ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

एमाले महाधिवेशनपछिका अवसर र चुनौतिहरु

१० मंसिर २०७८, शुक्रबार
१० मंसिर २०७८, शुक्रबार

नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन भोलिदेखि चितवनमा हुँदैछ । महाधिवेशनले नेकपा (एमाले)का अध्यक्ष, पूर्वप्रधानमन्त्री तथा राजनेता केपी शर्मा ओलीलाई नै अध्यक्ष चुन्ने निश्चितप्रायः भएपनि अन्य पदाधिकारीहरुमा को आउनुहुन्छ भन्ने तस्बिर प्रष्ट भैसकेको छैन ।

सबै पदाधिकारीहरुमा सहमतिकबे आधारमा नेतृत्व चयन गर्ने कोसिस गरिएपनि त्यो सम्भव भने देखिँदैन भन्ने कुरा अध्यक्ष ओलीले चुनावबाट जसले श्रेष्ठता हासिल गर्छ, उही वरिष्ठ उपाध्यक्ष र महासचिव बन्ने भनी गर्नुभएको टिप्पणीले पुष्टि गर्दछ । यो सेरोफेरोमा नेकपा (एमाले)को महाधिवेशनपछि चुनौती र अवसरहरु दुबै देखिएका छन ।

अवसर भर्सेस चुनौती– १
नेकपा (एमाले)ले ठूलो अवसर र चुनौतीका सामू महाधिवेशन गर्दैछ । झण्डै दुईतिहाईको सरकारबाट देशी–विदेशीहरुको षडयन्त्र र सेटिङमा बाहिरिएपछि नेकपा एमालेसंग पार्टी तथा संगठन निर्माण गर्ने अवसर आयो ।

देशैभर एकसाथ वडा अधिवेशन सम्पन्न गर्नेदेखि एकैसाथ सर्वसम्मतरुपमा महाधिवेशन प्रतिनिधि छनोटसम्मका कामहरु सजिलै सम्पन्न भए । नेकपा एकतापछि लगभग प्यारालाइज अवस्थामा रहेको सांगठानिक गतिविधिले पुनर्जीवन पाएपछि आमनेता कार्यकर्तामा आशाको संचार प्रबाह भएको देखिन्छ ।

पार्टीमा नयाँ उत्साह र उमंगको अवस्था सृजना भएको छ । पार्टी तथा सांगठानिक गतिविधिहरुमा लाग्न पाउँदा लाखौं नेता कार्यकर्तामा विचार मन्थन गर्ने, अध्ययन र बहस गर्ने कुराले उनीहरुमा अध्ययनको बानीको विकास भएको छ ।
‘समृद्द नेपाल, सुखी नेपाली’को मूल लक्ष्य प्राप्तिका लागि महाधिवेशनको अवसर पारेर देशैभर अभियान थाल्दा जनतामा समेत देश बनाउने पार्टी एमाले नै हो भन्ने विश्वास थप मजबुत बनेको छ । यसरी सरकारबाट बाहिरिएपछि संगठन निर्माणको सिलसिला तीव्र बन्नुलाई पहिलो अवसरको रुपमा लिन सकिन्छ ।

संगसंगै चुनौती पनि नभएको होइन । नेकपा एमाले अत्यन्तै बलियो जनाधार भएको र नेता कार्यकर्ताले भरिपूर्ण पार्टी हो । यहाँ पद कम र नेता धेरै भएकोले नेताहरुको उचित व्यवस्थापन पहिलो चुनौती हुन सक्छ ।

पार्टीको वरिष्ठ उपाध्यक्ष, महासचिव, उप–महासचिव र सचिव गरेर १५ कार्यकारीणी पद रहेको भए पनि एक से एक काबिल नेताहरु हुनुभएकोले उहाँहरुको उचित व्यवस्थापन मुख्य चुनौतीको रुपमा देखा पर्न सक्छ ।

जिम्मेवारी पाउनेहरु उत्साहित हुने र नपाउनेहरुमा निराशा पैदा हुने हुनसक्छ । त्यस्तै पार्टीको पदाधिकारीहरुमा समान ढंगको भौगोलिक प्रतिनिधित्वको विषय पनि त्यतिकै पेचिलो बनेको छ ।

अवसर भर्सेस चुनौती– २
नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनपश्चात सिंगो पार्टी नयाँ शक्ति, आशा, विश्वास र रक्तसंचारका साथ अघि बढ्नेछ । नेकपा कालमा जस्तो नेतृत्वमाथि ‘कु’को प्रयास गर्ने प्रचण्ड र माधव नेपाल प्रवृत्ति पार्टीमा रहने छैन ।

अनेक बखेडा झिक्ने, नेतृत्वलाई काम गर्न नदिने, घेराबन्दी गर्ने र पार्टी कामलाई प्यारालाइज गर्ने खालका गुटहरु अबका दिनमा रहने छैनन् । त्यसो भयो भने पार्टी नयाँ रफ्तारमा अघि बढ्ने र आगामी निर्वाचनमा एकल बहुमतका साथ पुनः सरकारमा गएर पूरा अवधि काम गरी राष्ट्र समृद्द बनाउने अवसर एमालेका सामू छ ।

उक्त सुन्दर अवसरलाई चिनेर आम पार्टी पंक्ति अघि बढ्न सक्यो भने पार्टीले राम्रो परिणाम ल्याउनेछ ।

तर यसैसँग चुनौती नभएका भने होइनन् । विशेषगरी महाधिवेशनपश्चात पनि बाँकी रहने साना समूहबीचको अन्तरसंघर्ष कायमै रहनेछ । महाधिवेशनमा विभिन्न पदमा चुनाव लड्ने र पराजय हुने व्यक्ति समूहमा पैदा हुने मनोविज्ञानले पार्टीमा असर पुर्याउन सक्छ ।

नेकपाकालीन माओवादीको एउटा समूह एमालेमा रहेकै छ, त्यो समूहको व्यवस्थापन पनि उत्तिकै महत्वपूर्ण छ । विशेषगरी पार्टीको एघारौँ महाधिवेशनमा नेतृत्वमा पुग्ने क्षमता हुनुभएका धेरै नेताहरु हुनुहुन्छ, जसले दशौँ महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष र महासचिवमा उम्मेदवारी दिने सम्भावना देखिन्छ । तर निर्वाचित हुने त यी दुवै पदमा एक–एक जना मात्रै हो । अन्य आकांक्षी नेताहरुले नेतृत्वलाई निशर्त रुपमा सघाउने र साँच्चै नै एमालेलाई देशकै अब्बल कम्युनिष्ट पार्टीको रुपमा स्थापित गर्न योगदान गर्नुपर्ने आवश्यकता छ ।

अवसर भर्सेस चुनौती– ३
दशौँ राष्ट्रिय महाधिवेशनमा झण्डै साठी देशका कम्युनिष्ट पार्टीका प्रतिनिधिलाई अतिथिको रुपमा आमन्त्रण गरिएको छ । प्रजातान्त्रिक पद्दतिको चुनावबाट झन्डै दुई–तिहाईको सरकार संचालन गरेको कम्युनिष्ट पार्टी विश्व कम्युनिष्ट इतिहासमा दुर्लभ छ ।

नेपालको विशिष्ट हावापानीमा नेपाली विशेषताको कम्युनिष्ट आन्दोलन र उक्त आन्दोलनलाई सही नेतृत्व दिने नेकपा (एमाले)को ऐतिहासिक दशौँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन विश्वका कयौं कम्युनिष्ट पार्टीका नेताहरु नेपाल आउने छन् ।

उनीहरुले नेपाल जस्तो संवेदनशील भूराजनीति भएको देशमा कसरी कम्युनिष्ट आन्दोलन सशक्त बन्यो र झण्डै दुई–तिहाईको सरकार संचालन गर्यो भन्ने कुरा आफ्नै आँखाले देख्ने छन् । र आ–आफ्नो देशमा गएर यसको प्रचार गर्नेछन् ।
नेपालको कम्युनिष्ट आन्दोलनलाई अन्तर्राष्ट्रियकरण गर्ने यो एउटा सुनौलो अवसर नेकपा (एमाले)ले पाएको छ । यसबाट एमालेको अन्तर्राष्ट्रिय सम्बन्ध थप घनीभूत बन्ने छ । साथै विरोधी पक्षद्वारा नेकपा (एमाले)माथि लगाइएका कतिपय आरोपहरुको अन्तर्राष्ट्रिय मित्रहरुको बीचमा चिरफार गर्नेसमेत अवसर प्राप्त हुनेछ ।

यससँग जोडिएका चुनौती पनि छन् । तत्कालीन नेकपाको दुईतिहाईको सरकारलाई घेराबन्दी गर्ने, विदेशी शक्तिकेन्द्रको प्रयोग र सेटिङमा सर्वोच्च अदालतबाट परमादेश जारी गराएर लोकप्रिय सरकार गिराउने कार्यमा प्रयोग भएका राष्ट्रिय–अन्तर्राष्ट्रिय शक्तिहरुको जालो तोड्ने कार्य एमालेको लागि चुनौतीपूर्ण छ ।

आउँदो चुनावमा पाँच दलबीच सहकार्य गरेर एमालेलाई समाप्त पार्ने विरोधिहरुको रणनीति समाप्त पार्ने अर्को एउटा अवसरसँगै चुनौती पनि छँदैछ । यी यावत अवसर र चुनौतीबीचमा रहेको एमाले महाधिवेशन पछि थप बलशाली बनेर आउने निश्चित छ । तर यसको लागि सबै भुगोलबाट समान अवसर र प्रतिनिधित्वले ठूलो अर्थ राख्दछ ।

समग्रमा नेकपा (एमाले) दशौँ महाधिवेशनपश्चात थप सशक्त, घनीभूतसँगै जनताको आशा र भरोशाको केन्द्रको रुपमा स्थापित गर्ने गरी पार्टी नेतृत्व चयन होस् भन्ने आम मनोविज्ञान छ । केपी शर्मा ओलीज्यूको नेतृत्वमा नेकपा (एमाले)को कार्यनीतिक सिद्दान्तको रक्षा, थप विकास र प्रयोगमा अब्बल समूह नेतृत्वमा पुगोस् भन्ने पार्टी कार्यकर्ताको माग छ ।

वैचारिक, सांगठानिक र सैद्दान्तिक रुपमा अब्बल तथा निष्कलंक नेताहरु पार्टी हाँक्ने तहमा पुग्नुपर्ने कुरा नै सबैभन्दा आवश्यक छ । साथै नेकपा (एमाले) ले देशको सबै भूगोल, प्रवास, युवा, महिला, जनजाति, पिछडा वर्गलगायत सम्पूर्ण समुदायको प्रेरणामूलक र अर्थपूर्ण प्रतिनिधित्व तथा सहभागिताको सुनिश्चिता गरियो भने नेकपा (एमाले) फेरि पनि नयाँ जोश र उमंगका साथ देश समृद्ध बनाउने पहिलो तथा शक्तिशाली दलको रुपमा उदय हुने कुरालाई कसैले रोक्ने छैन ।
(लेखक शाह कर्णाली प्रदेश एमाले संसदीय दलका प्रमुख सचेतक हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission