© २०२३
बुटवल, १९ भदौ ।
कालिका मानवज्ञान माविमा नेपालीहरुको महान पर्व हरितालिका तीजको अवसरमा तीज गीत प्रतियोगिता गरिएको छ । कालिका मानवज्ञान मावि सेक्टर १, सेक्टर २ र कक्षा ११÷१२ को तहगत रुपमा प्रतियोगिता गरिएको हो ।
यस्तै सेक्टर १ तर्फ कक्षा ४–५ तर्फ प्रथम ५ बी का कञ्जन पौडेल, द्वितिय ४ ई का शिवानी कुमाल, ५ ई का सृष्टि पाण्डे तृतीय भएका छन् । यस्तै कक्षा ६–७ तर्फ कक्षा ७ डीका पुर्णीमा कुँवर प्रथम, ६ जी का रक्षा पाण्डे द्वितिय र ६ जी कै आर्य दया तृतीय स्थापन प्राप्त गर्न सफल भएका छन् ।
यस्तै कक्षा ८, ९ र १० तर्फ ९ एच का रिजा पन्थी प्रथम, ९ ई का एलिशा श्रेष्ठ द्वितिय, ९ एका अनुजा श्रेष्ठ तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् ।
विद्यालयको सेक्टर २ तर्फ आयोजना गरिएको प्रतियोगितामा जुनियरतर्फ प्रथमः देवकोटा सदन, द्वितीय कर्णाली सदन, तृतीय भानु सदन भएका छन् । यस्तै सिनीयर तर्फ प्रथम देवकोटा सदन, द्वितीय कर्णाली सदन र तृतीय भानु सदन भएको विद्यालयका ईन्चार्ज कृष्ण गौतमले जानकारी दिए ।
यस्तै विद्यालयको कक्षा ११, १२ १२ वटा समूहको विचमा गरिएको प्रतिष्पर्धामा प्रिया खत्रीको समूह प्रथम भएको छ । द्वितीय समीक्षा पाण्डेको समूह, तृतीय स्वेता सुनारको समूह र वर्षा न्यौपानेको समूह चतुर्थ स्थान प्राप्त गर्न सफल भएको शिक्षक विवेकराज पोखरेलले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीको अध्यक्षता बुटवल उपमहानगरपालिका वडा नं १० का जनप्रतिनिधि साथै विद्यालय व्यवस्थापन समितिका सदस्य यमुना काउचाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा प्रधानाध्यापक दिनेश थापा, शिक्षक अभिभावक संघका अध्यक्ष केशवराज पोखरेलले विजेता विद्यार्थीहरुलाई बधाई तथा शुभकानमा दिएका थिए ।