© २०२३
सधै झै यो बर्ष पनि तीजको रमझम आइरहेको छ । युटुवमा बजेका गीतहरु हरेकका मोवाइलबाट घरघरमा पुगेका छन् । तीजको गीतसंगै नाचगान र दर खाने पनि महिनौँ दिन अगाडिदेखि चलिरहेको छ । कोभिड १९ ले रन्थनिएको समाज तीजका गीतमा फुक्काजस्तै देखिएका छन् । तीजलाई व्याख्या गर्ने आआप्mना शैलीहरु छन् । धार्मिक हिसावले तीज महिलाले बर्त गर्ने आप्mना पतिको दीर्घायूको कामनाको लागि गर्दछन् भन्दछन् । यसले गर्दा पनि तीजमा पतिको कामना छोरी चेलीले गरिरहँदा ज्वाँइहरुको महत्व बढ्ने कुरा सामान्यजस्तै हुन थालेको छ । त्यसैले तीज महिलाको होइन पुरुषको हो कि भन्ने पनि गर्दछन् तर मन नपरेको श्रीमानको दीर्घायूको कामना कुन श्रीमतीले गर्दा हुन् र !
छोरीको रजास्वला नहुँदै बिबाह गरिदिएमा धर्म हुने, छोरीको सन्तान नहुँदै उनको घरमा बाबु आमाले पानी नखाने, कन्यादान गरीदिने र छोरीको गोत्र र थरसमेत बदलीदिने जस्ता कार्य धार्मिक र साँस्कृतिक रुपमा रही आएका हुन् । तर बर्तमान अबस्थामा आइपुग्दा छोरीको उमेर नपुगी बिबाह गरिदिनाले दण्डनीय हुने भएकोले पनि बयस्क उमेरमा नै बिबाह गरिदिने चलन छ । बयस्क छोरीले के ठीक र के बेठीक भनेर निर्णय गर्न सक्ने भएकोले बिबाह एउटा धारणा हो र त्यही धारणालाई समझदारीको रुपमा विकास पनि गर्दै लगेका हुन् । छोरा नभए स्र्वगको बाटो छेकिन्छ भन्ने अबस्था पनि फेरिइसकेको छ र छोराले गर्ने कार्य छोरीले पनि गर्न सक्छन् भन्ने अबस्था पनि बिकसित भइसकेको छ । जसका कारण बर्तमान अबस्थामा ज्वाइँ पनि छोरीको कर्म र धर्मसंग जोडिँदै आएको पाइन्छ । परालको कुन्यु हेरेर छोरी दिनु भन्दा लगनशील, इमान्दार र मेहनती केटा नै छोरीको सुयोग्य बर मानिने हुँदा कुनै पनि चाड पर्बमा ज्वाइँको उपस्थितिलाई महत्व दिएको पाइन्छ ।
लोग्ने, ससुराको कमाइमा रहनु पर्ने बुहारी ससुरा देख्दा चप्पल खोलेर नाङ्गै खुट्टा हिंड्थे भन्दा अहिलेको पिंढीलाई आश्चर्य लाग्न थाल्दो हो । तर कमाइ अब लोग्ने ससुराको आशमा होइन आफ्नै आर्जनले अगाडि बढ्दा पनि यसले अहं भूमिका खेलेको होला ।
मान्छेको जन्महुँदा कोही पनि अरु कसैभन्दा तल या माथि हुने गरी जन्मेका हुँदैनन् । ज्ञान, बिज्ञान, कला, साहित्य, साधनाहरु समय र परिस्थितिसंग जोडिएका हुन् । यिनैसंग जोडिएका ज्ञान र विचारले इतिहास निर्माण हुँदै जान्छ । हामीले धार्मिक इतिहासलाई मात्र केलाउने होइन त्योसंग परिस्कृत भएका कुराहरुलाई पनि जोड्दै र हेर्दै जानु पर्छ । तीज आधुनिक भएकोमा दुखेसो गर्छन्, पितृसत्तात्मक भयो भनेर पनि प्रश्न गर्छन् । तर गाउँको अबस्थालाई जस्ताको तस्तै टिपेर बोलिने गीत संगीतले महिलाको बेदनाको रुपमा परिभाषित गरेको हुन सक्छ तर समय त सधै उस्तै छैन । समाजमा तरमारा बर्ग पुरुष मात्र होइन महिला तरमारा बर्ग पनि छ । त्यो तरमारा बर्गसंग पुरुष पनि त तडपिएका छन् । तीज पितृसत्तात्मक उपज मात्र भनेर पनि हेर्दा हुन् तर यो त मातृसत्तात्मक रुपले पनि त विकास भएको देख्न सकिन्छ । गीत संगीतको इतिहासलाई हेर्यौं भने पनि यसका सर्जक र स्वर महिलाहरुकै त बढी छ जुन स्वर र संगीतमा पुरुषहरु रमाएका हुन्छन् । महिलाको स्वर र संगीतलाई पुरुषले हेला होंचोको तवरले परिभाषित गरेको पनि त पाइँदैन ।
हिजो महिलाको आम्दानीको श्रोत नहुँदा पुरुषको प्रशंसा गर्नुपर्ने, पाउ पर्नु पर्ने श्रीमान जे कुराले खुशी हुन्छन् त्यही गरेको पनि त हुन सक्छ । गीत संगीतको श्रृजना गर्दा घर परिवारबाट हेला होंचो भएकै सन्दर्भमा देखिन्छ । सासु, नन्द, आमाजु, देवर आदिकै बारेमा श्रृजना गरेको देखिन्छ । बर्तमान अबस्थामा मन नपरेकै श्रीमानसंग बसी रहेको पनि देखिँदैन । बिबाह पश्चात महिलामा मात्र दाग लाग्ने त होइन पुरुषमा पनि त दाग लाग्छ त्यसैले एकोहोरो पुरुषकै बिरुद्धमा बोलिरहनाले पुरुषले न्यायको अनुभूति पाउँछन् र !
कुनै महिला अनुशासनमा बसिन् । स्वतन्त्रताको नाममा स्वच्छन्दता खोजिनन् । अहिले बजारमा बिस्णु माझीको चरी जेलैमा गीतले बजार छाएको पाइन्छ । अब बिष्णु माझी अबला छैनन् । उनका गीतले उनी पर्दा भित्रबाट मात्र किन गीत गाउन लगाइयो भन्ने पनि होला । कतै अप्mठेरोमा छन् कि भन्ने चिन्ता जाहेर गर्नेहरुलाई धन्यवाद, तर बिष्णु माझी आप्mनै स्वर गीत श्रृजनाले पालिने भैसकेकी छन् । अहिले उनको चिन्ता गम्भीर रुपले लिइरहनु पर्छ जस्तो पनि लाग्दैन । उनले आफुलाई मेरो अनुशासन यही हो भनेर मानिन् । उनलाई अब भट्टीमा बसेर गीत गाउनु पर्दैन । कुनै महोत्सबमा गएर साडी सुर्केर नाच्नु पनि पर्दैन । कुनै पारखीहरुलाई त्यही नै चाहिएको हो भने त्यो क्रियाकलाप उनीबाट संम्भब नहुन सक्छ । तर उनको स्वर संगीतमा पुरुष पनि फन्कि फन्कि नाच्छन् नै । यो नै गीत संगीतको महत्वपूर्ण पक्ष हो । पुरुष आप्mनो परिवारलाई सक्षम बनाउन गरेको मेहनत, परिश्रमले थाकिरहेको बेलामा उसलाई हौसला सहयोग र साथ दिनुका साथै उसको सुस्वास्थ्य एवं दीर्घायुको कामनाको लागि श्रीमतीले गर्ने गरेको कामनाको इतिहास हो । इतिहास सधै सरल रेखामा बग्छ भन्ने पनि होइन, समयसंगै बक्र रेखामा पनि हिंड्न सक्छ । हिजोको इतिहास परिमार्जित हुँदै चाल चलनमा परिमार्जित पनि हुन सक्दछ ।
तरमारा महिलाहरुले महिलाहरुमा आत्म बिश्वास, उत्साह र दृढता बढाउन के कस्ता कार्य गर्ने भनेर अगाडि बढ्नु पर्ने हो । पुरुषलाई सरापेर महिलाको आत्म बिश्वास, उत्साह र दृढता बढ्ने होइन, यस सम्बन्धमा पनि हेक्का राख्नु पर्ने हो । कतिपय जातिमा मातृसत्तात्मक परिस्थिति पनि छ । घरमा महिलालाई अर्थमन्त्रीकै रुपमा राखिएको हुन्छ । उनको खटन पटन र श्रीमानसंग बस्न रोज्ने परिस्थितिमा तिजको दरलाई पुरुषले पनि महत्वकासाथ हेर्दा हु्न तर त्यस सम्बन्धमा लैंगिक हिंसाको रुपमा परिभाषित गर्न महिलाहरुको गीत संगीतले कतै बोलेको देखिँदैन ।
तीजमा महिला माइत जान्छन् पुरुष घरमा बस्छन् भन्ने मान्यता छ तर पनि पतिको खुट्टाको पानी नखाइ ब्रत सिद्ध हुँदैन भन्दै पतिप्रति आक्रोश पोखेको देखिन्छ । हाम्र बस्तीहरु हिमाल पहाड र तराइमा बिभक्त छ । भोको पेटमा महिलाहरु पतिकै खुट्टाको जल खान भनि फेरि माइतीतिर दौडिँदैनन् न त जल ख्वाउन श्रीमानहरु ससुराली पुग्छन् । जो पति पत्नी सल्लाह बमोजिम नै घरमा बसेका हुन्छन् मुखै चाटे पनि खुट्टै चाटे पनि प्रस्न उठाउनु अप्रसांगिक हो जस्तो लाग्दछ । परेवा ढुकुर झैँ मिलेर बसेका छन् । पतिको पत्नीले सम्झना गर्नुपर्ने र पत्नीले पतिको सम्झना गर्नु पर्ने अबस्था हुन सक्दछ । तीजको एक दिनले सबै दिनको दुःख हरण हुने पनि होइन ।
अर्कोतर्फ तीजमा दिदी बहिनी हुनेको त घरमा दिदी बहिनी आउलान् रमाइलो होला । तर, दिदी बहिनी नै नहुनेहरुको लागि श्रीमती उठेर गए त घर रित्तै हुन्छ । रित्तै घरमा बसेर श्रीमानले खाने दर कस्तो हुन्छ ? त्यसैले होला श्रीमानलाई पनि खुवाउन महिनाँै दिन देखि आजकल शहरमा दर खाने, लुगा गहना देखाउने र श्रीमान श्रीमती जोल बानेर नाच्ने गरेको पाइन्छ । शारीरिक व्यायामको कमीको कारणले पनि हुन सक्दछ आजकल जति नाच्यो उति फुर्तिलो भएको महशुष गर्दछन् । त्यसैले होला आजकल दर खान छोरी मात्र माइत जाँदैनन् ज्वाइँ पनि ससुराली जाने चलन शहरमा बिकास हुँदैछ । त्यसैले त होला आजकल ज्वाइँलाई पनि तीज रमाइलै लाग्न थालेको होला ।