© २०२३
मैले पूर्व प्रधानमन्त्री एवं एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली र देवताहरुका पनि देवता शिवजीको कथा उस्तै उस्तै मानँे । मैले यो कथा धेरै पहिले सुनेकी त थिएं । तर यसलाई महत्व दिएकी थिइन । अहिले केपी शर्मा ओलीको आनिबानी, बोलीचाली र सन्दर्भ पनि अलि अलि मिलेकोले यो कथालाई जोड्न चाहेकी हुँ । अहिले देशमा स्थानीय निर्वाचनको लहर चलेको छ । पार्टीहरु गाउँतिर सलबलाएका छन् ।
कोही मिलेर निर्वाचनमा जाने भन्दैछन् । कोही एक्लै निर्वाचनमा जाने भन्दैछन् । सिंगो र ठूलो सरकारमा गएको पार्टी एमाले फुटेर तीन चार चिरा परेकै छ । यस्तोमा पनि केपी शर्मा ओलीले हामीलाई कसैसंग मिल्नु छैन, कसैको साथ सहयोग चाहिंदैन ,एक्लै चुनाव लडेपनि जित हाम्रो हुन्छ भनेर हँुंकार गर्दैछन् । उखान टुक्का हाल्नु र हुंँकार भर्नु उनको आप्mनो आमाको पेटैदेखि लागेको बानी रहेछ । त्यसैले कहिले पहाडतिर गर्जन्छन् त कहिले तराई मधेश पुगेर गर्जन्छन् । जति हुँकार गरेपनि काम भने कुनै परिपूर्ण भएको देखिँदैन । त्यसैले शिवजीको कथासंग मिल्छ उनको आनिबानी । त्यसैले शिवजीसंग जोडेकी हुँ ।
कथा यस्तो छ, शिवजी देवताहरुका पनि देवता । देवता भएपनि शिवजीले हरेक पटक कुनै न कुनै गल्ती गर्थे नै । आप्mनो मन्त्रीमण्डल सदस्य, सल्लाहाकार कसैका कुरा सुन्ने र राम्रा कुरा ग्रहण गर्ने बानी शिवजीमा थिएन । कसैको कुरै नसुनी, सल्लाह नै नगरी आप्mनो मनमानी गर्थे उनले । त्यसैले मन्त्रिमण्डलका सदस्य र सल्लाहकारहरु शिवजीदेखि दिक्क पर्थे । एकपटक कैलासमा त्यस्तै कुनै विषयमा सल्लाह गर्न सबै मन्त्रीहरु सल्लाहकार अनि राजगुरु र ज्योतिस समेतको सभा बोलाइयो । त्यो सभाले शिवजीलाई ज्योतिषलाई चिना देखाउने र ग्रहदशा लागेको भए शान्ति गराउने सुझाव दिए । ज्योतिषले देवाधी देव शिवजीलाई शनि ग्रह लागेको र त्यही शनिले उहाँलाई उट्याङ् काम गर्न प्रेरित गरेको बताउँदै अब शनि ग्रहशान्ति गराउनु पर्छ भने । सभामा भएको सुझाव सल्लाहलाई सबैले समर्थन गरे । तर शिवजीले नकार्दै र हुँकार भर्दै भने, मलाई कसले के गर्छ ? म देवाधिदेव, मैले नै यो सृष्टि थामेको छु । मलाई कसले के बिगार गर्न सक्छ ? भन्दै कसैको कुरामा चासो राखेनन् ।
उनको त्यस्तो चाला देखेर सल्लाहकार र मन्त्रीहरुले भने, हजुर देवाधिदेव हो । तर शनिले कसैलाई छाड्दैन । शनि लागेपछि कसैको केही लाग्दैन, उसलाई शान्त नपारी हुँदैन । लौ हजुरको मर्जी, हामीले त सल्लाह सुझाव दिने हो, के गर्दा राम्रो हुन्छ के नराम्रो हुन्छ भनेर आफुले जानेको बताउने हो, अरु गर्ने त हजुरले नै हो सोच्नुहोला भन्दै त्यसदिनको सभा अन्त्य गरे । सभा सकिएपछि सबै आ आप्mना घरतर्फ गए । शिवजी पनि कैलास तर्फ लागे ।
घर पुगेपछि उनले सभाहलमा भनिएका कुरा सम्झन थाले । ती कुराले शिवजीको निद हराम पारिदियो । शिवजी रातभर निदाउन सकेनन् । उनको त्यो रात छट्पटाउदैमा बित्यो । भोलिपल्ट सबेरै शिवजी यो शनिले मलाई के गर्न सक्छ ? मसंग क छ र यसले मेरो नोक्सान गर्न सक्छ भन्दै र मनमनै कुरा गर्दै मेरो यही कमण्डलु त लैजाने होला भन्दै यो फालिदिन्छु अनि के लैजान्छ भनेर कमण्डलु फाले । अव के लैजान्छ यही घाँटीमा भएको सर्पको मालालाई नोक्सान पुराउला, यो पनि फलिदिन्छु भनि सर्पको माला फाले, अव यो डमरु, रुद्राक्ष छ यो लैजाने होला भन्दै त्यो पनि फाले, अव मृगको छालाको कछाड छ यही लैजाने होला यो पनि फाले के लैजान्छ भनि त्यो पनि फाले । अव यसले मेरो के नोक्सान गर्छ अव मसंग केही छैन भनि चरनाम नाङ्गै भएर बयरको झाडी भित्र गएर कुक्रक्क परेर लुकेर बसे । बयरको झाडी भित्र पस्दा नाङ्गो शरीरमा बयरका काँडाले कोतरेर रगताम्मे भए । तर पनि लुकेर बसिरहे । उता शनि त्यही बाटो भएर कतै जाँदै थिए । झाडी भित्रका शिवले देखे र भने, ए शनि अव तिमिले मेरो के बिगार्छौ ? अव मसंग केही छैन भन्दै हँुकार गरे । हरे देवाधी देव शिवजी यहाँभन्दा अरु के हुनु पर्यो र हजुरलाई ? आफुसंग भएका सबै चिज फालेर नाङ्गै बुङ्गै रगताम्मे भएर बयरको झाडी भित्र लुकेर बसेका छौ । यहाँ भन्दा अरु के नै हुनुपर्यो र भन्दै शनि हाँस्दै बाटो लागे ।
त्यस्तै हाम्रा नेकपा एमाले नेता एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको चाला देखिँदै आएको छ । शिवजीको चाला र केपी ओलीलाई तुलना गर्दा उस्तै लाग्छ । केपी ओलीलाई पनि शनिले दुख दिएजस्तो छ । किनभने उनी जनताले चुनेर पठाएका दुई तिहाई बहुमतको कम्युनिष्ट सरकारका प्रधानमन्त्री थिए । राम्रो काम गर्दै गएका भए र अरुका पनि सुझाव सल्लाह लिएका भए, अनि अरुले दिएका राम्रा सुझाव सल्लाहा मानेका भए उनी पुरा अवधि सत्तामा रमाई रहने थिए । अर्को पटकलाई पनि कम्युनिष्टको हातमा सत्ता आउने संभावना बाँकी रहन्थ्यो । तर उनले आफु प्रधानमन्त्री भएका बेला जनपक्षिय काम भन्दा बढी उल्का उल्का काम गर्नमा समय बिताए । दुई तिहाई बहुमतको सरकाले धमाधम जनपक्षीय कानुन बनाएर लागु गर्दै जानुको सट्टा उनले दुई दुई पटक संसद नै बिघटन गरे । सात प्रदेशमध्ये छ ओटा प्रदेशमा एकलौटी बर्चस्व रहेको कम्युनिष्टको सरकार पनि गयो । मलाई लाग्छ अव सायद कम्युनिष्टको एकलौटी शासन कहिल्यै आउँदैन । जनताले धेरै शासन सत्ता हेरिसकेका छन् । कुनै सरकारले जनचाहनाका काम गर्न नसकेको अवस्थामा दुई तिहाई बहुमत भएको कम्युनिष्ट सरकारसंग जनताले निकै आशा र भरोसा गरेका थिए ।
आप्mनो बहुमतको सरकार भएको समयमा देश जनताको पक्षमा काम गर्दै गएको भए सत्ता टिक्ने थियो । तर उनले तत्काल गर्नुपर्ने काम नगरेर हावामा महल खडा गर्न थाले । कहिले समुद्र नभएको देशमा पानी जहाजका कुरा गरेर अफिस खडा गर्ने र कर्मचारी भर्ना गर्ने काम गरे । कहिले अयोध्या बनाउने र राम लक्ष्मणका मूर्ति राख्न लगाउने योजना गरे, कहिले पशुपतिमा सुनको झलरी चढाउने काम गरे । कहिले घर घरमा ग्यासका पाइप जडान गरिदिने गुड्डी हाँके । उनको समय जति बिपक्षीलाई गाली गर्नमा र आप्mना साथिहरुलाई गाली गर्दा र उखान टुक्का हाल्दा नै बित्यो । उनकै अकर्मण्यताले कम्युनिष्टको बहुमतको सरकार भताभुङ्ग भयो । सरकार भताभुङ्ग पारेर बालुवाटारको ऐसो आराम छाडेर, बालकोटमा खुम्चिन पुगे । अझै पनि उनको हुंकार बन्द भएको छैन । अव उनलाई जनताले किन भोट दिने ? भोट दिएर जिताएर बहुमतको सरकार चलाउन नसक्ने र संसद बिघटन गरिदिनेलाई के देखेर भोट दिने । प्रतिपक्षमा बस्न पुग्ने मत दिएर पठाए पनि संसद चल्नै दिँदैनन् । यसो भएपछि जनताले उनलाई किन मत दिएर आप्mनो मत खेर फाल्ने ? यो मेरो सानो दिमाग अहिले सोंचमग्न भएको छ ।