ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

‘त्यो एक रुपियाँ सयमा बढी भयो’

२२ बैशाख २०७९, बिहीबार
२२ बैशाख २०७९, बिहीबार

स्थानीय निर्वाचन २०७९ को चहलपहल छ । बैशाख ३० गते २०७९ का दिन मुलुकका ७ सय ५३ पालिकामा चुनाव हुने हो । चुनावी तयारीका पूर्व सन्ध्याहरुलाई हेर्दा एमालेको जीत निश्चित हुदै गएको छ । नेपालमा गाँउमा विकासको थलानी गर्ने पाटी भनेको नेकपा एमाले हो । एमालेले नै आफनो गाँऊ आफै बनाऊँ भन्ने कार्यक्रम ल्याएर सिधैं गाँउमा बजेट पठाउन थालेको हो । गाँउलाई महत्व नदिने पार्टी तथा बुद्धिजीवीहरुले एमालेले गाउँमा कनिका छर्न लाग्यो भनेर टिप्पणी पनि गरेका हुन् । यसबाट माखो मर्दैन पनि भनेका हुन ।

आफनो गाँउ आफै बनाऊ कार्यक्रम अन्र्तगत शुरुमा जे जति भए पनि सोझै गाँउमा पुगेको बजेटले राम्रो प्रभाव पा¥यो । गाउँलेले आफ्नै निर्णयमा कुला कुलेसा , पुल पुलेसा बनाउन पाए । विद्यालयमा शैचालय बनाए । जनता र सरकार मिलेर कतिपय ठाँउमा स्वास्थ्थ चौकी बने । स्वास्थ्य चौकीहरुको सहजीकरणमा सहजै बच्चा जन्माउन पाउँदा सुत्केरी आमाहरुले आफनो सरकार हुनुको न्यानो अनुभव गरे । मनमोहन अधिकारीको नेतृत्वमा बनेको एमालेको सरकारले आफनो गाँउ आफै बनाऊँ कार्यक्रम मार्फत मात्रात्मक रुपमा थोरै भए पनि र आकारगत रुपमा सानै भए पनि देशै भरि विकास छर्ने काम शुरु गरेको हो । अहिले हामी जे जस्तो बिकास देख्छौं, त्यति खेरै छरेर उम्रिएको भएको विकास हो । स्कुलमा, कलेजमा, खेतमा, बारीमा, सडकमा , उद्योगमा , व्यापारमा जे जस्तो विकास देखिएको छ, त्यही विऊ उम्रिएको हो । स्वभावैले हुने विकास भन्दा यतिकन पनि जति बढी जे जति विकास देखिएको छ , त्यो विकास नितान्त रुपमा त्यही बिऊ उम्रेर भएको विकास हो । यहाँ यो प्रसङ्ग उल्लेख गर्नुको अर्थ — नेपालको विकासमा यथास्थितिमा छलाङ् हान्ने शूुत्रधार नेकपा एमाले नै हो ।

आफ्नो नेतृत्वमा सरकार भएको बखत मनमोहन बाले नेपालमा बृद्ध बा आमालाई राज्यकोषबाट महिनामा एक सय रुपियाँ भत्ता दिन शुरु गरेका हुन् । त्यति बेला एक रुपियाँ कप चिया थियो । धेरै दिन सकिएन , दिनमा एक कप चिया सम्म बृद्ध बा आमालाई खुवाऊँ भनेर यो काम थालिएको कुरा उहाँ आफैले भन्नु भएको हो । त्यो एक रुपियाँ आजसम्म आइपूग्दा सयमा बढी भएको छ । उस्तै परे दुखजिलो गरी बाआमाले छाकै टार्न सक्ने अवस्था बनेको छ । चिया खाने रुपियाँ बढेर भातै खान पुग्ने भएसी बा आमाले एमालेलाई आशीर्वाद नदिने कुरै भएन । आशीर्वाद दिनु भएको छ । यसै आशीर्वाद पनि एमालेले चुनाव जित्छ ।

एमालेले स्थानीय पालिकाहरु चुनाव जित्ने थुपै आधारहरु छन् । एमालेबाट चुनिएका प्रतिनिधिहरुले तुलनात्मक रुपमा राम्रा कामहरु गरेका छन् । आफुले बाचा गरेका काम करिव– करिव पुरा गरेका छन् । पालिकाहरु अधिकारसम्पन्न भएका हुनाले जनताका दैनिक जीवनसँग गासिएका जग्गा–जमिन, तिरोभरो , कुलोपानी, बिजुली, बाटोघाटो, लिखत्–प्रमाण, नामसारी,नागरिकता, तत्काल आवश्यक निर्णय,आवश्यक सिफारिस जस्ता काम एमालेबाट छानिएका जनप्रतिनिधिहरुले सेवक बनेर गरे । त्यसो भएर जनतासँग भोट माग्न जान तिनलाई कत्ति संकोच छैन । हामीले बाचा गरेका यो यो काम सम्पन्न ग¥यौं, यो यो काम बाँकी छ , यो पुरा गछौं, यी यी नयाँ काम गछौँ भनेर जनतासँग बिन्ती बिछायाउन सहजै सक्छन् । जनता बैगुनी हुँदैन, गुन तिर्छ । तसर्थ एमालेले चुनाव जित्छ ।

नौ महिने एकल सरकार पछि एमाले कहिले पक्ष र कहिले बिपक्ष हुदै अगाडि बढ्यो । आफु पक्षमा रहदा सके सम्म गाँउमै बजेट बढी पठाउने प्रयन्न ग¥यो । विपक्षमा रहँदा पनि जनताको सुख दुखको साथी बनेर रह्यो । नेपाल गाँउ नै गाँउको देश हो । गाँउ बने मात्र देश बन्छ भन्ने कुरा स्पष्ट छ । यसै अभिप्रायमा आफनो गाँउ आफै बनाऊँ भन्ने कार्यक्रम एमालेले ल्याएको हो । यसमा उ अडिग छ । गाँउ बनाऊँ भन्ने कुरा गर्दा कृषिक्रान्ति को कुरा आउँछ । कृषिक्रान्ति भनेको कृषिको उद्योगीकरण हो । जब सरकारको बजेट गाँउमा जान्छ र कृषिमा प्रयोग हुन्छ,देशको बिकास हुन्छ । यस कुरामा एमाले विश्वस्त छ ।

नेपालमा २००७ साल पछिको अनरवत सर्घष र त्यसबाट अभिव्यतm जनमत अनुसार २०७२ सालमा सघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनेको हो । त्यसअनुसार२०७४ असार महिनामा स्थानीय स्तरको निर्वाचन भयो । त्यसमा एमालेलाई दुई तिहाई भन्दा माथिको जनमत प्राप्त भयो । त्यसपछि २०७५मा संघीय निर्वाचन भयो । त्यसमा नेकपा एमाले र नेकपा माओवादी मिलेर एउटै पार्टी बनाई चुनाव लडे । दुबै पार्टी मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) बन्यो । त्यसको पक्षमा ठूलो जनसमर्थन बन्यो । जनताले नेकपालाई झण्डै दुई तिहाई मत दिए । अध्यक्ष के.पी. ओलीको नेतृत्वमा सरकार बन्यो । यसबाट नेपाली जनता अब नेपालमा केही हुन्छ भन्ने विश्वासमा पुगे ।

के.पी. ओलीको सरकारले जन अपेक्षा अनुसार राम्रो कार्यक्रम ल्यायो । सामाजिक न्याय र आर्थिक विकासमा सटीक र सार्थक कार्यक्रम थियो त्यो । बृद्ध भत्ताको निरन्तरता र स्वास्थ्थ बीमा सामाजिक न्यायका उल्लेखनीय उदाहरण हुन् । ७० वर्ष नाघेका जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्थ विमा अत्यन्त प्रशंसनीय रह्यो । जेष्ठ नागरिकले अब मेरो ओखती उपचार सरकारले गर्छ भन्ने अनुभव गरे । आर्थिक कार्यक्रम यथास्थितिका विरुद्ध आक्रामक थियो । यसले गर्दा मुलुकमा केही हुने आशा पलायो । ३ वर्ष सम्म सरकारले जमेर काम ग¥यो ।

सँगसँगै पार्टी भित्र पाप पलाइरहेको रहेछ । झाँगिएर आउन थाल्यो । केही स्वार्थी पदलोलुप छद्मभेषी खलनायकहरुका कारण आखिरमा पार्टी चोइटियो । केही माओबादी झुण्ड बनेर निस्किए । कही नयाँ पुच्छ्र हालेर नयाँ नाउँमा निस्के । तव पनि के.पी. ओलीको नेतृत्वमा मूल पार्टी सुरक्षित रह्यो । लोभी पापीहरुले त्यसलाई हल्लाउन सकेनन् । के.पी. ओली नेतृत्वको नेकपा एमाले अहिले पनि कम्युनिष्ट मूल प्रवाह बनेर रहेको छ । यही मुल प्रवाह नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को बिरासत हो ।

नेकपा एमाले नै नेपालको विकास गर्ने र नेपाली रष्ट्रियताको जर्गेना गर्ने पार्टी हो भन्ने कुरा नेपाली जनताले बुझेका छन् । यो जनविश्वास मुलुकमा रहेको छ । एमालेलाई यसको दायित्वबोध पनि छ । आफनो दायित्व पुरा गर्न एमाले सक्षमपनि छ । त्यसै भएर विकास र रष्ट्रियताका लागि नेपाली जनताले एमालेलाई भोट हाल्छन् । त्यसै भएर एमालेले चुनाव जित्छ ।

जनताले आफ्नो पालिकामा भए गरेका काम आफनै नाङ्गा आँखाले देखेका छन् । उनलाई थाहा छ — बितेका ५ वर्षमा तिनले आफना आँखा अगाडि बाटो बनेको देखेका छन्, स्वाथ्य चौकी बनिरहेको हेरेका छन् । विद्यार्थी बोक्न गाडी गुडेका छन् । पानी आएको छ । बिजुली बलेको छ । जहाँ छैन बनिरहेको छ । वडा कार्यालयमा, पालिका कार्यालयमा आफ्ना प्रतिनिधि मार्फत आफनो काम सजिलै भैईरहेको छ । यस्तो अनुभव भइरहेको छ— भोट खेर गएन । आफुले चुनेका मान्छे रहेको प्रदेश र संघीय सरकारले बनाएका पुर्वाधार विकासका निर्माणहरु पनि जनताले देखेका छन् । चार लेन, छ लेनका सडक छन् । एअरपोर्ट बनेको छ । नदीनाला थुनेर साना ठुला थुपै विद्युत्–गृह बनेका छन् । आफ्नो मूलुक बिजुली बेच्ने हैसियतमा पुगेको छ । नयाँ–नयाँ उद्योग खुलेका छन् । नयाँ –नयाँ औद्योगिक क्षेत्र बनिरहेका छन् । ठाँउ– ठाँउमा शैक्षिक क्षेत्र छन् । अब आफ्ना नानी बावुलाई पढ्न त्यस्तै विशिष्ट विषयमा बाहेक विदेश धाउन पर्देन । रोजगारीका अवसर तयार भइरहेका छन् । सुस्त सुस्त अब नेपाली युवाहरुलाई रोजगारीका लागि विदेश धाउन नपर्ने वातावरण बनिरहेको छ । तसर्थ यसको निरन्तरताका नेपाली जनता नेकपा एमालेलाई जिताउन आतुर छन् ।

देशको सुन्दर भविष्यका लागि यो निर्वाचन एकदमै महत्वपूर्ण छ । तत्काल भोलि हुने संघीय निर्वाचनका लागि महत्पूर्ण छ । नेपालको सुन्दर भविष्यको भारवहन नेकपा एमालेले मात्रै गर्न सक्छ भन्ने कुरामा नेपाली जनता सचेत छन् । तसर्थ सचेत नेपाली जनता नेकपा एमोललाई भोट दिन्छन् । त्यसबाट यस निर्वाचनमा र आउने संघीय निर्वाचनमा एमालेको जित निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission