© २०२३
हिन्दु महिलाहरुको महान चाड हरितालिका तिज नजिकिदै गर्दा कलाकारहरुलाई भने भ्याई नभ्याई भएको छ ।यतिबेला कलाकारहरु गित रेकर्डिङ्ख , छायाकंन र भिडियो सार्बजनिक गर्ने क्रममा ब्यस्त देखिन्छन । यसैक्रममा गित सगिंतकै क्षेत्रमा अर्को एउटा तिज कोशेली “आए मत सगिंनी ”लिएर मगंलबार हामी माझ आएकी छिन गायिका शोभा पाण्डे । शोभा पाण्डे र सञ्जु लम्साल को स्वर रहेको गितमा कृष्णहरि बरालको शब्द रहेको छ । शुरेश गैरेको लय सकंलन रहेको गितको छायाकंन शम्भु चालिसले गरेका हुन । शिब बिकको निर्देशन रहेको गितमा नन्दा बस्याल र बबिता ढुगांनाकोे अभिनय रहेको छ ।
आपनो गितमा परम्परागत मान्यता र आधुनिकताको मिश्रण गितमा रहेको गायिका पाण्डेले बताईन । तिज पर्ब नारीहरुका लागि भएकोले गित पनि नारीहरु प्रति समर्पित हुनु पर्ने उनको धारणा छ । उनी भन्छिन ,तिजका बेला दिदी बहिनी जम्मा भएर गाउने गित थिए ती मौलिक परम्परालाई जगेर्ना गर्ने र आधुनिक समाजको पनि यथार्थ चित्रण गरेकी छु । तिज गित मार्फत एकातिर हाम्रो समाजमा बिद्यमान बिकृति, बिसगंती र परम्परालाई उजागर गरिएको छ भने अर्कोतिर समाजमाका बिकृति पन्छाउदै आधुनिक समाजको पनि चित्रण गरिएको छ । गित काजोल म्युजिक प्रालिको उत्पादन र बितरणमा म्युजिक नेपालले युटुब मार्फत बजारमा ल्याएको हो ।