ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

समस्या देख्दा चुप लाग्न अन्तरआत्माले नै मान्दैनः लम्साल

७ जेष्ठ २०७८, शुक्रबार
७ जेष्ठ २०७८, शुक्रबार

कोभिड –१९ संक्रमणको त्रासले आम नागरिकहरु घरभित्र बस्न बाध्य छन् । यस अवस्थामा सामाजिक भाव बोकेर केही ब्यक्तिहरु भने निरन्तर लागिरहेका पनि छन् । घरमा बिरामी पर्दा कतिपयले अस्पतालसम्म पुग्न सवारी साधन नपाएको अवस्था पनि छ । अस्पतालमा अक्सिजन र बेड अभाव भएको समाचार प्रकाशित भइरहेको छ ।

यस्तोमा देवदहका एक युवा तोयानाथ लम्साल भने केही साथीभाईसहित विपदमा निरन्तर खटिएका छन । बैदेशिक रोजगारको सिलसिलामा दुबई बसी फर्किएका उनी अहिले दुई वर्षदेखि देवदह क्षेत्रमा सामाजिक कार्यमा अग्रसर छन ।

सवारी साधन लिएर संक्रमितहरुलाई घरबाट अस्पताल लैजाने, घरमा रहेकालाई अक्सिजनको ब्यवस्थापन गर्ने काम गरेका छन । प्रवासी नेपाली एकता समाज मध्यपुर्व संयोजक समेत रहेका उनि विभिन्न संघसंस्थाहरुलाई अक्सिजन खरिदका लागि समेत आर्थिक सहयोग गरेका छन । विषम परिस्थितिमा आफ्नो स्वास्थ्यको जोखिम मोल्दै सामाजिक कामा अग्रसर रहेका उनै लम्सालसंग बुटवल टुडेकर्मी स्वस्तिक श्रेष्ठले गरेको कुराकानीको अंश ।

कोभिड संक्रमणको अवस्थामा पनि तपाई सामाजिक कार्यमा देखिनुहुन्छ, किन ?

कोभिड संक्रमणको दोस्रो लहरबाट त देशका नागरिकहरु गम्भिर अवस्थामा पुगेका छन । देवदह नगरपालिका क्षेत्र पनि अछुतो रहेन । दर्जनौ नागरिकले ज्यान गुमाउनु परेको छ । यस्तोमा नागरिकमा चेतना विकासका लागि सांकेतिक रुपमा आफनोतर्फबाट काम गर्दै आएको छु । मेरो पहलमा विशेष गरि शिक्षा, स्वस्थ्य, रोजगार, खेलकुद, कृषि क्षेत्रमा टेवा पुग्ने गरि चिन्तन मनन् गरि काम गर्दै आएको थिए ।

विगत २ वर्षदेखि नै समाजहितका लागि आफुलाई सर्मपित गर्दै आएको छु । अहिलेको कोभिड संक्रमणको महामारीमा झन म खुलेर अझ बढी समय दिएर लागिएको छु । नागरिकमा स्वस्थ्य मापदण्ड पालना गराउन सरकारबाट निर्देशन भएका कुराहरु पुर्याउन सहयोग गर्ने, स्थानिय सरकारलाई सहयोग र सुझाव दिने, जनतालाई सांकेतिक रुपमै भएपनि बाच्न र बचाउन सुसुचित गर्ने काम हामीले गरेका छौ ।

तपाईमा समाजसेवा गर्ने भावना कसरी जाग्यो ?
‘परोपकारः पुण्याय पापाय परपीडनम्’ भन्ने अठार पुराणको मुल सार बोकेको आख्यान मेरा अग्रजहरुबाट सुनेको थिए । जसको अर्थ हुन्छ अरुको उपकार गरे पुण्य हुन्छ र दुख दिए पाप ही श्लोकबाट म प्रभावित भएर सानो प्रयत्न र सहयोगबाट कसैलाई राम्रो हुन्छ भने किन अघि नबढ्ने भन्ने मनोभाव जागृत भयो, त्यसै स्वभावका साथीभाईहरुसंगै पनि हातेमालो हुनपुग्यो ।

कर्ममा टेवा मिल्ने साथीहरुको ठुलो साथ रहेको छ । एकातिर महामारी अर्कोतिर भोकमरीको अवस्था छ । ग्रामिण भेकका जनताको पिडा, अभाव सुन्दा र देख्दा चुप लागेर बस्न हाम्रो अन्तरआत्माले मानेन । मानविय सम्वेदनशिलता प्रति चासो लाग्यो । हाम्रो सानो प्रयत्नबाट नागरिकलाई समाजलाई र सिगो राष्ट्रलाई केही राहत मिल्छ भने किन कन्जुस्याई गर्ने ?

समाजको हित हुदा हाम्रो अहित हुदैन भन्ने लागेर मन, बिचार र स्वभाव मिल्ने साथीभाईहरु मिलेर हाम्रो क्षमताले भ्याएसम्म देवदह नगरपालिका क्षेत्रभित्र सामाजिक सेवा गर्दै आएका छौ ।

सहयोग पाएका ब्यक्तिहरु के भन्छन ?
विदेशमा रहेर पनि मैले धेरै सामाजिक कार्य गरे । स्वदेश फर्किएपछि अहिले मेरो लक्ष्य भनेकै सामाजिक हितमा लाग्नु नै हो । मैले नागरिकहरुमा परेको समस्यालाई आफनोतर्फबाट सक्ने सहयोग गर्दै आएको छु ।

सहयोग लिनुभएका ब्यक्तिहरु कृतज्ञ नै भएको पाएको छु । अहिलेको कोभिड संक्रमणको अवस्थामा त सहयोग लिने र नलिने सबैको प्रशंसा प्राप्त भएको छ । अझै उत्साहित बनाएको छ । यस बाहेकका विविध अप्ठयारोमा परेकालाई सहयोग जुटाईदिने विदेशमा पनि नेपालीलाई परेका कठिनाईमा सहभागी भई सहयोग गरेको छु ।

तपाईलाई सहयोग कसरी मिलेको छ ?
हामीले नगरपालिका क्षेत्रभरमा उपलब्धताका लागि सम्पर्क नम्बरहरु क्षेत्र, स्थल र ब्यक्तिहरुमार्फत सावर्जनिक गरेका छौ । आवश्यकताका आधारमा स्थानियले हामीलाई सम्पर्क गर्नहुन्छ र हामी सेवामा हाजिर हुन्छौ । समाजसेवा जस्तो पवित्र कर्ममा मलाई विशेष गरि मेरो परिवारबाट ठुलो साथ रहेको छ । यसैगरि अहिलेको अवस्थामा मलाई साथीभाईहरुबाट पूर्ण रुपमा साथ दिनुभएको छ ।

संक्रिमतलाई सवारीमा लैजाने ल्याउने काममा जोखिम पनि हुन्छ, यसबाट जोगिन कस्ता सावधानी अपनाउनुभएको छ ?
पक्कै पनि अहिलेको कोरोना भाईरस संक्रमितलाई सहयोग गर्नु भनेको सामान्य होईन । संक्रमित भन्ने बित्तिकै छरछिमेकबाट समेत सहायता नपाएको बेला हामीले सहयोग गरेर मानवता बचाउन सफल भएका छौ ।

हामीले स्वस्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गर्दै सावधानीका साथ काम गर्दै आएका छौ ।

अहिलेसम्म कस्ता व्यक्तिहरुलाई सहयोग गर्नुभयो?
नेपालमा कोभिड संक्रमण देखिनुभन्दा अघिबाट सामाजिक रुपान्तरका लागि आफनो क्षेत्रबाट योगदान दिदै आएको थिए । अहिलेसम्म ठ्याक्कै संख्या एकिन छैन । गाउटोलमा स्वस्थ्य सामग्री वितरण, खाद्यान्न सहयोग, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा पत्रकारहरुलाई मास्क, सेनिटाईजर वितरण गर्दै आएको छु ।

मास्क र साबुन, सेनिटाईजर प्रयोग गर्ने सचेतना जगाउन घरदैलो अभियान नै चलाऔ ।

हामीले चलाएको कामबाट धेरै क्षेत्रबाट प्रशंसा भएको छ । सयौ नागरिकले सहयोग पाएका छन । स्थानिय सरकारसंग समन्वयका साथ यो कार्यअघि बढाएका छौ । हालमा कोभिड संक्रमित वा अन्य बिरामी परेका जो असक्त, असहाय हुनुहुन्छ वहाहरुलाई सवारी साधनको अभावबाट हुनसक्ने अप्ठारो, छटपटीबाट छुटकारा दिलाउन निःशुल्क रुपमा घरदेखि अस्पतालसम्म पुग्न र पिसिआर परिक्षण गराउन सवारी साधनको ब्यवस्था गरेका छौ ।

कुनै पक्ष संघसंस्थाबाट आर्थिक सहयोग लिएका छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission