ट्रेंडिंग:

>> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई

पति लिन हिँडेकी युवती

११ मंसिर २०७८, शनिबार
११ मंसिर २०७८, शनिबार

जनसंख्याको ठूलो हिस्साले आशालु नजरले हेरिहेको थियो । तर हेर्दा हेर्दै एउटा ‘कम्युनिष्ट पार्टी’ को हँसिया र घनवाला झण्डा मजदुर–किसान र अन्तिम किनारको उपेक्षित दुखियाहरुको हातबाट गैंडाको अघिल्लो खुट्टामा पुग्यो । यता एकसिंगे गैडा मखमेल भएर प्रसन्न मुद्रामा पछिल्ला दुई खुट्टामा उभिएको छ, उता दुखिया जनहरु बढ्दो महंगी, बेरोजगारी र ‘भ्रष्ट–सुशासन’ले बोकाएको भारी बोक्न नसकेर चौपाया बनेर घिस्रिरहेका छन् । यता भुँइको मानिस दुःखले थिलोथिलो भएर ‘ऐया’ र ‘आत्थो’ गरिरहेछ, उता नवधनाढ्य भुइँफुट्टाहरु, हत्याराहरु र मेडिकल माफियाहरु ‘नेता’को देवत्वकरणमा आल्हादित् हुँदै ‘आहा’ र ‘गजाब’ भनिरहेछन् ।

अघिल्लो महिना चाडबाडको महिना थियो । तैपनि २०७८ कार्तिक महिनामा मात्रै ५४ हजार ९ सय १८ नेपालीहरुले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको खबर आएको छ । यो हिसाबले वर्र्ष दिनमा ६ लाख जोरभन्दा बढी युवा पाखुरीहरु विदेशको श्रम गन्तव्यमा बाहिरिएको छ । ६ लाख जोरभन्दा बढी युवा पैतालाहरु विदेशको श्रम गन्तव्यमा हिँडिरहेको छ ।

उता खाडीमा लाखौं युवाहरुले रगत पसिना बगाइरहेका छन् । दुखजिलो गरी तिनको घरबार चलेको छ । तिनकै कमाई आइरहेको छ र अर्थतन्त्रको ढुकढुकी चलेको छ । सरकारहरु चलेका छन् । तर पनि कमाउनेहरुको जीवन सुखतिर फर्किन सकेको छैन । तिनको दुःख उही छ । पीडा र वियोग उही छ । नियति उही छ । किनभने राज्यसत्तामा हालीमुहाली गर्ने शासकहरुको नियत उही छ । राज्यको अकर्मण्यता उही छ । तिनका कमाइको अंशबाट दलाल पूँजीपति र नवधनाढ्य साहुहरुले बोनस खाइरहेका छन् ।

राजनीति बिग्रियो भने सबै बिग्रन्छ भन्ने भनाई सस्तो राजनीतिक र गह्रुंगो दार्शनिक भाष्य होइन । यो एक व्यवहारिक सत्य हो । राजनीति बिग्रियो भने राजनीतिक दल जागरुक कार्यकर्ता र सचेत जन समूहबाट टाढा पुग्छ । र, भीडमा जान्छ । जनताको माया र भरोसामा होइन, भीडको राजनीतिमा विश्वास गर्न थाल्छ । । भीडलाई शक्ति ठान्ने र भीडको भावावेशलाई नै भविष्य मान्ने नेतृत्व मानौं विवेकून्य हुन पुग्छ । राजनीति भीड जम्मा गर्दागर्दै भाँडमा जान्छ ।

असिमित युवा ताकत मुगलान भासिएको छ । सिर्जना र निर्माणका बलिया खम्बाहरु निराशाको गर्तमा डुबेर मध्यरातबाट राहदानीको लाइनमा उभिएको उभियै छन् । लाखौं युवाहरुको लर्को उता खाडी पसिरहेछ । यता छट्टु र क्रूर नेतृत्व भने आफ्ना कलुषित अहङ्कार तुष्टिका लागि प्रयोजनविहीन लाखौंको भीड जम्मा गर्दछ । लाखौं श्रमिक दिन (म्यान–डे) लाई नदीको प्रवाहसँगै बगाएर बर्बाद गर्दछ ।

नारायणी नदी किनारमा नेपालको सबैभन्दा ठूलो दल नेपाल कम्युनिष्ट पार्टी एमालेको महाधिवेशनको भव्य उद्घाटन भएको छ । ४५ लाख लागतमा एक हजार वटा फलामे पिलरयुक्त, ७२ जना कलाकारले एकैसाथ प्रस्तुति दिन र तीन सय जना बस्न सक्ने, ‘नेपालकै ठूलो’, ब्रायन एडम्सको कन्सर्टको मञ्चभन्दा पनि झकिझकाउ उद्घाटन मञ्च ५० जना श्रमिकले लगातार ५ दिन काम गरेर बनाएको भनिएको छ । त्यो भनेको २ सय ५० श्रमिक–दिन हो । २ सय ५० श्रमिक दिनले वालुवामाथि त्यत्रो संरचना निर्माण गर्न सकिदो रहेछ भने ५ लाख श्रमिक–दिनले कतिवटा स्कूल बनाउन सकिदो हो ? कतिवटा स्वास्थ्य चौकी बनाउन सकिदो हो ? कति किलोमिटर सडक बनाउन सकिदो हो ? कतिवटा उद्योग बनाउन सकिंदो हो ?

अनि मञ्चमा खर्च भएको ४५ लाख रुपैंयाँमा नदेखिएर खर्च भएको करोडौं जोड्दा शहीद परिवारका कति नानीहरुको पढाईलाई भरथेग हुँदो हो ? हटाउन बाँकी कतिवटा तुइन हटाएर झोलुंगे पुल राख्न सकिदो हो ? भोकले छटपपटाइरहेको कर्णालीको सुदूर गाउँहरुमा कति बोरा खाद्यान्न पठाउन सकिदों हो ? झाडापखालाले ग्रस्त गाउँहरुमा कति वटा खानेपानीको धारा जोड्न सकिदों हो ? कति पत्ता सिटामोल र कति प्याकेट जीवनजल किन्न सकिदो हो ?
भीडको राजनीतिलाई यस्ता प्रश्नहरुसँग एलर्जी छ । यस्ता प्रश्न सुन्दैन । के गर्छ ? बेरोजगार, विवश र उदास युवाहरुलाई राजनीतिका नाममा व्यक्तिको होर्डिङ बोर्ड बोक्ने भरिया बनाउँछ । सर्वत्र निराशा बाहेक केही नदेखेको बिचरा थकित गलित युवा के गर्छ ? केही भइ पो हाल्ला कि ? केही पाइ पो हालिन्छ कि ? सत्ता र शक्तिको नजरमा परि पो हालिन्छ कि ? भनेर सकेको जोडले नेताको भाषणमा ताली ठोक्छ । नेताको जिन्दावाद गाउँछ । क्रान्तिको झण्डा खोसिएपछि हातमा थमाइएका ठूलाठूला माला नेताको घाटीमा लगाइदिन्छ ।

नेतृत्व यही हो जो ‘युवा भनेका देशका खम्बा हुन्’ भनेर कहिल्यै थाक्दैन तर युवाहरुलाई कहिल्यै अघि बढ्ने बाटो दिंदैन । नेतृत्व यही हो जो युवाशक्तिको महिमा वाचन गरेर कहिल्यै थाक्दैन तर त्यो शक्तिलाई राष्ट्रनिर्माणमा लगाउने कुनै नीति र योजना ल्याउँदैन । समृद्धिको खोक्रो सपना देखाउँछ तर तिनलाई रोजगारी दिन सक्दैन । बरु बेरोजगारी र गरीबीेले आहात भएर प्रियजनका लागि माना, छाना र नानाको जोहो गर्न रुँदैरुँदै विदेशिन बाध्य लाखौं युवाहरुको बहिर्गमन भावशशून्य भएर हेरिरहन्छ ।

दैनिक सरदर तीनवटा कफिन झर्छ काठमाण्डौमा । र, ती कफिनहरुभित्र खाडी वा मलेशियाबाट पठाइएका नेपाली युवाको पार्थिव शरीर हुन्छ । या तिनको अस्तु खरानी हुन्छ । जाँदा आफू रुँदैरुँदै गएको अभागी फर्केर आउँदा प्रियजनहरुलाई रुवाउँदै रुवाउँदै आउँछ ।

कफिनमा बन्द भएर काठमाण्डौ आइरहेको पतिलाई लिन हिंडेकी क्लान्त युवतीका आँखाबाट अविरल रुपमा नारायणी बगिरहेको छ । आफ्नै आँखाको नारायणी छिचोलेर पर बगिरहेको नारायणी हेर्दाहेर्दै उसलाई लागिरहेको छ–नारायणीमा बगिरहेको त्यो पानी होइन । त्यो उसको चुरा, पोते र सिन्दुर हो । त्यो उसको सपना हो । त्यो उसका नानीहरुको भाग्य र भविष्य हो ।

उसको पति केही घण्टामा काठमाण्डौ आइपुग्नेछ । कफिनमा बन्द भएरै सही, वर्षौपछि उसको पति आएको छ । उसका नानीहरुको बाबा आएको छ ।

ऊ आफ्नो पतिलाई छिटोभन्दा छिटो भेट्न चाहन्छे । अंगालो हालेर रुन चाहन्छे । मौनतामै सही आफ्नो दुःख र माया देखाउन चाहन्छे । छातीभित्र तृष्णाको असिमित आयतन देखाउन चाहन्छे ।

तर जाम छ लामो छ । घण्टौंदेखि बस रोकिएको रोकियै छ । युवतीलाई आफ्नो सास पनि रोकिएजस्तो भइरहेको छ ।
नजिकै देशको सबैभन्दा ठूलो राजनीतिक पार्टीको महाधिवेशन चलिरहेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission