ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

उपमेयरसँग गर्भवती–सुत्केरी कार्यक्रम

१४ श्रावण २०७५, सोमबार
१४ श्रावण २०७५, सोमबार

बुटवल उपमहानगर पालिकाले मातृशिशु मृत्युदर घटाउने उद्देश्यले गर्भवती सुत्केरी लक्षित कार्यक्रम अगाडी सारेको छ । उपमहानगरको बजेट तथा कार्यक्रममा उल्लेख गरी शुरु गर्न लागेको हो । उपमहानगरको स्वास्थ्य शाखाका अनुसार उक्त कार्यक्रम आउने भदौ महिनादेखि शुरु हुने लागेको हो । उपमहानगरको स्वास्थ्य शाखाका अनुसार उपप्रमुखसँग गर्भवती–सुत्केरी भेट अभियान नाम दिइएको कार्यक्रम गर्भवती महिलाहरुको स्वास्थ्यमा केन्द्रित छ । गर्भवती महिलाको स्वास्थ्यमा ध्यान पुर्याउन सके स्वस्थ्य शिशु जन्मिने, मातृ शिशु मृत्युदर कम हुने उपमहानगरको बुझाई छ । सरकारी प्रक्षेपण अनुसार उपमहानगरभित्र बार्षिक रुपमा करिब चार हजार पाँच सय महिला सुत्केरी हुने गरेको तथ्यांक छ ।
बुटवल उपमहानगर पालिकाकी उपमेयर गुमादेवी आचार्यले नगरभित्रका केही समुदायमा अझै पनि गर्भवती र सुत्केरी महिलाको स्वास्थ्यको अवस्था कमजोर देखिएकाले कार्यक्रम अघि सारेको बताइन । उनले गर्भवती सुत्केरी भेट कार्यक्रममा चिकित्सकसहितको घरदैलो मार्फत स्वास्थ्य परीक्षण र परामर्श गरीने बताइन । गर्भवती र सुत्केरी महिलालाई षोषणयुक्त खानेकुराको प्रयोगमा अग्रसर गराउदै आफु र बच्चाको स्वास्थ्यको हेरचाहमा प्रोत्साहन गरिने उपमेयर आचार्यको भनाई छ ।
नगर स्वास्थ्य शाखाका संयोजक डा. रमेश के.सी.का अनुसार भेट अभियानमा गर्भवती महिलाको कार्ड बनाई कुन कुन महिनामा स्वास्थ्य संस्थामा जाँचका लागि जाने, के के परीक्षण गर्ने गरिनेछ । उपमहानगरभित्रका गर्भवती महिलाले नियमित र पूरै चक्रको गर्भजाँच नगर्ने गरेको पाइएको डा. के.सी.ले बताए । उनले गर्भवती अवस्थामा चार पटक गर्भ जाँच गनुपर्ने मापदण्ड भएकोमा अझै पनि केही गर्भवती महिलाहरुले चौथो पटकको गर्भ जाँच नगर्ने गरेको पाइएको उनको भनाई छ ।
दुईवटा सन्तान जन्माउनका लागि प्रोत्साहित गर्ने नीति उपमहानगरको भएपनि त्यसभन्दा बढी सन्तान जन्माउने परिवारमा पनि उक्त कार्यक्रमले समेट्ने उपमहानगरले जनाएको छ । उनले समयमा स्वास्थ्य जाँच गराउने र स्वास्थ्य संस्थामा सुत्केरी गराउनलाई प्रोत्साहन गर्ने उद्देश्यले यस खालको कार्यक्रम राखिएको उनले बताए । उक्त भेटमा गर्भवती महिलालाई क्याल्सीयम चक्कीका साथै स्वास्थ्य सम्बन्धी उपयोगी उपहार दिने सोच पनि उपमहानगरले बनाएको छ । उपमहानगरभित्र स्थायी र अस्थायी रुपमा बसोबास गर्ने सबै गर्भवती र सुत्केरी महिलालाई कार्यक्रम भित्र पारिएको जनाइएको छ । कार्यक्रम संचालनका लागि सात लाख बजेट बिनियोजन गरिएको छ ।
गर्भवती, प्रसूति र सुत्केरी अवस्था महिलाको लागि विशेष अवस्था हो । गर्भवती हुनुभन्दा पहिले आफ्नो पोषणको अवस्था, स्वास्थ्य अवस्था, विवाह भएको उमेर, हालको उमेर, आर्थिक अवस्था, गर्भवती अवस्थामा गर्नुपर्ने आराम, पारिवारिक अवस्था, गर्भावस्थामा नियमित जाँच गराउने स्वास्थ्य संस्थाको चयन, गर्भावस्था, प्रसूति अवस्था, सुत्केरी अवस्था र नवशिशुमा देखिने खतराका लक्षणबारे जानकारी हुन जरुरी छ ।
मातृ मृत्यु र नवशिशु मृत्यु हुने प्रमुख कारण चेतनाको अभाव भएकाले सुरक्षित मातृत्वबारे थाहा पाइरहन आवश्यक छ । भावी सन्ततिका साथै सम्पूर्ण परिवार निरोगी र स्वस्थ हुन पहिले आमा नै स्वस्थ हुनु पर्ने चिकित्सकहरु बताउँछन् । गर्भावस्था, प्रसूति अवस्था, सुत्केरी अवस्था तथा नवशिशु स्याहारका बारेमा सबैले जान्नु आवश्यक छ । उपमहानगरमा मातृ शिशु मृत्युदरको अवस्थाको तथ्यांक नभएपनि नेपालमा प्रतिलाखमा २ सय ३९ जना आमाको मृत्यु हुने गरेको चिकित्सकहरु बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?