ट्रेंडिंग:

>> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री
विचार

नेपालमा बाढी पहिरो : कति प्राकृतिक, कति मानवीय ?

१४ श्रावण २०८०, आईतवार
१४ श्रावण २०८०, आईतवार

नेपालमा सामान्यतया असारदेखि भदौसम्म अत्याधिक वर्षा हुन्छ । मनसुनी बर्षाका कारण यी महिनामा अत्यधिक वर्षा हुने, खोला, नदीमा पानीको वहाव बढ्ने र तेजिलो हुने गर्दछ । प्रायःअसोजदेखि कम पानी पर्ने, माघे झरी लाग्ने र बैशाखताका मेघगर्जन, असीना सहित पानी पर्ने र बाँकी समय खडेरी पर्ने र कहिलेकाहीँ लामो खडेरी पर्ने हुँदा मनसुन सुरू भएपछि सबैको मनमा हर्ष छाउँछ ।

मनसुनी र मौसमी वर्षात्मा निर्भर हाम्रो कृषि खेती पद्धति आकाशे पानीमा धेरै भर पर्दछ । वर्षाका कारण कुलो सिंचाई हुने, टारी खेतमा पनि रोपाईं हुने, पानीको मूल फुट्न गै सिंचाई र खानेपानीका स्रोत सुनिश्चित हुने गर्दछ । खरबारीको घाँस पलाउँछ । यी सबै फाइदाका कारण मानिसहरू वर्षा हुनुलाई राम्रो मान्दछन् । मानिसहरू वर्षात्को पानीमा धेरै तरिकाले आश्रित छन् । तर वर्षेनी यही मनसुन नेपालीकालागि दुर्भाग्य बनिरहेको हुन्छ । खासगरी मनसुन सक्रिय भएसँगै बाढी पहिरोको जोखिम बढ्छ ।

सन् २०२१ को अगस्त र अक्टुबर महिनामा आएको भारी वर्षाका कारण २६२ मानिसहरूले ज्यान गुमाएका थिए । यो समयमा १६४८२ परिवार प्रभावित भएका थिए । तीमध्ये ५१३६ परिवार विस्थापित र २४७३ घरहरू भत्किएका थिए । त्यस्तै सन् २०२२ मा ११८ जना (१९ जना बाढीमा र ९९ जना पहिरोमा) मारिएका थिए भने ८७ जना चट्याङ्गमा परी मारिएका थिए । नेपालमा बेलाबेलामा ठूलाठूला पहिरो गएर नदी थुनिने र ठूलो धनजनको क्षति हुने गरेको छ । सन् १९९८ सेप्टेम्बरमा म्याग्दीको दरबाङमा गएको पहिरोले १०९ जनाको ज्यान लिएको थियो भने कालीगण्डकी नदी थुनिएको थियो । त्यसैगरी सन् २०१२ मे महिनामा सेती नदीमा आएको बाढीका कारण ७१ जनाले ज्यान गुमाएका थिए । हरेकवर्ष एउटै पहिरोमा परेर ५।७ जनाको मृत्यु हुने घटना धेरैपटक हुने गरेका छन् । जनसंख्याको आधारमा हेर्दा यसरी ज्यान गुमाउने संख्या अन्य देशको तुलनामा धेरै हो भनिन्छ ।

बाढी पहिरोबाट पहाडी क्षेत्र बढी प्रभावित हुने गरेको छ । तराईमा हुने डुबान र कटानको नोक्सानी ठूलो हुने भएतापनि मानव क्षति भने कम हुने गर्दछ । विशेषगरी कृषि र अन्य मानवीय गतिविधि बढी हुने पहाडी क्षेत्रमा जमीन अत्यन्त भिरालो र खोला, खोल्सासमेतमा वर्षाका समयमा पानीको वहाव बलियो धारिलो हुने भएकोले पहिरो जानका लागि सहयोगी हुन्छ । त्यसैगरी वर्षा हुने तरिकामा समेत फेरबदल भएको छ । पानी मुसलधारे तरिकाले ओइरहेको जस्तो लाग्छ । यसरी ठूलो पानीबज्रिदा भिरालो जमीन छिटो पहिरो जाने खतरा हुन्छ । मनसुनी वर्षामा समेत हावाहुरी आउनाले गलेको जमीनमा अडिएका रूखहरू पनि हल्लिएर पानीभित्र जाने र पहिरो जान सहज बनाउँछन् । नेपालको आन्तरिक भूबनोट पनि पहिरोका लागि सहयोगी छ । वि सं. १९९०, वि सं. २०४५ र बि सं. २०७२ का ठूला भूकम्प र समय समयमा आउने पराकम्पका आधारमा नेपालको भौगर्भिक अवस्थापनि पहिरोका लागि सहयोगी छ भन्न सकिन्छ । चुरे क्षेत्रको जमीन खुकुलो भएको र पानी सजिलै भित्र प्रवेश पाई जमीनलाई चलायमान गराउने भएकोले चुरे क्षेत्रमा सानो पहाडमा पनि धेरै पहिरो गएको भेटिन्छ । रूखले पहिरो जान रोक्छ भन्ने आमविश्वाास भएतापनि कतिपय रूखको भारी बहन गर्न नसकेर पहिरो गएको पनि देखिन्छ । पुराना ठूला रूख ढल्दा वरपर पहिरो हाल्ने गरेको देखिन्छ ।

नेपालमा पहिरो जानुका प्राकृतिक कारणहरू बाहेक मानवीय कारण पनि धेरै छन् । पहिरो जानुमात्र होइन पहिरोबाट ठूलो जनधनको क्षति हुनुमा मानवीय कारणहरू पनि धेरै जिम्मेवार छन् । बढ्दो जनसंख्या, पहिरोको सम्भावित जोखिम क्षेत्रमा गैरकानुनी अब्यवस्थित बसोबास र अब्यवस्थित सडक निर्माणका कारण अहिले धेरै ठाउँमा पहिरो गएको छ । मुख्यमार्गको दायाँबायाँ सहायक मार्गहरू खोलिएका छन् । ती सहायक बाटोहरू प्रायः कच्ची र पछिल्ला वर्षमा बनाइएका धेरै बाटोमा नाली बनाइएका छैनन् । त्यसैले वर्षामा पानीले आफै बाटो बनाउँछ । सँगसँगै कच्ची माटो र पहाड काटेर छेउछाउमा थुपारिएको माटो बर्षामा पखालिएर तलतल जान्छ र राजमार्ग नै अवरोध हुनेगरी पहिरो जान्छ । हरेक बाटो निर्माण वा भवन निर्माण जस्ता भौतिक संरचना निर्माणमा डोजर, स्काभेटर, ट्रिपरजस्ता हेभी इक्विपमेन्टहरूको प्रयोगका कारण जमीन थिलोथिलो परेको छ । त्यसैगरी चुरे र पहाडी क्षेत्रमा वन पैदावर, नदीजन्य पदार्थ र खानी क्षेत्रको अबैधानिक चोरी निकासीका कारणले पनि बाढी र पहिरोका लागि सहयोग पुगेको छ । मानिसहरूको ब्यहोरा पनि असभ्य छ । आफ्नो भल वा सार्वजनिक भल सडकमा बगाइएको हुन्छ । आफ्नो घरआँगन छलेर बाटोमुनि काटेर बगाइन्छ । कतिपय वस्ती नजिक वा खेतबारी नजिक यी भलका कारण पहिरो गएको देखिन्छ । सडक खन्दा मानिसहरूका घर, खेतबारी झुण्ड्याएर छाडिन्छ र वर्षामा पहिरोले तानेर बाटो चौडा भएकोमा खुशी मनाइन्छ तर त्यो परिवारमा के भयो कसैलाई मतलब छैन ।

पहिरोका कारण ठूलो धनजनको क्षति हुनुमा अब्यवस्थित र अबैधानिक बसोबास मुख्य कारण रहेको छ । नेपालमा प्रायः नदी वा खोला किनारबाट सडक खनिने र सडक छेउछाउमा वस्ती बस्ने गरेको छ । सडक निर्माण गर्दा फालिएको माटोमै केही वर्षपछि घर ठड्याइन्छ भने बाढीबाट त्यो घर सजिलै प्रभावित हुनु स्वाभाविक हो । त्यसैगरी सडक छेउमा जग्गा नहुँदानहुँदै पनि साँघुरो जगमा घर झुण्ड्याएर बनाइएका छन् । बाढी र पहिरोले ती घरहरूलाई बगाउनु अस्वाभाविक होइन । त्यसैगरी खोला, नदीले कहिलेकाँही बाटो परिवर्तन गर्दछ । त्यही बगरमा मानिसहरू वस्ती बसाउँछन् । पुनः खोलोले पहिलेकै बाटो रोज्यो भने बस्ती सखाप हुन्छ । यसैगरी नेपालका नदीमा बाँध बाँधेर सरोबर बनाई विद्युत निकाल्ने गरिएको छ । ती बाँधमा आउने समस्याका कारण कुनैपनि समयमा तल्लो तटीय क्षेत्रमा जोखिम हुन्छ । तसर्थ नदी किनारका फाँटमा बसाइएका वस्तीमा कम्तीमा किनारैसम्म घर बनाउन नदिनुपर्ने देखिन्छ । तर यहाँ बगरमै गएर घर बनाउने र वर्षामा रुँदै हिड्ने धेरैछन् । यसबाट कुनै पाठ सिकेको पाइदैन । तसर्थ नेपालमा हुने बाढी पहिरोको क्षति प्राकृतिक वा दैवी के हो वा मानवीय असावधानी र बेइमानीका कारण हो भन्ने शंका लाग्दछ । तसर्थ स्थानीय सरकारहरूले सम्भावित जोखिम क्षेत्र पहिचान र रेखांकन गर्ने र ती स्थानमा वस्ती बस्न नदिने हो भने क्षति कम हुने थियो । यसैगरी जमीनको बनोट, खोला तथा नदीको वहाव, पूर्वाधार निर्माण क्षेत्र आदिको अध्ययनका आधारमा वस्ती स्थल यकिन गर्नु आवश्यक देखिन्छ । त्यसैगरी भौतिक निर्माणका क्रममा वातावरणीय परीक्षण लगायतका शर्तहरू सम्बन्धी विद्यमान कानुनी ब्यवस्थाको कडाइका साथ पालना गर्ने हो भने पनि बाढी पहिरोको कम जोखिम हुने थियो । त्यसैगरी प्रतिकारात्मक कार्य, रोकथाम कार्य र उद्धार तथा राहत कार्यमा तीन तहकै सरकार र यस क्षेत्रमा कार्यरत संघ संस्थाको प्रोएक्टिभ भूमिका हुनु आवश्यक देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?