© २०२३
गैरसरकारी क्षेत्रमालामो समयदेखि कामगर्दै आएका नेपालगन्ज —१२ का कृष्णजङ्ग शाहले वर्षभर आर्जन गरेको पैसा परोपकारी काममा सहयोग गर्दै आएका छन् । तीनवर्षदेखि उनले वार्षिक रु ५० हजार बिपन्न, असाहाय र सामाजिककार्यक्रममा सहयोग गरेर उदाहरणिय कामगर्दै आएका छन् ।
गेरुवा ग्रामिण नामक संस्थाकाप्रमुख रहेकाशाहलेगतआर्थिक वर्षमाउनले नेपालगन्जमाउपचार अभावझेलिरहको कैलालीका सन्तोषीचौधरीलाई रु ५ हजार सहयोग गरे । नेपालगन्ज वडा नम्बर १२ मा सरसफाईकालागि ट्याक्टर खरिद गर्न पैसा अपुग भएपछि रु ११ हजार सहयोग गरे । उनले सोहीवर्ष जाजरकोटबाट उपचार गर्न नेपालगन्जआएका देबबहादुर मगरलाई शल्यक्रियागर्नकालागि रु ११ हजार, बर्दियाका देवीकला सुनारलाई पढाई खर्चकालागि रु १० हजार,दर्शन समाजलाई रु ११ हजार सहयोग गरेका छन् ।
‘तीनवर्षदेखि यसरी नै सहयोग गर्दै आएको छु । समाजप्रतिजोकोहीको जिम्मेवारी छ भन्ने महसुस गरेर यसो गर्न थालेको हुँ ।’—शाहले भने । उनले जग्गा बिक्रीबाट आएको मुनाफा, बिभिन्न परियोजनाको प्रस्ताव लेखेको शुल्क र तालिम, कार्यक्रमअनुगमनको भत्तावापतको रकम सहयोग गर्दै आएका छन् ।