ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

कालिपोखरीमा पर्यापर्यटनको चर्चा

२५ जेष्ठ २०७८, मंगलवार
२५ जेष्ठ २०७८, मंगलवार

मसिना—कालिपोखरी क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न कालिपोखरी सामुदायिक वन उपभोक्ता समूहले अभियानको थालनी गरेको छ । वन समूहले विश्व वातावरण दिवसको अवसरमा स्थलगत अवलोकन तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।

स्थलगत अवलोकन पछि आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा वोल्ने वक्ताहरुले जिल्ला सदरमुकाम देखी निकै छोटो दुरीमा रहेर पनि सो स्थान ओझेलमा परेकामा चिन्ता व्यक्त गर्दै अव पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने वताएका थिए । सामुदायिक वनमा पर्यापर्यटन वा नगर उद्यानको रुपमा सो क्षेत्रलाई विकास गर्न सकिने उनीहरुको भनाई थियो । रोल्पा नगरपालिका वडा नंं ४ मा पर्ने सो क्षेत्रसंग नगरपालिकाको वडा नं. १ र २ को वन क्षेत्र पनि जोडिएकाले ३ वटै वडाको एकीकृत प्रयासवाट सो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा अगाडी वढाउन सकिने उनीहरुको सुझाव थियो ।

कालिपोखरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कृष्णप्रसाद शर्माको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा पत्रकार महेश न्यौपाने, उपप्रध्यापक झक्कुप्रसाद न्यौपाने,महिला नेतृ सुधा न्यौपाने,शिक्षक जीतकुमार न्यौपाने, डिल्लीराज न्यौपाने,खिमप्रसाद शर्मा, ज्ञानेन्द्र शर्मा लगायतले धारणा राखेका थिए । अन्तरक्रिया कार्यक्रमको सहजीकरण व्रेकफास्ट न्यौपानेले गरेका थिए । कोरोनाका कारण सामाजिक दुरी कायम गरेर गरिएको उक्त कार्यक्रममा करिव २ दर्जनको सहभागिता रहेको आयोजकले जानकारी दिएका छन ।

सदरमुकाम लिवाङवाट ५ किलोमिटरको दुरीमा रहेको सो स्थानमा रहेको पोखरीमा कालिनागको वासस्थान रहेको रहने गरेको किमदन्ती छ । कालिनाग वस्ने पोखरी भएकाले सो स्थानलाई कालिपोखरी भनिएको धार्मिक विश्वास छ । सो स्थानमा अहिले पनि पोखरी देख्न सकिन्छ । सो पोखरीमा रहेको पानी वाजविसौना,कालिमाटी जस्ता खानेपानीको अभाव रहेका ठाउँहरुमा मुलको रुपमा रहेको जनविश्वास रहेको छ । सो स्थानवाट सूर्योदय र सूर्यास्थको दृश्यावलोकन गर्न सकिन्छ । दाङ,प्यूठान,वाग्लुङ,सल्यान,रुकुम लगायतका जिल्लाको सहजै दृश्यावलोकन गर्न सकिने सो स्थानवाट दक्षिण रोल्पाका प्रायःसवै वस्तीहरु पनि देख्न सकिन्छ । साविक राप्ती अंचलका तीन महत्वपूर्ण धार्मिक स्थलहरु स्वर्गद्धारी रुन्टी र जलजलाको समेत सहजै दृश्यावलोकन गर्न सकिन्छ । कालिपोखरीमा रहेका तीन वटा ठुलठुला चौरहरुमा चाईनिज दुवो जस्तो देखिने फरक खालको प्राकृतिक दुवोले त्यहाँको भूगोल समेत मनोमोहक देखिन्छ । कालिपोखरी देखी नजिकै रहेको कलसे धुरीमा भ्यूटावरको सामान्य संरचना वनाउन सके थप दृश्यावलोकन गर्न सकिने स्थानीयहरुको भनाई छ ।

सो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न एक समिति समेत गठन गरिएको छ । खिमप्रसाद शर्माको अध्यक्षतामा रहेको सो समितिमा सुधा न्यौपाने उपाध्यक्ष,ज्ञानेन्द्र शर्मा सचिव,व्रेकफास्ट न्यौपाने सहसचिव र सुचना घिमिरे कोषाध्यक्ष रहेका छन ।समितिको सदस्यहरुमा कृष्ण शर्मा,विष्णु शाही,विराट केसी र माईकल कवँर रहेका छन ।

समितिले रोल्पा नगरपालिका, ४ नम्वर वडा कार्यालय, छिमेकी वडा कार्यालय र डिभिजन वन कार्यालय संग समन्वय गरि पर्यटन विकासका थप संभावनाको खोजी गर्ने जिम्मेवारी रहेको सचिव ज्ञानेन्द्र शर्माले जानकारी दिए । कोरोनाको दोश्रो लहरको त्रास कम भएसंगै रोल्पा नगरपालिकाका नगरप्रमुख, डिभिजन वन कार्यालयका प्रमुख, पत्रकार र पर्यटनका जानकारहरुलाई स्थलगत अवलोकन गराउने कार्यतालिका वनाएका छौ सचिव शर्माले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?