ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

नेपालमै होला श्रावस्ती ?

१२ जेष्ठ २०७८, बुधबार
१२ जेष्ठ २०७८, बुधबार

लामो समयसम्म लुम्बिनी गुप्त रहेपनि पछिल्ला ६० वर्षमा कछुवाकै गतिमा भएपनि लुम्बिनीको संरक्षण, विकास र प्रचार प्रसार भएको छ । वर्षेनी ठुलो संख्यामा बौद्ध धर्मावलम्बी र पर्यटकहरु लुम्बिनीमा पुगिरहेका छन् । गौतमबुद्धले जीवनका २९ वर्ष विताएको तिलौराकोट र त्यसको वरिपरी रहेका कुदान, निग्लिहवा, गोटिहवाले पनि लुम्बिनीको आड पाएर संरक्षण र प्रचार पाएका छन् । देवदह र रामग्रामले पनि विस्तारै संरक्षण र प्रचार पाउदैछन् ।

लुम्विनीमा सम्पन्न दोस्रो विश्व बौद्ध सम्मेलनले लुम्विनी, कपिलवस्तु, देवदह र रामग्रामलाई  नेपालका चार बुद्धभूमिहरु किटान यिनै स्थानको वरपर मात्र बौद्ध इतिहास सभ्यताको खोजी भैरहेको छ । यी स्थान बाहेक अन्यत्र पनि ऐतिहासिक बौद्धस्थल हुनसक्छन् भन्ने कुरामा नेपाली अध्येताहरुले खासै चासो नराखेपनि पाली बौद्ध साहित्य र विभिन्न कालखण्डमा भारतीय उपमहाद्विपमा भ्रमण गरेका यात्रीहरुको यात्रा वृतान्त अध्ययन गर्दा अहिलेसम्म हामीहरुले भारतमा पर्छन् भनेर मानिरहेका प्राचीन बौद्धकालिन भूगोल र स्थलहरु वास्तवमा भारतमै थिए त भनेर सोच्न बाध्य बनाउछ ।

अहिलेसम्म कुनै नेपालीले वास्ता नगरेपनि ऐतिहासिक र भौगोलिक तथ्यहरुले कैयौ बौद्धस्थलहरु नेपालमा हुनसक्ने सम्भावनाहरु देखाएका छन् । यी सम्भावनाहरुमध्ये एक हो–बाँकेमा प्राचिन बौद्ध नगर श्रावस्तीको उपस्थिति ।

बुद्धको बारेमा सामान्य जानकारी राख्नेहरुको लागि श्रावस्ती नौलो नाम हैन । उत्तर भारतका बौद्धकालिन ६ वटा ठूला शहरहरुमध्ये श्रावस्ती एक भएको बौद्ध साहित्यहरुमा उल्लेख भएको पाइन्छ । विष्णु पुराणकाअनुसार यो शहर राजा श्रावस्तले निर्माण गराएका थिए । इशापूर्व छैठौँ शताब्दी देखि इशाको छैठौँ शताब्दीसम्म श्रावस्ती कोशल राज्यको राजधानी रहेको थियो । यो ठाउँमा गौतम बुद्धले २४ चतुर्मास बिताएको विश्वास गरिन्छ । प्राचीन चिनिया यात्रीहरु फाहियान र हुयन साँङ्गले श्रावस्तिको भ्रमण गरेका थिए र उनीहरुले त्यहाँबाट कपिलवस्तु र लुम्बिनी भ्रमण गरि श्रावस्ती र यी स्थानको दिशा र दुरीसमेत आफ्नो यात्रा वृतान्तमा उल्लेख गरेका छन् । श्रावस्ती बौद्ध र जैन दुवै धर्मावलम्बीहरुको आस्थाको केन्द्र हो । श्रावस्तिको ऐतिहासिक पक्षको चर्चा अहिले यति मात्र गरौँ ।

 बाह्रौँ शताब्दिसम्म बौद्ध धर्मको प्रमुख केन्द्रका साथै प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको श्रावस्ती कालान्तरमा ओझेलमा पर्दै गयो र भग्नावशेषमा परिणत भएर मानिसहरुको सम्झनाबाट लोप भयो । भारतमा अंग्रेजी शासन स्थापित भएपछि बौद्ध स्थलहरुको खोजि गर्न थालियो । यसै क्रममा जनरल कनिंघमले (जसलाई फादर अफ इन्डियन आर्कियोलोजी भनिन्छ) फाहियानको यात्रा वृतान्तको आधारमा कपिलवस्तु र श्रावस्तिको खोजि शुरु गरे । सन् १८६३ को जनवरीबाट राप्ति नदीको दक्षिणमा अवस्थित सहेत महेत भन्ने स्थानमा उनले उत्खनन् गरे र त्यहाँ प्राचीन चिनिया यात्रीले देखेको भनिएको श्रावस्ती उल्लेखित स्तम्भ भेटिएको भन्दै त्यहि ठाउँ श्रावस्ती भएको ठहर गरे । (आर्कियोलोजिकल सर्भे अफ इन्डिया भोल्युम १, १८७१ पृष्ठ ३३०) । त्यसयता त्यहि ठाउँलाई श्रावस्ती मान्न थालियो र त्यहि स्थानमा नै उत्खनन, जिर्णोद्वार लगायतका कामहरु गरियो । अहिले श्रावस्ती भारतका प्रसिद्ध बौद्ध स्थलहरुको रुपमा विकसित भएको छ र वर्षेनी लाखौं बौद्धमार्गीहरू त्यहाँ जाने गरेका छन् ।

हुयान साङ्गको यात्रा वृतान्तअनुसार श्रावस्तीको क्षेत्रफल ४ हजार लि. (प्राचिन चिनिया लम्बाई एकाई) अर्थात ६६७ माइल रहेको थियो । घाघरा र हिमालको विचमा रहेको भनिएको सो क्षेत्रले अहिलेको नेपालको भूभाग पनि समेट्छ । यसैलाई आधार बनाएर केहि पुरातत्वविदहरुले राप्ति नदीको छेउँछाउँ बाँके जिल्लामा पनि श्रावस्ती हुनुपर्छ भनेर खोज गरेको भेटिन्छ । श्रावस्ती बाँके जिल्लामा पर्छ भनेर उल्लेख गर्ने व्यक्ति विन्सेट ए.स्मिथ हुन् । उनले सन् १८९६ मा कनिंघमको खोजमा आशंका व्यक्त गर्दै सहेत महेतको ६० माइल पश्चिम–उत्तरमा श्रावस्ती हुनुपर्छ भन्ने कुरा व्यक्त गरेका थिए ।(Remains near kasia in the Gorakhpur, 1896 page 4) त्यसको २ वर्ष पछी उनले नेपालगंज रोड रेलवे स्टेशन देखि १५ माइल उत्तरपूर्व नेपालमा राप्ति नदीको किनारमा श्रावस्ती हुनुपर्छ भन्ने विचार व्यक्त गरेका थिए ।

स्मिथले सहेत महेतमा नभई नेपालगन्जको छेउछाउ नै श्रावस्ती हुनुपर्छ भन्ने कुरा चिनिया यात्रीहरुले यात्रा वृतान्तमा उल्लेख गरेको दुरी र दिशाको आधारमा लेखेका थिए । द जर्नल अफ रोयल एशियाटिक सोसाइटी १९०० मा उनले श्रावस्तिको बारेमा लामो अनुसन्धनात्मक लेख लेखेर कनिंघमको ठोकुवामा शंका गरेका थिए । फाहियानले १३ योजन दक्षिण पूर्वमा कपिलवस्तु रहेको उल्लेख गरेका थिए भने हुयान सांगले ५०० लि (१२ योजन अर्थात ८३.५ माइल) दक्षिण पूर्वमा कपिलवस्तु रहेको उल्लेख गरेका छन् । यी दुवै चिनिया यात्रीहरुले उल्लेख गरेको दुरी लगभग उस्तै छ ।

यसैको आधारमा स्मिथले श्रावस्ती ८४ देखि ९० माइलको दुरीमा नेपालगंज देखि पूर्वोत्तर राप्ति नदीको किनारमा हुनुपर्ने ठहर गर्दै अर्का पुरातात्वविद डा.भोस्टलाई लिएर उक्त ठाउँमा गएका थिए । उनले त्यहाँ दुइवटा स्तुप र थुप्रै भग्नावशेषहरु भेटेको र स्थानीयले त्यो ठाउँको वरपर धेरै भग्नावशेषहरु भएको बताएपनि जान नभ्याएको कुरा जर्नलमा उल्लेख गरेका छन् (पृष्ठ ६) । सहेत महेत कपिलवस्तु देखि ५५ माइल दक्षिण पश्चिममा रहेकोले कनिंघमले उल्लेख गरेको सहेत महेत श्रावस्ती हुन नसक्ने उनको भनाइ छ । हुयान सांगको वर्णनमा तथागत बुद्ध जेतवन आउँदा अन्धकुटिमा रहेका ५०० जना अन्धा भक्तहरुले विलौना गरेको र त्यहि समयमा नजिकैको पहाडबाट चिसो हावा चलेर त्यहाँ रहेका सबैको दृष्टि फर्किएको कुरा उल्लेख भएकोले पनि श्रावस्ती पहाडको नजिकै हुनुपर्ने, जुन सहेत महेतमा नभएको स्मिथले उल्लेख गरेका छन् (पृष्ठ २१) । स्मिथको अनुमानमा पुरातात्वविद फुहररले बहराइच जिल्लामा पर्ने चर्दा भन्ने स्थानबाट १५ माइल उत्तर–पुर्व नेपालमा राप्ति नदीको पश्चिम किनारामा मटेरिया भन्ने ठाउँमा श्रावस्तीका पुरातात्विक अवशेष रहेको उल्लेख गरेपनि उनले सहेत महेत नै श्रावस्ती भनेको कुरा मोनोग्राफ अफ बुद्ध शाक्यमुनी बर्थप्लेस ईन नेपाल तराइ(१८९७) को पृष्ठ ३५ मा उल्लेख गरेका छन् । बौद्ध साहित्यमा श्रावस्ती अचिरावती (कतैकतै अजिरावती उल्लेख छ) को पश्चिमी किनारामा रहेको र त्यहाँबाट नदि दक्षिण–पुर्व बगेको उल्लेख भएको पाइन्छ । हालको राप्ति नदीलाई अचिरावती भएको बि.सी. लाले उल्लेख गरेका छन् (हिस्टोरिकल जिओग्रफि अफ अन्सिएन्ट इण्डिया,१९५४ पृष्ठ ६१) ।

यी अध्ययनहरुको आधारमा वर्तमान समयको पुरेनी, बालापुर क्षेत्र प्राचीन श्रावस्ती भएको अनुमान गर्न सकिन्छ । नेपालगन्जबासी प्राज्ञ सनत रेग्मीले सदभावको शहर नेपालगंज नामक पुस्तकमा “…. जे स्मिथले चन्द्र समशेरको पालामा कम्दी बालापुरमा ढिस्कोको उत्खनन गराई बौद्धकालिन नगरीको पत्ता लगाए । सो नगरी श्रावस्ती हुन सक्ने अनुमान लगाए । पछि सहेत महेतको उत्खननमा भारततर्फ श्रावस्तिको पत्ता लागेपछि त्यसलाई पुष्टि गर्न जे स्मिथले नेपालमा पाएको बौद्धकालिन नगरी श्रावस्थी होइन भनियो …“ भन्ने उल्लेख हुनुले अहिलेसम्म इतिहासको खोजी नभएपनि सचेत नागरिकले मनले भएपनि श्रावस्ती खोजीरहेको महशुस गर्न सकिन्छ ।

एउटा सहज प्रश्न उठ्छ–

हालको श्रावस्तीमा स्तम्भ कसरि भेटियो त ? सोझो शंका कनिंघमतपÞर्m नै तेर्सिन्छ । सन् १८६२ को जनवरीमा कनिंघमलाई सर्भेयर नियुक्त गरिएको थियो र उनलाई काम गरेर देखाउनु पर्ने थियो । बाँके जिल्ला भर्खर नेपाललाई दिएको बेलामा त्यो क्षेत्रमा सिमा छुट्याउने काम भएको थिएन र नेपालको प्रशासनिक उपस्थिति पनि दह्रो थिएन । त्यहि मौकाको फाइदा उठाउँदै राप्ति किनारबाट स्तम्भ र अन्य पुरातात्विक वस्तुहरु सहेत महेतमा लगेर त्यहाँ भेटिएको रिपोर्ट तयार हुन सक्छ । दोश्रो कुरा राप्ति नदीले धार परिवर्तन गर्न थालेपछि बाह्रौँ शताब्दीमा नै स्तम्भलाई मानिसहरुले सहेत महेत पु¥याएको र मानिस समेत ठाउँ सरेर गएपछि यो ठाउँ भग्नावशेष भएको हुनसक्छ ।

अर्को अनुमान के गर्न सकिन्छ भने चिनिया यात्रीहरुले देखेको स्तम्भ र अन्य संरचना बाँके जिल्लामा नै माटोमा पुरिएर रहेको हुनसक्छ, जसको अहिलेसम्म उत्खनन हुन सकेको छैन । चिनियाँ यात्रीहरुले वर्णन गरेको कपिलवस्तु र हालको श्रावस्ती विचको दुरी र दिशा मेल नखाएकोले बाँकेको राप्ति छेउछाउका क्षेत्रहरुको उत्खनन नगर्दासम्म प्राचीन श्रावस्ती यहिँ भएको अनुमान गर्ने आधारहरु यिनै हुन् ।

कुनै समय तिब्बतदेखि गङ्गासम्म फैलिएको खस राज्यका राजाहरुले बौद्ध धर्म पालना गरेको पाइन्छ । खस राजा क्राचल्लका छोरा अशोक चल्लका तीनवटा शिलालेख बोधगयामा पाइएका छन् । जसमध्ये लक्ष्मण सेन सम्बत ७४ बैशाखमा कँुदिएको एक शिलालेखमा उनलाई ”सपादलक्षसिपरी खसदेशराजाधिराज“ उल्लेख गरिएको छ । उनले बोधगयामा बुद्ध बिहार, बुध्द प्रतिमा र बौद्ध मन्दिर निर्माण गराएका थिए । लुम्बिनीको अशोक स्तम्भ र कपिलवस्तुको निग्लिसागरमा रहेको अशोक स्तम्भमा खस राजा रिपू मल्लको नाम र मितिसमेत उल्लेख गरिएको छ । श्रावस्तीमा भएको स्तम्भका लेखाइहरु पनि त्यहि आसपासमा लेखिएको पुरातात्वविदहरुले उल्लेख गरेका छन् । प्राचीन समयमा भारतको वनारसदेखि तिब्बतको मानसरोबर जाने बाटो राप्तीको किनार किनारै बाँके आएर सुर्खेत उपत्यका हँुदै जाने भएको र चुरेको घँेच हुँदै कपिलवस्तु, लुम्बिनी र कुशीनगर जान सकिने भएकोले यी दुबैको पायक पर्ने ठाउँमा बाँके जिल्लामा श्रावस्ती हुने आधारहरु छन् ।

खस राज्यको पतनसंगै बाँकेको किनारमा रहेको श्रावस्ती स्मृतिबाटसमेत हराएको मौकामा केहि गरेर देखाउने होडमा लागेका ब्रिटिस पुरातत्वविदहरुले भारतमा श्रावस्ती तयार गर्नु अचम्मको कुरा रहेन । धेरै ब्रिटिश र भारतीय पुरातत्वविदहरुले सहेत महेतलाई श्रावस्ती भनेपनि ऐतिहासिक तथ्यहरु र केहि अध्ययनहरुले बाँके जिल्लामा श्रावस्ती रहेको हुनसक्ने संकेत गरेका छन् । यति संकेत पाउँदापाउँदै पनि सम्भावित स्थानको पुरातात्विक खोज अहिलेसम्म नगरिनु दुखको कुरा हो ।

ब्रिटिश र भारतीयहरुले भारतमा श्रावस्ती पर्छ भनेर यकीन गरिसके भनेर चुप लागेर बस्नु हुँदैन । बाँकेको राप्ति पश्चिम किनारामा लुकेको प्राचीन इतिहासको खोजि गर्न ढिला गर्नु हुँदैन । रामग्रामदेखि कपिलवस्तुसम्म फैलिएको बुद्ध सर्किटमा बाँके पनि जोडियो भने नेपालको लागि गर्वको कुरा हुनेछ ।

यदि बाँकेमा श्रावस्ती हैन भन्ने प्रमाणहरु भेटिएछन् भने पनि स्मिथले खन्न नपाएको बालापुरको ढिस्काहरुको इतिहास त थाहा पाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission