ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

सन्दर्भः ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस

२४ फाल्गुन २०८१, शनिबार
२४ फाल्गुन २०८१, शनिबार

आज फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवस परेको छ । प्रत्येक बर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवस भनेर मनाउने गरिन्छ । हाम्रो मुलुकमा होस वा अन्य देशमा बिभिन्न किसिमका दिवस मनाउने गरिन्छ । धेरैखाले दिवसभन्दा फरक प्रकृतिको यो दिवसको छुट्टै महत्व रहेको छ । महत्व यो मानेमा हो कि विश्वमा आधा भन्दा धेरै जनसंख्या ओगटेका महिलाका निम्ति यो एउटा पर्व जस्तै बन्दै आएको छ । आजको दिन महिला दिवसका रूपमा मनाइरहँंदा महिलाका बर्षभरिका पीडा र व्यथाहरू पोख्ने पनि गरिन्छ तर दिनभर कमाएर सांँझको छाक टार्ने महिलाहरूका निम्ति यो दिवसले खासै अर्थ राखेको देखिंँदैन । उनीहरूलाई त यो दिवसका बारेमा थाहा पनि हुंदैन । जेहोस महिला दिवस भनेर संसारभरका महिलाले एकैदिन यो दिवस मनाउनु पनि महिलाहरूको ठूलो सम्मान भएको मान्नुपर्छ । आजको दिन महिलाहरूले आफ्नो सफलता प्राप्त गरेको दिन सम्झेर उत्सव मनाउने गर्छन । आजको दिनमा महिला दिवस मनाउदै गर्दा अन्र्तराष्ट्रिय रूपमा यो दिवस किन र कहिलेदेखि मनाउन लागियो भनेर थोरै इतिहास तिर फर्किनु पर्नेहुन्छ । समाजवादी महिला संघकी क्लाराजेटकिनले डेनमार्कको राजधानी कोपनहेगनमा महिलाको संघर्षशील परम्परालाई स्मरणीय बनाउन १९१० मा भएको अन्र्तराष्ट्रिय सम्मेलनमा सन. १९११ देखि विश्वभरी श्रमिक महिला दिवस मनाउने प्रस्ताव पेस गरिन र सो प्रस्तावलाई सम्मेलनले सर्वसम्मतीबाट पारित गरेपछि क्रमशः हरेक बर्ष ८ मार्चको दिन श्रमिक महिला दिवस मनाउने परम्पराले निरन्तरता पाउंँदै आएको छ । हाम्रो देशमा धेरैपछि २०४६ सालदेखि कहिले नारी दिवस, कहिले महिला दिवसका नामले यो दिवस मनाउन लागिएको छ ।अन्तर्राष्ट्रिय रूपमा महिला दिवस मनाउन लागेको ११५ बर्ष भएको छ । खासमा यसको सुरुवात श्रमिक महिला दिवस भनेर मनाउन लागेको इतिहासमा पढ्न सकिन्छ । सुरुवात तिर युरोप तथा अमेरिका जस्ता देशमा कलकारखानामा काम गर्ने महिला र पुरुषबीच भएको ज्यालाको असमानता अनि काम गर्ने समयको निर्धारण महिला र पुरुषमा फरक हुनु आदी जस्ता बिषय उठाएर गरिएको बिरोध ¥याली र संघर्षले जुन दिन महिलाको आवाज वुलन्द भएको थियो, त्यसै दिनलाई स्मरण गर्दै यो दिवस मनाइन्छ । हजारौं महिलाको एकमुष्ठ आवाज र संघर्षले उनीहरूको माग पूरा गर्न सफल भएका थिए । उनीहरूको निडर आत्मबल देखेर त्यहांँको शासक झुकेको थियो । सो दिनलाई पर्वका रूपमा लिएर यो दिवश मनाउंँदै आएको पनि अहिले ११५ बर्ष पुगेको पढन पाइन्छ ।

११५ बर्ष पहिले नै महिलाले यो आवाज उठाउनु ठूलो कुरा थियो । जतिखेर नेपाली महिलालाई पतिको मृत्यु हुनासाथ श्रीमतीलाई पनि पतीको लाससंँगै चितामा जलाउने डरलाग्दो चलन थियो । श्रीमती संँगै जल्न नमाने जबरजस्ती चितामा राखिन्थ्यो र ढुंगाले हानेर पनि मार्ने चलन थियो । त्यतिबेला नेपाली महिलाले यस्तो अवस्था भोगिरहेको बेलामा बिभिन्न देशका महिला भने आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग राखेर सडकमा उत्रिएका थिए । आफु माथिको अन्याय अत्याचार, थिचोमिचोको बिरोधस्वरूप आवाज बुलन्द गरेर सडकमा उत्रिनु जुनसुकै देशका महिलाका निम्ति ठूलो कुरा थियो । जेहोस एघारौं दशक पहिले यो हिम्मत बोकेर लडेका महिलालाई सलोट गर्नुपर्छ । अहिले नेपाली महिला जिउंँदै जल्नुपर्दैन । योगमाया जस्ता महिलाको संघर्षले महिलालाई जिउंँदै जल्नबाट मुक्ती दिलाएको छ । तर, यहांँका महिला अहिले पनि धेरै कुराहरूमा समानताको अबस्थामा पुग्न सकेका छैनन् । २००७ सालको राणा शासन फाल्न पुरुष नेतासंँगै सडकमा उत्रेका मंगलादेवी सिंह, शैलजा आचार्य र सहाना प्रधान जस्ता नेतालाई आजको दिनमा सम्झिनुपर्छ । २०४६ सालको आन्दोलनदेखि २०६२, ६३ को जनआन्दोलन सफल पार्न थुप्रै महिलाहरूको महत्वपूर्ण भुमिका रहेको छ । यो मात्र नभएर जनआन्दोलनमा होमिएका कति महिला सहिद बनेका छन र कति महिला अहिले पनि घाइते अबस्थामा छन । मुलुकको परिवर्तनको लागी लडेका महिला घाइते भएर ढल्दा पनि राज्यले कुनै मतलव दिएको छैन । यस्का निम्ति अहिलेपनि महिलाहरू फेरी लडनु पर्ने अवस्था छ ।

मुलुकको परिवर्तनको खातिर महिलाहरू जहिलेपनि सडकमा उत्रिएकै छन् । चुनाबी प्रचारहरूमा सबैभन्दा अगाडी महिलानै हिंडने गरेका छन् । हरेक आन्दोलनमा ढुंगामुढा गर्ने र खाने पनि महिला नै हुन्छन तर पद ओगटने र फाइदा लिने बेलामा भने पुरुष नै अगाडी हुने गरेका छन् । अहिले पनि हरेक क्षेत्रमा महिलालाई प्रयोग मात्र गरिन्छ । पद दिने बेलामा र मन्चमा आशन ग्रहणमा पुरुषनै पर्ने गरेका छन् । यी कुरा गरिरहंँदा पुरुषलाई दोष लगाउन खोजेको होइन् । महिला भनेका आरक्षणमा मात्र सिमीत हुनुपर्छ भन्ने मान्यता अहिले पनि रहेको छ । हुन त महिला आफ्नो आचरणले पनि पछि परेका छन् । आंँट नगर्ने, डराउने, सिक्न नखोज्ने जस्ता बानीले पनि महिलालाई पछाडि धकेलेको छ । अन्तरपार्टी महिला संजालको लामो सघर्षले महिला सहभागितालाई ३३ प्रतिशतमा पु¥याएको छ । जसले गर्दा केही महिलाहरू स्थानीय निकाय, प्रदेश शभा र प्रतिनिधी सभामा भाग लिन पुगेका छन । महिलालाई उच्च स्थान दिन कन्जुस्याई गरेपनि महिलाको प्रतिनिधित्व हरेक क्षेत्रमा हुने गरेको छ । वास्तवमा महिलाहरू हरेक क्षेत्रमा पुरुष बराबर काम कर्तव्यमा अगाडी बढेका छन् । यो सबै भएपनि निर्णायक र नेतृत्व तहमा महिलाको सहभागिता बढ्न सकेको छैन् । अहिलेपनि महिला कमजोर हुन्छन, गर्न सक्दैनन भन्ने जस्ता सोंचाइमा परिवर्तन हुन सकिराखेको छैन । अहिलेपनि महिलालाई शंका उपशंका गर्ने र कुदृष्टि लगाउने तथा विश्वास नगर्ने जस्ता ब्यवहारमा परिवर्तन आउन सकेको छैन् । आज हामी ११५ औं महिला दिवस मनाउदै गर्दा बिशेषगरि श्रमिक महिलाहरूलाई समेटनु पर्छ । हुन त दिनभर गिट्टी कुटेर सांझको छाक टार्ने श्रमिक महिलालाई यो दिवसको बारेमा अत्तोपत्तो छैन । यथार्थमा भन्दा ज्यालादारी काम गर्ने महिला श्रमिक अहिलेपनि पुरुष ज्यामी बराबर ज्याला पाउन सकेका छैनन् । यसको बारेमा आवाज उठाउन खोजे जस्तो गर्ने बिभिन्न दलका टे«ड युनियन संचालकहरू भाषणमै सीमित छन् । युनियन भित्रका महिलान ै कानमा तेल हालेर बसेको अवस्था छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउदै गर्दा हुने खाने र एनजीओ, आइएनजिओबाट बजेट मेसो पारेका महिलाहरूको हातमा यो दिवस पुगेको छ । वास्तविक पीडित श्रमिक महिलाहरूले आवाज बुलन्द गर्न सकिराखेका छैनन् । त्यो मात्र होइन, पीडित महिलाहरूलाई कहाँं गएर न्याय पाइन्छ भन्ने सम्म थाहा छैन । महिला दिवस वास्तवमा महिला आफूले भोगेका पिडा पोख्ने भन्दा अरूका सुनाउने दिन भएको छ । आगामी दिनहरूमा पीडित महिलाहरूले न्याय पाएका कुराहरू महिला दिवस मनाउंदै गर्दा सुन्न पाइयोस । यही कामना ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?