© २०२३
जिल्ला अस्पताल तौलिहवाको सुरक्षित मातृत्व सेवा केन्द्रमा बर्षाको पानी पसे पछि सेवा प्रवाहमा समस्या आएको छ । सामान्य बर्षा हुदाँ समेत अस्थाई भवनमा सञ्चालित केन्द्रमा पानी भरिने गरेको हो । बर्षाको पानी भरिए पनि सेवा केन्द्रमा राखिएका उपकरण र औषधी समेत फोहर पानीमा भिजेको छ ।
सेवा केन्द्रमा कार्यरत अनमी शारदा देवी सिंह र अस्पतालका कर्मचारी भरत कहाँरले कोठामा भरिएको पानी बाहिर फाल्दै थिए । कर्मचारी उमा क्षेत्रीले कोठामा फोहर पानी भरिए पछि बस्न नसकेको बताइन ।
गोली गाठो माथी सम्म पानी आए पछि सेवाग्राहीलाई सेवा प्रवाहमा समस्या आएको थियो । केन्द्रमा सेवा लिन आएकी कपिलवस्तु नगरपालिका ११ कटुवाकी खल्मुन निसाले बर्षाको पानी कोठामा भरिदा आफुहरुलाई सेवा लिनमा ठिलाई भएको गुनासो गरिन ।
“कोठामा पानी भरिए पछि उहाँहरु पानी फाल्न लाग्नु भएको छ । हामी सेवा लिन कुरेका छौ । ” उनले भनिन । जिल्ला अस्पतालको निर्माणाधिन भवन निर्माणको कार्य समयमै सम्पन्न नहुदाँ अस्थाई भवनबाट सो सेवा प्रवाह हुदा सो समस्या आएको सेवाग्राही बताउछन । “यस बर्ष सामान्य बर्षा भयोकी कोठामा पानी पसि हाल्छ । फोहर पानी पस्दा उपकरण र औषधी भिजेर समस्या आउने गरेको छ ।” अनमी सिंहले भनिन । “नयाँ भवन चाडै बनेर सञ्चालनमा आए अर्को बर्ष यो सास्ती भोग्नु पर्ने थिएन । ” उनले थपिन ।