ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ

‘आल्हादित लुम्बिनी’

१४ असार २०७८, सोमबार
१४ असार २०७८, सोमबार

भगवान गौतम बुद्धको जन्मस्थल ।
विश्वभरका शान्तिका अनुयाईको आस्था र पवित्र स्थल ।
विश्व शान्तिको मुहान । पवित्र उद्यान, लुम्बिनी । बौद्ध धर्मावलम्बीका आस्थाको केन्द्र । सबै नेपाली आस्थाले नतमस्तक हुने तपोस्थली । अदृष्य कोरोना भाईरसको दोस्रो लहरले संसार त्रसित भएका बेला लुम्बिनी उत्तिकै शान्त र मनोरम बनेको छ ।

तर यसवर्ष बुद्ध जयन्ती मनाउ“दा लुम्बिनी आफै शान्त र सौम्य बन्न पुग्यो । वसन्त ऋतुसंगै प्राकृतिक मनोरम दृश्यले सिंगारिएको लुम्बिनीमा नया“ वर्ष शुरु भए पनि कोरोना महामारीका कारण पर्यटक आगमन छैन् । यतिबेला सा“च्चै लुम्बिनी प्राकृतिक सौन्र्दयले मुग्ध छ । यहा“को मनोरम सौन्दर्यता र सौम्यता बीच पुग्दा लाग्छ, यतै कतै मायादेवीले फेरी सिद्र्धाथ गौतमलाई जन्माई रहेकी छन् । २५ सय वर्षअघि जस्तै प्राकृतिक सौन्र्दयले धपक्क बलेको छ लुम्बिनी उद्यान ।

यतिबेला लुम्बिनीको उद्यानमा छाएको हरियाली र पालुवाको दृश्यले कस्को मन नरमाउ“ला ? रंगीबिरंगी फुलहरु फुलिरहेका छन् । उपवन भित्रै जता हे¥र्यौं उतै मनमोहक दृष्य देखिन्छ । उद्यान भित्रका पोखरी, नहर सफा, सुग्घर स्ंिनग्ध छन् । हावाको वहावस“गै जलकुण्डहरुमा निर्मल पानी तरंगित भैरहेको छ ।

बौद्ध ग्रन्थ अनुसार राजकुमार सिद्धार्थले ज्ञान प्राप्त गरेपछि आमा बाबु शुद्धोदनले भेट्न बोलाउन धेरै मान्छेहरु जेतवन पठाए । जति पठाएपनि कोही फर्केर आएनन् । सबैलाई बुद्धले आफुसंग राख्न सफल भए । अन्त्यमा सिद्धार्थका बालसखा तथा शाक्य गणराज्यका मन्त्री काल देईलाई दरबारबाट बोलाउन पठाईयो । उनी बुद्ध समक्ष पुगे । उनले बुद्धलाई वसन्त ऋतुको आगमन भएको छ । बाटोभरि फुल फुलेका छन् । रंगीचंगी र सुगन्धित वातावरण छ । मौरीहरु उडेका छन् । लता लतिका लहराई रहेका छन् । प्रकृति र जीवजन्तु समेतले बाटोबाटोमा तपाईको प्रतिक्षा गरिरहेका छन्, भन्ने बयान गरेर पहिलो पटक कपिलवस्तु फर्काएका थिए । उत्तिवेला लुम्बिनी मन्त्री काल देईले बयान गरे जस्तै भएको अनुभुत गर्न सकिन्छ ।

सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेपछि प्राकृतिक मनमोहकताको रसास्वादन गर्दै घर फर्केको जस्तै वातावरण यतिबेला लुम्बिनी परिसरमा छाएको लुम्बिनी विकास कोष उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले बताए । ‘यतिबेला लुम्बिनीको सौन्दर्यताको जति बखान गरेपनि कम हुन्छ,’ उनले भने, ‘अहिले लुम्बिनीमा यो निषेधाज्ञाको प्रभाव सा“च्चै हेर्न लायक भएको छ ।’ लुम्बिनी उद्यानमा कोईलीले काफल पाक्यो–काफल पाक्यो भनेको सुनिन्छ । छिनछिनमा उही कोईलीको बीउ“ कुहियो भन्ने आवाजले वसन्तको बहार छाईरहेको छ, भन्ने लाग्छ । चिरबिर गर्ने जुरेली र पिकलुरले चुहु“चुहु“ गरिरहेको तिखो आवाजले मौषम परिवर्तनको उन्मुख छ, भन्ने आभाष पनि पाईन्छ ।

अघिपछि मानव जंगघार हुने लुम्बिनी यतिवेला कोरोना कहरका कारण शान्त छ । आगन्तुक मानव विहिन भएको छ । लुम्बिनीमा सा“झको गोधुलीमा प्रकृति प्रदत्त आवाजस“गै ‘ध्यान साधना’ को अनुभव नै अर्कै भएको छ । उपाध्यक्ष त्रिपाठी भने ‘यतिबेला लुम्बिनीमा जो–जो छौं, सा“च्चै मन्त्रमुग्ध छौं ।’ चरा संरक्षणकर्मीको विगत रहेका त्रिपाठीले वसन्त ऋुतुको आगमनसंगै दक्षिणबाट केही चरा, बचेरा हुर्काउन लुम्बिनी आईपुग्ने गरेको रहस्य खुलाए । गर्मीका बेला नेपालमा दिनलामो र तराईका फा“टहरुमा आहारविहार भेटिने हु“दा चराहरु यता आउने गरेको उनको तर्क छ । कटुसटाउ“के र निरपुछ्रे मुरलीचरा, स्वर्गचरी, गा“जले सुनचरी, सुन्तले चा“चर चरी र राजचरीको चिरविराहटले प्रकृतिमा सौन्र्दयता थपिदिएको उनी बताउ“छन् । रानीचरी, चित्रक पिट्टा, गा“जले पिट्टा र नीलकण्डे ठेउवाको बृति र व्यस्तता यतिबेला लुम्बिनी पुग्दा हेर्न सकिने उनले बताए । उनले भने ‘प्राकृतिक छटास“गै आगन्तुक र रैथाने चराले लुम्बिनीको बगैंचा मनोरम बनेको छ ।’ उनले थपे–कतिपय चराहरु यहा“को बगैचामा अण्डा कोरल्न र बचेरा हुर्काउन गु“डमा ओथारो बसेका छन् ।

सीमसार र धापमा रमाउने सारश र भु“डीफोर गरुडको चहलपहल देख्दा अचम्म लाग्छ । उनीहरु पनि निर्धक्कका साथ उन्मुक्त र उदात्त वातावरणमा बौरिरहेका देखिन्छन् । बगैचाका रुखहरुमा चियाउ“दा कतिपयले बचेरा स्या“हार गरेको देखिन्छ । चराचुरुगीको कल्यांङमल्यांकले लुम्बिनीको आ“चलमा अझै मनोरम थपेको महशुस हुन्छ । निष्कपट अवस्थाको मौन वातावरणमा चराचुरुगीले गाएका गीत एकान्तमा बसेर सुन्दा सँ“च्चै शान्तिको अनुभूति भईरहेको छ, लुम्बिनीमा । मायादेवी मन्दिरको पुष्करणी पोखरी नजिक निभेको अगरबत्ती फेरी कहिले बल्ला भन्ने पखाईमा रहेका पर्यटक व्यवसायीको चिन्ता भने पर्यटक आगवगमनको पखाईको छ । लुम्बिनी होटल संघ महासचिब लिलामणी शर्माले ‘केही मात्रमा भएपनि पर्यटकलाई शान्त, करुणा र ऊर्जामय वातावरणको लुम्बिनी देखाउन नपाउनु हाम्रालागि दुःखद हों ।’ हामीले व्यापार व्यवसायमा क्षति व्यहोरेर पनि लुम्बिनीको शान्त र सौम्य छटाको दर्शन दिनुह“ पाईरहेको बताए । अहिलेको मौनता र प्रकृतिप्रेमी वातावरणले बुद्ध जन्मेको बेला जस्तो खुसीयाली र मनोरम समय स्मरण गराएको भिक्षु महासंघ अध्यक्ष भिक्षु मैंत्री महास्थवीरले बताए । ‘दशकौं पछि यस्तो वातावरणमा उन्मत्त हुन पाईयो,’ उनले भने, ‘यस्तै वातावरणमा गरिने ध्यान प्रार्थनाले मानव हृदयमा सा“च्चै शान्ति र करुणाको दियो जलाउ“छ ।’ पुण्य पनि संचय हुने उनले बताए । उनले कोरोना महामारी आफैमा दुःखद भएपनि निषेधाज्ञाले यहा“को प्राकृतिक सौन्र्दयता फर्किएको बताए । मायादेवी मन्दिर, पुष्करणी पोखरी, अखण्ड शान्ति द्विप र बेबी बुद्धस्थल शान्त छन् । लुम्बिनीका विहार, टेम्पल, मोनाष्ट्री, स्तुपा, मन्दिर र चैत्य शान्त छन् । प्रकृतिले अनन्त सौन्दर्य वर्षाएको बेला लुम्बिनी चित्ताकर्षक देखिएको छ, टाढैबाट लुम्बिनी सा“च्चै आनन्दित भएको छ ।

मायादेबी मन्दिरका आ“गनका जलक्रीडा स्थलमा अघिपछि मानिसहरुको चहलपहल हुने गरेको भएपनि कोरोना महामारीको विपत्तीका कारण सुनसान छ । वसन्त ऋतुलाई पछ्याउदै जन्मिएका गौतम बुद्ध जन्मिएको स्थलमा लुम्बिनीमा यतिबेला चराचुरुंगी र वन पालुवा मात्र रमाईरहेको आभाष हुन्छ । खुला आकाश र स्वछन्द मौसमले सजिएको उद्यानमा लुकिछिपी पुग्दा सा“च्चै शान्तिको अनुभूति हुन्छ ।

बुद्ध पूर्णिमाको अवसर पारेर एक रात त्यहा बिताउ“दाको अनुभूति आफैमा अनुपम रह्यो । निरन्तर प्रज्वलित शान्ति द्विप, कलरव पानीको नहर, विश्व शान्ति स्तुपा र बेबी बुद्धको प्रतिमा चिहाउ“दै लुम्बिनी शयर गर्दा लाग्थ्यो बुद्ध यतै कतै लुटपुटिएका छैनन् ।

वसन्तको बहारको हरियाली र सुन्दरताले लुम्बिनीलाई यतिबेला सँ“च्चै लठ्याईरहेको छ । मायादेवी मन्दिरको मुख्य प्रवेश द्वार र अन्य द्वारमा देखिएको हरियाली र प्रकृतिप्रदत्त मनोरम दृश्यले आकर्षण नगर्ने को होला ? केञ्जो टांगेले बनाएको गुरुयोजना निर्माण समपन्नताको अन्त अन्तमा पुगेको छ । त्यसैले पनि यहाका उद्यानमा बेली, चमेली महकिरहेका छन् । बगैचामा आ“प, कटहर लटरम्म छन् । पिटुनिया, गुलाब, अढुल, र मखमली लटरम्मै फक्रिएका छन् । मन्दिर फुलैफुलले घेरिएको छ । कुनैबला लेन्स जडित क्यामराले परैबाट खिचिने मायादेबीको मन्दिरको तस्बिर खिच्न हरियाली छिचोल्नु पर्ने भएको छ ।

आउ“दै गरेको वर्षाबासको समयमा बौद्धधर्मावलम्बी आगमन हुन्छ हुदैन् ? अघिपछि ओममणी पदम्े हु“, नेपाली र तिब्बती च्यान्टिङले गुञ्जायमान हुने लुम्बिनी परिसर यतिवेला प्रकृति प्रदत्त स्वच्छ, हावाले सुस्याईरहेको छ । मन्दिर परिसरको हरियाली र शान्त वातावरणमा यतिवेला जोकोही पुग्न सके प्राकृतिक वैभवले नतमस्क नै बनाउ“छ । समथर हरियाल फा“ट, सफा मौषम, सुन्दर र सुग्घर मन्दिर, मन्दिरसँग देख्न पाइने हिम श्रृखंलाको दृश्यले प्राकृतिक छठाको सम्य्क आनन्द प्रदान गरिहेको अनुभूत हुन्छ । पुष्करणी पोखरी र केन्द्रिय नहरबाट देखिने सुर्योदय र सुर्यास्तमा देखिने गोधुली रंगीन दृश्य आफैमा अविस्मरणीय देखिन्छ । वनस्पतिमा रमाउने पुतली, गाईने किरा, भमरा र माहुरी लगायतका बीज परिधानी जीवहरुको आफ्नै लय छ ।

सा“झमा गर्मी मौषम, खुला आकाश हरियो दुबो देख्दा भुईंमै पल्टन मन लाग्छ । लुम्बिनीका ध्यानमग्न बुद्धका प्रतिमाहरु पनि प्रशन्न मुद्रामा देखिन्छन् । बुद्ध प्रतिमा वसन्त स्नान गर्न कोही नआएपनि शान्त र ध्यानमग्न साधनारत देखिन्छन् । छुट्टै अनुयायी र तीर्थालु आउने प्रतिक्षामा छन् । शान्तभावलाई मनन् गर्दा कोरोना कहरलाई करुणा र मैंत्रीभावले जित्न सकिन्छ, भन्ने सन्देश बुद्ध प्रतिमाबाट आईरहेको अुनभूत हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?