्काल बन्द गर्नुस भनेको हो केही समय अघि अस्पताल फार्मेसीको अवलोकनलाई सम्झिदै मन्त्री बरालले भने त्यो प्रक्रिया अस्पताल प्रशासनले अगाडी बढाएको होला । यदि त्यसो नभएको भए तत्काल मेसुहरुलाई बोलाएर पुनः यस बिषयमा बुझ्ने र पुनः निर्देशन गर्ने बरालले जानकारी दिए । जनताको चाहना र अदालतको आदेशलाई कार्यान्वयनमा ल्याउनमा प्रदेश सरकारले अस्पताल प्रशासनलाई सहयोग गर्ने मन्त्री बरालले बताए । बरालले भने सामाजिक विकास मन्त्रालयले नीजि फार्मेसीलाई हटाइ सरकारी फार्मेसीलाई स्थापित गराएर छाड्छ ।

व्यापार गर्न सिक्दैछन्
डा. कृष्ण खनाल
मेसु, लुम्बिनी अञ्चल अस्पताल, बुटवल
अस्पतलाल फार्मेसी सुधारमा प्रयास भइरहेको छ । नीजि फार्मेसीको म्याद सकिएपछि त्यही सर्ने हो । अहिले नीजि फार्मेसीको छेउमा भवन बनाई सर्ने सोच बनेको छ । फार्मेसी स्थापना गर्दा हतार र तयारी नभएको हुदा यस्तो कमजोरी भएको हो । किन यस्तो भयो भन्ने कुरा तिनै स्थापना गर्नेलाई सोध्नु भयो भने उपयुक्त होला । के भो र ? फार्मेसीका कर्मचारीहरुले औषधी बेच्नका लागि अभ्यास गरिरहेको छन आत्तिनुपर्ने अवस्था छैन । म बाधक होइन र हुन जरुरी पनि छैन । आरोप लगाएर मात्र हुदैन म बुटवलमै बस्ने मान्छे,एक दिनलाई काम गर्नु छैन, मलाई सधैलाई यहाँ बस्नु छ ।

उहाँको स्वार्थ बुझ्न सकेको छैन
रमेश खनाल
पूर्व अध्यक्ष, लुम्बिनी अस्पताल विकास समिति
मेरो कार्यकालमा यसका लागि प्रयास गरेकै हो । मेसुको कारण अस्पतालको सरकारी फार्मेसी व्यवस्थित नभएको हो । करिब ८ महिना अघि अस्पताल विकास समितिले नीजि फार्मेसी हटाउनका लागि गरेको निर्णयलाई मेसु सापले कार्यान्वयन ल्याउनमा बाधक बन्नु भो । उहाँले समिति भन्दा पनि आफुलाई माथि भएको ठान्नुहुन्छ । नीजि फार्मेसी हटाउन नमान्नुमा उहाँको स्वार्थ के हो भन्ने मैले बुझ्न सकेको छैन । उहाँको कार्यकालमा अस्पताल फार्मेसी सुध्रिएला भन्ने मलाई लाग्दैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?