© २०२३
लमही, १६ साउन ।
पढ्नका लागि सुरुमा लगानी लगाउने र पढाइ सकिएपछि नोकरीको लागि भौतिारिने विद्यार्थीहरुलाई सन्देश दिंदै तुलसीपुरस्थित एक शिक्षालयका विद्यार्थीहरु भने पढ्दै कमाउँदै गरिरहेका छन् ।
तुलसीपुर स्थित बहुप्राविधिक शिक्षालयका विद्यार्थीहरुले अध्ययनसंगै कमाउँदै आएका छन् । सो शिक्षालयका कृषि तथा वन विज्ञान विषयमा अध्ययनरत विद्यार्थीले तरकारी खेती तथा विरुवा उत्पादनबाट वार्षिक रु ४ लाख आम्दानी गरेको शिक्षालयका प्रिन्सिपल वसन्तराज आचार्य बताउँछन् ।
२०७५ सालदेखि संचालन भएको सो शिक्षालयमा हाल ५ वटा प्राविधिक विषयमा अध्ययन अध्यापन हँुदै आएको छ । जसमा इलेक्ट्रिसियन, मेकानिकल, फुड एण्ड डेरी, फरेस्ट्री र एग्रीकल्चर गरी चार संकायमा अध्यापन हुँदै आएको छ । सिटिइभिटी अन्तर्गत डेढ वर्षे कोर्ष मध्येबाट ५० प्रतिशत पढाइ र अन्य समय उनीहरु आ–आफ्नै फिल्डमा काम गर्ने कमाउने गरेको प्रिन्सिपल आचार्यले बताए ।
सवै विषयका विद्यार्थीहरुले पढ्दै कमाउँदै गरेको उनले वताए । सुरुका एग्रीकल्चर र फरेस्ट गरी दुवै समूहका विद्यार्थीहरुबाट एग्रो —फरेस्टी प्रोजेक्ट बनाएर व्यवसायमा लागेको एग्रीकल्चरका विद्यार्थी सन्दीप मल्लले बताए । उनले भने –“हामी सुरुका दुई गु्रप मिलेर सामूहिक रुपमा खेती गर्यौं । प्रोजेक्टबाट वन तर्फ नर्सरीमा बेर्ना उत्पादन, बगैचा व्यवस्थापन र कृषितर्फ विद्यालयको हाताभित्रको ४ कठ्ठा क्षेत्रफलमा पहिलो चरणमा टमाटर र वमौसमी तरकारीको बेर्ना उत्पादन ग—यो । “त्यस लगत्तै फूलको सिजनमा सयपत्री फुल उत्पादन गरेका हौ”– विद्यार्थी मल्लले भने । “उनी भन्छन्, “हामी सामूहिक रुपमा खेती गर्छौ । आम्दानी भएको रकम प्रोजेक्टको खातामा राख्छौ, अहिले सोही रकमवाट मिनि टेक्टर समेत खरिद गरेका छौ ।” उनले अव पुष्प खेतीका लागि वेर्ना तयारी अवश्थामा रहेको बताए ।
तर उत्पादन भएका तरकारी र पुष्पले भारतीय बजार पाउँदा उनी निराश देखिए । “हामीले उत्पादन गर्दा लागत वढी लाग्छ तर भारतवाट आयतित वस्तु सस्तो हुन्छ, यसमा राज्यको ध्यान जान जरुरी देखिन्छ”– उनले भने ।
उनीहरु मत्र होइन मेकानिकल, इलेक्ट्रिसियनदेखि फुड एण्ड डेरीका विद्यार्थीहरु पनि अध्यापनसंगै कमाउने गरेको शिक्षालयका प्रिन्सिपल आचार्य बताउँछन् । उनीहरु आ–आफ्नो क्षेत्रमा फिल्डमै गएर काम गरी आम्दानी गर्दै आएको बताउँछन् । पछिल्लो समयमा अध्यापनपछि आफ्नो भविष्य नदेखेर उच्च शिक्षा पढ्नका लागि विदेश जाने क्रम बढी रहेको अवश्थामा यी शिक्षालयका विद्यार्थीको कामले प्रेरणाको स्रोत बन्न सक्दछ ।