ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

पक्कीपुलले तीन जिल्लामा सहज

११ श्रावण २०७५, शुक्रबार
११ श्रावण २०७५, शुक्रबार

एकवर्ष अघि निर्माण थालिएको सौतामारेफेदी गर्तङखोला पक्कीपुलको निर्माण कार्य सकिएको छ । पुल बनेपछि स्थानीय हौसिएका छन् । पुलको औपचारिक उद्घाटन नभएपनि सवारीसाधान ओहोरदोहोर गर्न थालिसकेका छन् । बर्खा शुरु हुँदावित्तिकै पुल सुचारु भएपछि प्यूठान सहित छिमेकी जिल्ला गुल्मी, अर्घाखाँचीका स्थानीय खुसी भएका छन् ।

जिल्ला प्राविधिक कार्यालय प्यूठान मार्फत गर्तङखोलामा पक्कीपुल निर्माण गरिएको हो । वैशाखभित्रै निर्माण सम्पन्न गर्ने योजना रहेपनि विविध समस्याले गर्दा दुइमहिना निर्माण कार्य लम्विएको निर्माण व्यवसायी बताउँछन् । जयवुद्द–इशान जेभी मार्फत कुल एक करोड ३३ लाख रुपैयाँमा निर्माण कार्य सम्पन्न भएको निर्माण व्यवसायी नविन कुमार श्रेष्ठले जानकारी दिए । पुलको लम्वाई २० मिटर र चौढाई ४ मिटर २५ से.मी रहेको उनले बताए ।

पक्कीपुल नहुँदा धेरै पीडा भोग्नुपरेको विगत सम्झदै झिमरुक गाउँपालिका–१ सौतामारेका समाजसेवी क्याप्टेन राम बहादुर घर्तिक्षेत्रीले यसपालीको बर्खादेखि ढुक्कसँग यात्रा गर्न पाइने भएपछि खुसी व्यक्त गरे । ‘बर्खा लाग्यो भने मनमा चिन्ता भइहाल्थ्यो । खोला बढेर पैदल पनि हिड्न सकिदैन्थ्यो’,उनले भने,‘वर्षौदेखि पक्कीपुलको सपना बल्ल पुराभयो ।’ खोला बढेर सधैँको बर्खामा गाडी जानै नसक्ने ठाउँमा पक्कीपुल बनेपछि गाउँलेहरुमा खुसी छाएको हो ।

खोलामा पक्कीपुल नहुँदाको पीडा यसक्षेत्रका धेरै नागरीकले भोग्नुपरेको थियो । सौतामारेका स्थानीयलाई सदरमुकाम खलंगासहित विजुवार, बाग्दुलामा बजार गर्न जानका लागि धेरै कठिनाई हुने गरेको थियो । बर्खा शुरु भएदेखिनै सर्वसाधरणहरुले समस्या खेप्दै आएका थिए । वृद्धबृद्धा र बालवालिकाहरुले अझबढी समस्या भोग्नुपरेको सौतामारेफेदीका स्थानीय नागरीक समाजका अगुवा प्रतिमान पुनले जानकारी गराए । जनविकास निमावीमा पढ्न आउने विद्यार्थीहरु अझबढी प्रभावित हुँदै आएको उनको भनाई छ । सयौँ विद्यार्थी पक्कीपुल बनेपछि दैनिक लाभांवित भएको उनले सुनाए ।

तीन जिल्लाका सर्वसाधरण ओहोरदोहोर गर्ने भएपछि यस क्षेत्रमा व्यवसायिक चहलपहल समेत बढ्दै जान थालेको छ । प्यूठान, गुल्मी र अर्घाखाँचीको संगमस्थल सौतामारे डाडाँमा घुम्न जाने आन्तिक एवं बाह्रय पर्यटकहरुको संख्यामा पुल बनेपछि अझ वृद्धिहुने स्थानीयले आशा गरेका छन् । पक्कीपुलसँगै सौतामारेफेदीबाट सौतामारे डाडाँमा पुग्ने उकालो कच्ची सडकको समेत स्तरोन्नती गरिएको छ । यसले यात्रुहरुलाई अझ सहज बनाएको छ । गतवर्ष पाँचलाख रुपैयाँ बजेट विनियोजन गरेर स्तरोन्नतीको काम गरेको छ । तीन जिल्लाको ‘ट्रान्जिट प्वाइन्ट’को रुपमा सौतामारेलाई विकास गर्ने योजना स्थानीयको छ । यही सडक भएर दैनिक गुल्मीको पुर्कोटदहसम्म बाग्दुलाबाट बस संचालन हुने गरेको छ । सौतामारेफेदीबाट महेन्द्रनगरका लागि समेत नियमित बस संचालन हुने गरेको छ । उकालो बाटो फराकिलो भएपछि पुर्कोटदहबाटै छुटाउने योजना रहेको यातायात व्यवसायीहरुले बताएका छन् ।

गुल्मीको पुर्कोटदह, बाँझकटेरी, धुर्कोट, अर्घाखाँचीको खनदह, म्यालपोखरी, गोखुङा र प्यूठानको सौतामारे, बाँदीकोट लगाएत क्षेत्रका स्थानीय पक्कीपुलबाट प्रत्यक्ष लाभांवित भएका छन् । गुल्मीको रेसुंगा, रिडी, अर्घाखाँचीको सुपादेउराली र प्यूठानको स्वर्गद्धारीलाई लक्षित गरी ‘पर्यटकीय मार्ग’को रुपमा यस सडकलाई प्रयोग गर्न सकिने संभावना रहेकाले यसतर्फ ध्यान दिन स्थानीयले सम्वन्धित निकायलाई आग्रह गरेका छन् ।

तम्घास–प्यूठानका लागि नियमित गाडी संचालन गर्ने योजनामा रहेको गुल्मी यातायात व्यवसायी संघका महासचिव हिमाल कुवँरले जानकारी गराएका छन् । ‘सौतामारेबाट चलाउने कि अग्लुङबाट भन्ने निधो भइसकेको छैन्’,उनले भने,‘दुवै जिल्लाका समिति बसेर सल्लाह गर्छौ ।’ यात्रुको चाप धेरै भएको क्षेत्रबाट गाडी संचालन गर्ने योजना रहेको उनले बताए ।

बाग्दुला–पुर्कोटदह सडक २०५५ सालमा ट्र¥याक खुलेपनि गर्तङखोलामा पक्कीपुल नभएकै कारण नियमित यातायात संचालन हुने सकेको थिएन् । तम्घास पुग्न धुर्कोट र मदाने गाउँपालिकाको सिमाक्षेत्र पनाहखोलामा पक्कीपुल नहुँदा बर्खामा गाडी रोकिने गरेको थियो । तर, उक्तखोलामा समेत यसैवर्ष पक्कीपुल निर्माण भइसकेको छ । विजुवारदेखि दुवै जिल्लाको सदरमुकाम पुग्नका लागि सहज सडक र पुल बनेपछि नियमित यातायात संचालन गर्नसकिने भरपर्दो माध्यम बनेको छ । तीनै जिल्लाको आर्थिक गतिविधि बढाउन यस रुटबाट नियमित यातायात संचालनको आवश्यकता देखिएको स्थानीयको भनाई छ । ‘सडक सञ्जालले सौतामारे धेरै अगाडी बढिसक्यो’,स्थानीय सूर्य जिएमले भने,‘अब तीनै जिल्लाबाट नियमित यातायात संचालनको आवश्यकता देखिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?