ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

पर्यटकलाई ओत छैन्

१३ श्रावण २०७५, आईतवार
१३ श्रावण २०७५, आईतवार

रामग्राम स्तुृपमा पर्यटकका लागि घाम पानीको बेला आश्रय लिईने एउटा टहरा समेत नहुदा देशी विदेशी पर्यटकलाई सास्ती भोग्न बाध्य छन् । गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप क्षेत्र विकासका लागि रामग्राम नगरपालिकाले डेढ करोड लागतको रामग्राम प्लाजा र लुम्बिनी विकास कोषले करोडौ लगानी गर्ने सपना देखाए पनि हालसम्म एउटा ओत लिईने टहरा बनाएको छैन् ।
बसबाट आउने विदेशी पर्यटक पानी पर्ने बेला बस मै लुक्नु पर्ने अवस्था देखिएको छ । रामग्राम स्तुपलाई पर्यटकिय गन्तब्य बनाउने र ठाँउ ठाँउमा भाषण होक्ने कोषका पदाधिकारी हुन वा नगरपालिकाका जनप्रतिनिधीहरु पर्यटक भित्रयाउने कुरा त गर्छन,तर आउने पर्यटकलाई बस्ने बास,घाम पानीको बेला आश्रय लिईने समान्य एक टहरा बनाउन नसक्नु लज्जा स्पद भएको स्थानियबासीले बताएका छन् । पर्यटन उद्योगको वकालत गर्ने उद्योग बाणिज्य संघले समेत पर्यटकका लागि काम गरेको देखिएको छैन् । नवलपरासीमा आउने देशी विदेशी भिआईपी हुन वा पर्यटक सबैले रामग्राम स्तुप देखाउने र विकासका कुरा गर्ने गरे पनि आधार भुत पुर्वाधारका लागि अस्थाई संरचना समेत बनाउन नसक्दा आउने पर्यटक केही छडमै फर्कने गरेका छन् ।
ऐतिहासिक,पुरातात्विक र अध्यात्मिक महत्व बोकेको स्तुप नजिकै ध्यान बस्ने ध्यानी साधकका लागि सुरक्षित स्थान पनि बनाइएको छैन् । पर्यटकका लागि पुर्वाधार बनाउन त परै जाओस तिन बर्ष पहिला खानेपानी तथा सरसफाई डिभिजनले पर्यटकका लागि सार्वजनिक सौचालय बनाउन खोज्दा समेत कोषका अवरोध खडा गरिएको थियो । तर स्थानियको दवावमा झरही खोला किनारमा मात्र सौचालय बनाइएको थियो । जुन सौचालय अहिले पनि पर्यटकका लागि अपायक जस्तै छ । रामग्राम स्तुपकै नामले रामग्राम नगरपालिकाको बनेको दुई दशक भयो,तर नगरपालिकाको लगानी पनि सुन्य नै रहेको छ । विगत बर्षमा बुद्ध जयन्ती मनाउनका लागि रामग्राम नगरपालिकाले २५ हजार रकम विनियोजन गर्दै आएकोमा जनप्रतिनिधि निर्वाचित भए पछि सो रकम पनि कटौती गरेको रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्थाका अध्यक्ष सम्भु उपाध्यायले बताए ।
उनका अनुसार स्तुपको अवलोकन भ्रमण राष्ट्रपति विद्या भण्डारी,उपराष्ट्रपति,पुर्वप्रधानमन्त्री,अर्थमन्त्री लगायतका भिआईपिहरु समेतले आएको बेला विकास र संरक्षण प्रति चाँसो देखाएका थिए । तर फर्के पछि सबैले विर्सन गरेको गुनासो उपाध्यायको छ । लुम्बिनी विकास कोषले काम नगरेको भन्दै संस्थाकै अगुवाईमा छुट्टै रामग्राम विकास कोष बनाउने माग राखेर हस्ताक्षर अभियान चलाईयो । हस्ताक्षर गर्ने पहिलो ब्यतिm नै रामग्राम नगरपालिकाका मेयर नरेन्द्र कुमार गुप्ताले हस्ताक्षर गरि ऐक्यबद्धता जनाए । त्यो देखेर लुम्बिनी विकास कोषले रामग्राममा विकासका लागि दुई करोड बजेट बिनियोजन गरिएको नाटक गर्यो,जस्ले मेयर गुप्ता लगायत अन्य ब्यतिmले अब कोषद्धारा काम हुने विश्वास ब्यतm गर्न थाले तर अहिले पुनः सो रकम फ्रिज गराएर कोषले मुर्ख बनाएको छ ।
मेयर गुप्ता त कोषको लहलहैमा लागेर रामग्राम स्तुपमा बुद्धजयन्ती नै एक दिन पहिला नै मनाएर बुद्धपुर्णिमाको दिन लुम्बिनी पुगे तर स्थानियबासी आफ्नै सक्रियतामा पुर्णिमाको दिन नै बुद्धजयन्ती मनाएका थिए । मेयर गुप्तालाई फकाउन कोषले दुई लाख रकम पनि उपलब्ध गराएको थियो,त्यसमा नगरपालिकाले कति थपेर बुद्धजयन्तीको नाममा खर्च गरेको छ,त्यो त नगरपालिकालाई नै थाहा होला, संस्थाका अध्यक्ष उपाध्यायले भने, रामग्राम क्षेत्रको संरक्षण र विकासका लागि प्रदेश सरकार र संघिय सरकारबाट सहयोग हुने त आश नै देखिएको छैन्,स्थानिय सरकारको रुपमा रहेको रामग्राम नगरपालिका पनि कोषकै मतियार भएको छ ।
कुरा ठूला ठूला गर्ने तर काम गराईमा माखो पनि मार्न नसक्ने नगरपालिकाबाट के आश गर्ने ? पर्यटकलाई सास्ती भोग्न परेको स्वीकार गर्दै उनले पर्यटकलाई एक छिन ओत दिनका लागि भए पनि अब चन्दा उठाएर एउटा टहरा बनाउने सोच रहेको उपाध्यायको भनाई छ । पहिला त बस्ने ठाँउ पनि थिएन्,उनले थपे,गत बर्ष जिल्ला समन्वय समितिका समन्वय अधिकारी युवराज कट्टेलले पक्कि कुर्सि राखिएर दिएर केही राहत भएको छ । त्यसै गरि खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले एउटा सार्वजनिक सौचालय बनाइ दिएको छ । नेपाली सेनाले एउटा स्नानगृह बनाई दिएको छ । त्यसबाहेक कसैले केही नगरेको उपाध्यायले जनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?