© २०२३
उखु भुक्तानीमा चिनी उद्योगले किसानको साढे १२ करोड रुपिया ठगी गरेको स्थानिय किसानले आरोप लगाएका छन । स्थानिय प्रशासनमा किसानले उजुरी दिए पनि स्थानिय प्रशासनले चाँसो नलिए पछि उद्योगले खुलेयाम ठगि गरेको किसानहरुले दुखेसो पोखेका हुन् ।किसानको नेतृत्व गरि आवाज उठाउने उखु उत्पादक समिति एक बर्ष देखी अधिवेशन नगरि अबैध रहेको हुदा किसानको पक्षमा दवाव नदिने र स्थानिय प्रशासन समेत मौन भए पछि किसानले पाउनु पर्ने भुतmानी रकम कम दिएर ठगि गरेको अरोप किसानहरुले लगाएका छन् ।
किसानको पक्षमा कोही नबोलिदिने भए पछि उद्योग सञ्चालकले प्रशासनलाई मिलाएर ठगि गरेको उनीको दाबी रहेको छ । सरकारले तोकेको मुल्यमा प्रति क्वीन्टल ७० रुपिया कम लिए मात्र भुतmानी दिने बाध्य गराए पछि उखु किसानले बाध्य भएर गर्जो टार्नका लागि थोरै मुल्य लिन परेको स्थानिय किसान लख्खु यादवले बताए । जिल्लामा अहिले १८ लाख क्वीन्टल उखु उत्पादन भएकोले उखु मिल संचालहरुले उखुको भुक्तानी गर्दा प्रति क्वीन्टल ७० रुपियाको दरले कम भुक्तानी गर्दा साढे १२ करोड रुपिया ठगी भईरहेको यादवको दाबी रहेको छ ।
उनका अनुसार उखु मुल्यमा भएको ठगिबारे जिल्ला प्रशासन कार्यालयमा निवेदन दिए पनि प्रशासन कार्यालयले चाँसो नलिए पछि ठगिमा प्रशासनको स्वतः मिलोमतो भएको अनुमान लगाउन सकिन्छ, यादवले भने, किसानले उजुरी दिदा अबैध भई सकेका उखु उत्पादक समितिका पदाधिकारीलाई बोलाएर प्रशासनले गोप्य सल्लाह गर्छ ।
त्यो भएर पनि उखु किसान मर्कामा परेको उनको भनाई थियो । उखु क्रसिङ्ग सिजनमा उखु मिलहरुले किसानहरुको उखु उधारोमा खरिद गरि लामो समय पछि एकसाता अगाडी देखि मात्र भुक्तानी दिन शुरु गरेका छन् । मिलहरुले किसानहरुलाई प्रति क्वीन्टल ५ सय ३६ दशमवल ५६ रुपिया भुक्तानी गर्नु पर्नेमा ४ सय ६५ दशमलव ९२ रुपियाको दरले मात्र भुक्तान गरि किसानहरुलाई सोझै प्रति क्वीन्टल ७० रुपिया ठगि गरिरहेको स्थानिय उखु किसान लख्खु यादवले सुनाए ।
जिल्लामा बागमति खडसारी चिनी मिल, ईन्दिरा सुगर ईण्डष्ट्रिज र लुम्बिनी चिनी मिल गरि ३ वटा ठुलो चिनी मिल संचालनमा छ । लुम्बिनी चिनी मिल बाहेक ईन्दिरा र बागमतिले किसानहरुको उधारो रकम भुक्तानी गरिरहेको छ । यसरी जिल्लामा उत्पादित १८ लाख क्विन्टल उखुमा ७० रुपियाको दरले ठगी हुँदा १२ करोड ६० लाख रुपिया हुन्छ । उखु क्रसिङ्गको बेलामा मिलहरुले किसानहरुलाई फकाउदै अधिकांश उखुहरु सस्तो दरमा नगदमै किनेका थिए । नगदमा गएको उखु समेतमा सर्मथन मुल्य जोडदा साढे १२ करोड ठगी हुने देखिएको छ । यता उद्योग पतिहरुले ७० रुपियाको दरले जिल्ला प्रशासन माफर्त सोझै जनताको खाता पठाईने बताएका छन् तर यस विषयमा कुनै परिपत्र मार्फत किसानहरुले थाहा नपाएको कृषक यादवले बताए ।
उनले अब किसानको तर्फबाट उद्योग सञ्चालक विरुद्ध ठगि मुद्दा दर्ता गराउने चेतावनी दिए । जिल्ला प्रहरीले मुद्दा दर्ता नगरे परमादेश गराएर भए पनि ठगि मुद्दा चलाउने उनको भनाई थियो । यता उखु भुतmानीबारे किसानको उजुरी परेको भए पनि त्यसबारे प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछानेलाई मात्र विस्तृत जानकारी हुने प्रशासन कार्यालयका प्रशासकिय अधिकृत आनन्दराज भुसालले बताए । प्रजिअ लामिछानेलाई सम्पर्क गर्दा उनको फोन उठेन् । नवलपरासी उखुको पकेट क्षेत्रको रुपमा लिईन्छ । जिल्लामा कुल साढे ७ हजार हेक्टर क्षेत्रफलमा उखु खेती हुदै आएको छ जसमा करिब १४ हजार घरपरिवार उखु खेती आवद्ध छन् ।