© २०२३
बुटवल, २३ मदौ । हिन्दुनारीहरुको चाड तिज पारेर शुक्रबार नेपाली फिल्म देवी रिलिज भएको छ । संजोग राई निर्देशित क्राइम थ्रिलर जनरामा ‘देवी’ निर्माण भएको हो । मोफसलको हलमा फिल्म पुगेका दर्शकहरु सकारात्मक प्रतिक्रिया दिएका छन । नेपालमा पछिल्लोसमय घटेका बलात्कार र हत्याका घटनाहरुलाई उजगार गर्न फिल्म सफल रहेको बुटवलका अनुभवमान सैजु हलबाट निस्कदै गर्दा बुटवलटुडेलाई बताए । ‘निर्मला पन्त लगायतका निक्कै दुखद घटनाहरु जो सरकारबाट टुगो लगाउन सकेका छैनन । त्यसबारे घचघचाउने गरि फिल्म निमार्ण भएको छ ।’—उनले भने । अधिकाश नाम चलेका थेयटरका कलाकारहरुले निक्कै उत्कृष्ट काम गरेको उनि बताउछन ।
‘देवी’को कथा निर्देशक सञ्जोग राई र अजय गौतमले लेखेका हुन् । यो सामाजिक कथामा बनेको हो । देवीमा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरीक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवनजंग खड्का र विकास पन्तको अभिनय रहेको छ । फिल्ममा सन्जेन थापाको एक्सन रहेको छ ।
हल पुगेका दर्शक सुर्य थापा राम्रो फिल्म बनेको दाबी गर्छन । ‘हाम्रो कानुन कमजोर छ । कमजोर मानिसले न्याय पाउन सक्दैन, पहुचवालाले शक्तिको दुरुपयोग गर्छन भन्ने कुरा फिल्मले देखाएको छ ।’—उनले भने । शुरुवातमा रमाइलो र बिस्तारै सस्पेन्स कथालाई अगाडी बढाएको उनले बताए । आम नागरिकलाई सचेत गराउने र महिलालाई मनोबल बढाउने सन्देश दिएको उनले बताए । निक्कै उत्कृष्ट विषयबस्तु उठान गरेको उनले बताए । हलमा भेटिएकी सृष्टि थापाले महिला हिसाको विषय उठान गरेको छ । ‘निक्कै राम्रो लाग्यो । हामी जस्ता आम महिलाको चासोको विषयलाई टिपेर कथामा ल्याएको छ ।’— उनले भने ।
फिल्म हेरेका बुटवलका विश्वास गुरुङले हाम्रो नेपाली समाजमा दैनिक घटेका घटनाहरुलाई आफनो विषयबस्तु बनाएको बताए । ‘नाम चलेका नाजिर हुसैन, टिका पहारी, शिल्पा मास्के, गौरव पहारी लगायतका कलाकारहरु जो थेयटरमा उत्कृष्ट पहिचान बनाएका छन । उनिहरुले राम्रो मेहनत गरेका छन ।’—उनले भने । लगानी र कलाकारकै कारण फिल्म राम्रो हुन्छ भन्ने कुरा चिर्न सफल भएको उनले बताए ।