© २०२३
श्रावणी महिनाको तिथी अनुसारको पहिलो सोमबार कपिलवस्तु सदरमुकाम तौलिहवा स्थित प्राचिन तौलेश्वर नाथ महादेब मन्दिरमा जलापर्ण गर्नेको घुईचो लागेको छ ।
श्रद्धालुले बाणगंगा नदिमा स्नान गरि जल लिई बोलबमको नारा लाउदै महादेब मन्दिरहरुमा जलापर्ण गरेका हुन । महादेब मन्दिरमा यस बर्ष पहलो दिनमै ५० बढिले जमिनमा घिस्रियर जर्लापण (लोटबम) गरेका छन । घर्सेर र जलापर्ण गर्नेमा बालक र महिला सहित ५० बढि रहेको थियो । मन्दिरमा जलापर्ण गर्नेहरुले रातभर जाग्राम बसि बिहान स्नान गरि जलापर्ण गर्ने गर्दछन । महिनाभरी शिव मन्दिरमा जलापर्ण गर्नाले बिशेष पुण्यफल मिल्ने बिश्वासका साथ भक्तजनहरुले यहा जलापर्ण गर्ने गरेका हुन । जलापर्णका लागि तिलौराकोट किनारमा अवस्थित प्राचिन भागिरथी (बाणगंगा) नदीमा स्नान गरि जल लिई भजन किर्तन गर्दै भक्तजनहरु ५ किलो मिटर टाढा रहेको ताम्रेश्वर महादेव मन्दिरमा आउने गरेका छन । आईतबार राती बाणगंगा नदिको तटमा श्रद्धालुले चुटका र भजन गाएर जागराम बसेका थिए । आफुले १०÷१२ बर्ष अघि शुरु गरेको कावर यात्रामा बर्षेनी श्रद्धालुको संख्या बृद्धि हुदै जादा खुसी लागेको फुलिका बोमबम जलयात्रा समितीका अध्यक्ष शिवदास अकेलाले बताए । उनकै पहल पश्चात व्यापक प्रचार प्रसार पछि तौलेश्वरनाथ मन्दिरमा जलापर्णका लागी घुईचो लाग्न थालेको हो । सबै भन्दा ठुलो शिव लिङ्ग रहेको दाबी गरिएको कपिलवस्तुको तौलेश्वरनाथ मन्दिरको प्रचार प्रसार आवश्यक रहेको श्रद्धालुहरु बताउछन । श्रावणी सोमवारका दिन महादेवको मन्दिरमा जलापर्ण गरेमा पाप काटिने र मनोआकांक्षा पूरा हुने भक्तजनहरुको बिश्वास छ । सदरमुकाम तौलिहवा देखि ५ किमी टाढा रहेको नदी बाट भक्तजनहरुले बोलबमको नारा लगाउदै मन्दिर पगेर जर्लापण गर्ने गर्दछन । जलापर्णका लागी छिमेकी जिल्ला र भारतका विभिन्न स्थानबाट समेत तिर्थालुहरु आएको तौलेश्वर नाथ महादेब मन्दिर व्यवस्थापन समितीका अध्यक्ष राम कुमार गुप्ताले बताए । पहिलो सोमबार मात्रै २५ हजार बढिले शिव मन्दिरमा जलापर्ण गरेको उनले जानकारी दिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी