ट्रेंडिंग:

>> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार

कोरोना बीमा भुक्तानीमा लापरबाही

३१ श्रावण २०७८, आईतवार
३१ श्रावण २०७८, आईतवार

कारोना बीमाको अवधि सकिइसक्दा पनि बिमा गरेकाहरुले भुक्तानी पाउन सकेका छैनन् । बीमा गराएका कम्पनीहरुले अहिले कोरोना बीमा बारेको कुरै सुन्न चाहँदैनन् । बीमा दावीको भुक्तानी अझै कति समय लाग्ने हो टुंगो छैन । बीमा समितिका अनुसार अहिलेसम्म सरकारले भुक्तानी गर्नुपर्ने रकम ९ अर्ब ६२ करोड ६ लाख रुपैयाँ पुगेको छ ।

यस क्षेत्रमा पनि विभिन्न संघ संस्थाले संस्थागत र धेरैले व्यक्तिगत रुपमा कोरोना बीमा गराएका थिए । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले करिव एक हजार पत्रकारको कोरोना बीमा गराएकोमा संक्रमित मध्ये करिव एक दर्जनले बीमा दावीको भुक्तानी पाइसकेका छन् । त्यस्तै बाँकी दुईजनाको बीमा दावी स्वीकृत भएर रकम आउन बाँकी छ भने चारजना स्वीकृत नै भएको छैन । उनीहरुको दावी भुक्तानी कहिले आउँछ अझै टुंगो नभएको नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका निवर्तमान उपाध्यक्ष भरत केसीले बताए ।

नेपाल पत्रकार महासंघ रुपन्देहीले बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा ५७ जनाको कोरोना बीमा गराएको थियो । कोरोनाबाट संक्रमित भएका मध्ये एकजनाले मात्रै भुक्तानी पाएका छन् भने बाँकी चारजनाले भुक्तानी पाउन सकेका छैनन् । त्यस्तै तिलोत्तमा मिडिया क्लवबाट कोरोना बीमा गराएका ४५ जना पत्रकार मध्ये आठजना पत्रकार संक्रमित भएका थिए । त्यसमध्ये चारजनाले भुक्तानी पाएका छन् भने बाँकी चारजनाको भुक्तानी रोकिएको छ । गत असोजमा संक्रमित भएर दावी पेश गरेका तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेका स्वकिय सचिव विष्णु अर्यालले अझै भुक्तानी पाउन नसकेको बताए ।

हाल नेपालमा सञ्चालनमा रहेका शिखर इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, अजोड इन्स्योरेन्सलगायत १९ वटा निर्जीवन बीमा कम्पनीहरुले कोरोना बीमाको पोलिसी जारी गरेका थिए । बीमाको दावी भुक्तानी रोकिएको बारे अजोड इन्स्योरेन्स प्रदेश कार्यालय बुटवलकी प्रमुख भगवति रेग्मीले बीमा कम्पनीहरुले आफ्नो सम्पूर्ण दायित्व बहन गरिसकेको र बाँकी दायित्व सरकारले व्यहोर्नुपर्ने सम्झौता भएपनि सम्झौता बमोजिमको रकम निकासा नहुँदा दावी भुक्तानी हुन नसकेको बताइन् ।

हालसम्म अनुदानसहित बीमा कम्पनी, बीमा समिति, पुनर्बीमा कम्पनीको तर्फबाट संयूक्त रूपमा ४ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ भुक्तानी भइसकेको छ । कोरोना बीमा गर्दाको शुल्कवापत कम्पनीहरूले जम्मा १ अर्ब ५ करोड ५ लाख रुपैयाँ उठाएका थिए । हालसम्म १ लाख ३७ हजार ७५४ जनाको बीमा दावी परेको छ, तीमध्ये आधाभन्दा धेरैलाई भुक्तानी हुन बाँकी छ ।

अर्थ मन्त्रालयमा रकम निकासाका लागि भनेर औपचारिक रूपमा पत्र पठाइएको छ । तर पत्रको कुनै जवाफ आएको छैन । “हामीले रकम निकासाका लागि भनेर अर्थ मन्त्रालयसँग पहल गरेका छौं”– बीमा समितिका सूचना अधिकृत निर्मल अधिकारीले भने । उनका अनुसार अर्थलाई दुई पटकसम्म पत्र पठाइएको छ । पहिले साढे ७ अर्ब रुपैयाँ निकासीका लागि भन्दै पत्र पठाइएको थियो भने केही दिनअघि अर्को पत्रमा बाँकी सबै दायित्वको रकम निकासा गर्न भनिएको छ । तर अर्थले भने कुनै प्रतिक्रिया दिएको छैन ।

यता आवद्ध निर्जीवन बीमा कम्पनीहरूले सरकारले रकम निकासा नगरेसम्म भुक्तानी नहुने स्पष्ट पारेका छन् । बीमक संघका एक सदस्यले भने “मापदण्डअनुसार बीमा कम्पनीहरूले तिर्नुपर्ने सबै रकम तिरिसके, अब सरकारले तिर्ने हो, जहिले निकासा हुन्छ, त्यसपछि मात्रै सर्वसाधारणलाई भुक्तानी हुन्छ ।”

अब संक्रमित हुनेहरूले कोरोना बीमाको रकम दावी गर्न नपाउने भएका छन् । २०७७ वैशाखदेखि सुरु भएको कोरोना बीमाको अवधि २०७८ असार मसान्तमा सकिएको हो । यद्यपि यसअघि नै परेका आवेदनहरूको भने भुक्तानी हुनेछ । अब कोरोना बीमा योजना नआउने बीमक संघले जनाएको छ ।

१९ निर्जीवन बीमा कम्पनीहरूले संयुक्त रूपमा ’पुल’ मार्फत कोरोना बीमा योजना सञ्चालनमा ल्याएका थिए । कोरोना बीमा मापदण्डमा नै एक अर्ब रुपैयाँसम्मको दावी भुक्तानी बीमा कम्पनीले नै बेहोर्नुपर्ने, १ अर्बभन्दा माथि २ अर्ब रुपैयाँसम्मको रकम नेपाल पुनर्बीमा कम्पनीले, २ अर्ब रुपैयाँदेखि साढे २ अर्ब रुपैयाँसम्मको रकम बीमक कम्पनीहरूको महाविपत्ति पुलले र साढे २ देखि साढे ३ अर्ब रुपैयाँसम्म भुक्तानी बीमा समितिले बेहोर्नुपर्ने उल्लेख छ । जुन कार्यान्वयनमा आइसक्यो । साढे ३ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी गर्नु परेमा सरकारले ब्यहोर्ने मापदण्डमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?