ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

गाउँ ब्यूँताउने अवसर

७ जेष्ठ २०७८, शुक्रबार
७ जेष्ठ २०७८, शुक्रबार

कोरोना कहर बढेकोले सरकारले २०७६ चैत्र ५ देखि शैक्षिक संस्थाहरु बन्द गर्ने घोषणा गरेपछि शहरमा पढ्न बसेका बालबालिका र उनीहरुलाई पढाउन ल्याएका अविभावकहरु गाउँँ फर्कने क्रम शुरु भएको थियो । त्यसको सातादिन नपुग्दै सरकारले देशभर लकडाउन लागु गरेपछि शहरमा बस्ने धेरै मानिसहरु हतारहतार आफ्नो गाउँँघर फर्केका थिए । शहरमा गएकाहरु मात्र नभई विदेशमा गएकाहरुले समेत आफ्नो हरसम्भव जुक्ति लगाउँर गाउँँ फर्केका थिए ।

अरु वर्षमा दशैको बेलामा मात्र गाउँँमा चहलपहल बढ्ने गथ्र्याे तर गतवर्ष पहिलोपटक दशैँ नआउदै गाउँँघरमा चहलपहल बढेको थियो । समय विताउनकै लागि भएपनि खेतबारीका काम गर्न जानेहरुको संख्या बढेकोले खेतबारीहरु हरिया देखिन थालेका थिए । खेतबारीमा काम गरेका, तरकारी फलाएका, गाउँँमा सामाजिक कार्य गरेका तस्विरहरु सामाजिक संजालहरुमा प्रसस्तै आए । गाउँमै नयाँ काम गरेका , आम्दानीको बाटो खोजेका समाचारहरु मिडियामा प्रसस्तै आए । तर यो उत्साह लामो समयसम्म रहन सकेन । कोरोना कहर कम हुदै जादा गाउँँबाट शहर र विदेश फर्कनेहरूको लर्को लाग्न थाल्यो । कोहि पढ्ने बहानामा त कोहि रोजगारीको लागि भन्दै गाउँँ छोड्दै गए । गाउँँमा स्थायी व्यवसाय शुरु गरेका युवाहरु बाहेक अरु सबैले गाउँ छोडे । २०७७ को उत्तरार्धमा आउदा त गाउँँघरहरु विगतका दशैँ पछिका गाउँँजस्तै हुन पुगे ।

जनजीवन सामान्य बन्दै गैरहेकै बेलामा चैत्रदेखि फेरी कोरोनाको दोश्रो लहर शुरु भयो । पहिलो लहरमा जस्तो देशभरी एकैपटक लकडाउन नभएको र स्कूले विद्यार्थीहरुको वार्षिक परिक्षा समेत नभएकोले यसपाली पोहोर जस्तो हुल बाँधेर गाउँँ फर्केको देखिएको छैन । गाउँँबाट शहरमा अस्थायी रुपमा बस्नेहरु मध्ये ठुलो संख्या विद्यार्थी तथा उनका संरक्षक, निजि क्षेत्रमा काम गर्ने वा दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकका साथै रेमिट्यान्समा आश्रित परिवार हुन् । यिनै मानिसहरु गत वर्षको लकडाउनमा गाउँँ फर्किएका थिए । त्यसैले कोभिडको असर बढ्दै जादा रोजगारी धमाधम कटौती हुनेछ र रेमिट्यान्स आउँने क्रम पक्कैपनि धेरै कम हुनेछ र देशकै शहरी क्षेत्रमा उत्पादन र वितरणको असन्तुलनले गर्दा दैनिक जीवनयापन महँगो हुनेछ । यस्तो अवस्थामा रेमिट्यान्समा आश्रितहरुको शहर बसाइ कष्टकर हुने भएकोले गाउँँ फर्कने र फर्कन इच्छा गर्नेहरुको संख्या निस्चयपनि बढ्नेछ ।

अहिले गाउँँ फर्कने लहर रहर नभएर बाध्यात्मक र आकस्मिक अवस्था हो । गतवर्ष गाउँँ पÞmर्किएकाहरुले आफुलाई पुनः गाउँमै फर्कनु पर्ला भन्ने सोचेकै थिएनन, त्यसैले केहि दिनको गाउँँको बसाइलाई रमाइलोको रुपमा लिएका थिए । महामारीले जीवनयापन जटिल बनाएकोले मानिसहरु अब गाउँमै बस्लान र गाउँँ पहिलेजस्तै जीवन्त होला भन्ने झिनो आशा थियो. तर वाध्यताले गाउँँमा बस्न पुगेका र सामाजिक संजालमा राख्ने तस्विर खिच्न र समय कटाउँन खेतबारीमा काम गर्न पुगेकाहरु कोरोनाको कहर कम हुनासाथ शहर र विदेश फर्किसकेकाले गाउँँले मानिसहको साथ पाउने र आफुलाई चलायमान हुने अवसर नै पाएन । गत वर्षको प्रवृतिलाई हेर्दा अहिले गाउँँ फर्किएका मान्छेहरु गाउँँमा नै बसिरहने र गाउँँ बौरिने आशा गर्नु व्यर्थ छ । तर कोरोना कहरले विस्वकै अर्थतन्त्रलाई कमजोर बनाएकोले बाहिर फर्केर जीवनयापन गर्न पनि त्यति सहज छैन । भूकम्प, नाकाबन्दी, हड्ताल र रोगको कारणले शहरिया बसाइ कष्टकर रहेछ भन्ने चेत धेरै नेपालीलाई भएकोले गाउँँ बस्ने चाहना विकसित भैरहेको अवस्थामा स्थानीय सरकारले गाउँँको विकासको लागी गरेका प्रयत्न र गाउँँमा पुगेका सुविधाले गर्दा पनि गाउँँमा बस्न खोज्ने प्रवृति बढ्ने झिनो आशा भने गर्न सकिन्छ ।

गाउँँमा किन अडिएँनन मान्छेहरु ?
कोभिड १९ को कारणले शहरी क्षेत्रको बसाई कठिन भएपनि मानिसहरु महामारीको अवस्था सामान्य नहुदै किन मानिसहरु गाउँबाट फर्किए? किन मानिसहरुलाई गाउँमै राख्न सकिएन? यी कुराहरुको समिक्षा नगरी कोरोना सिर्जित बसाइसराइको विश्लेषण गर्न सकिदैन । विगतमा गाउँँ छोडर शहरमा बस्न चाहनुको मुख्य कारण माओबादी जनयुद्ध, शिक्षा स्वास्थ्य र सडक जस्ता आधारभूत आवस्यकताहरुको कमि र न्यून आम्दानि थियो । द्वन्दको कारणले आर्थिक हैसियत राम्रो भएका मानिसहरु र बौद्धिक मानिसहरु गाउँबाट शहर सर्दा धन र ज्ञान मात्र बाहिर गएन, गाउँँको विकासको सम्भावना र आर्थिक क्रियाकलाप समेत बाहिरिन पुग्यो । धनि र बौद्धिक ब्यक्तिहरु संगै युवाहरु रोजगारीको नाममा गाउँँ छोड्दै गएपछि गाउँहरु अझ सुविधा विहिन हुन पुगे , जसले २०५० पछि गाउँँ नै रित्तिनेगरी बसाइसराई गरायो ।

पहिलेपहिले शहर र विदेशमा गएर कमाएपनि गाउँमै खर्च गर्ने चलन थियो,तर माओबादी द्वन्दपछी गाउँमा पैसा गएन ।. सकेसम्म शहरमा घर बनाएर बस्ने,नसके भाडामै बसेर भएपनि छोराछोरी पढाउने, रोजगारी गर्ने भन्ने धारणा विकास भएकोले गाउँँ छोड्ने क्रम तिब्र हुदै गयो । अहिले गाउँ छोड्नेहरुमा ठुलो हिस्सा ४० वर्ष मुनिको छ । यी मानिसहरु थोरै समय मात्र गाउँँसंग परिचित भएका छन् या त गाउँँलाई भोग्नै पाएकै छैनन् ।. यस्ता मानिसहरुमा गाउँँप्रती अपनत्व हुने कुरै भएन, त्यसैले यो पुस्ताले गाउँमा टिक्न चाहन्न । पहाडका धेरै गाउँँमा बाटो पुगेपनि यातायात सहज छैन । शहरी र विदेशी सुविधामा अभ्यस्त हुदै गएको युवा पुस्तालाई चाहिएका सहज इन्टरनेट, रेस्टुरेन्ट, सपिंग मलदेखि राम्रा स्कूल र अस्पताल छैनन् यिनै कारणलाइ देखाएर पछिल्लो पुस्ता गाउँँबाट भाग्न चाहिरहेको छ । यस्तो अवस्थामा कोरोनाको डरले गाउँँ पुगेका मान्छेहरु गाउँँमा टिक्ने कुरै भएन ।

गाउँँ फर्केकाहरूलाई टिकाउने कसरी ?
कोरोनाको दोश्रो लहरले मानिसलाई फेरी गाउँ फर्काएको छ । विगतका समस्याको समिक्षा गर्दै गाउँँलाई ब्युँताउने अवसर दिएको छ । अब पनि यो अवसरलाई बेलैमा सदुपयोग गर्न सकिएन भने गाउँँहरु कहिल्यै माथि उठ्न सक्नेछैनन । गाउँँ फर्केकाहरूलाई गाउँँमै टिकाउन र गाउँँलाई उन्नत, उत्पादनशील र आत्मनिर्भर बनाउन केहि कामहरु तत्कालै गर्नै पर्छ । त्यस्ता केहि कामहरु निम्न छन् ।

क.स्वास्थ्य क्षेत्रको सबलीकरण
कोरोना अहिले प्रत्येक गाउँ वस्तिमै पुगिसकेको छ । कुनबेला कसलाई कोरोना पोजिटिभ देखिने हो र मरिने हो भन्ने त्रास छ । गाउँमा पिसिआर चेक गर्ने सुविधा नहुनु, आइसोलेशन , अक्सिजन, औषधि र अन्य उपकरण तथा स्वास्थ्यकर्मी सहितको अस्पताल नहुनु जस्ता कारणले मानिसलाई गाउँमा बसेमा उपचार नपाएर मरिन्छ भन्ने डर छ । प्रत्येक गाउँ÷वार्डमा आइसीयुयुक्त अस्पताल खोल्न त तत्कालै सम्भव नहोला तर चेकचाज छिटो गर्ने, तत्कालिन उपचार छिटो गर्ने र समस्या परेकालाई छिटो सुविधासम्पन्न ठाउमा पु¥याउने व्यवस्थाको ग्यारेन्टी स्थानीय सरकारले गर्ने र यस्तो सुविधाहरुलाई स्थायित्व दिने ग्यारेन्टी गर्ने हो भने मानिसहरुलाई कोरोनाकाल र त्यसपछि पनि गाउँमै रोक्न सकिनेछ ।

ख. शैक्षिक सस्थाको सवलिकरण
गाउँका विद्यालयहरु पढ्ने बालबालिकाहरु नभएकोले धमाधम बन्द भैरहेका छन् भने गाउँका बालबालिकाहरु पढ्नको लागि शहर पसिरहेका छन् । लकडाउनकोबेलामा शहरी क्षेत्रमा वैकल्पिक माध्यमबाट पढाई हुदा पनि विद्युत, इन्टरनेट र दक्ष जनशक्तिको अभावमा गाउँका विद्यालयले पढाईलाई निरन्तरता दिन सकेनन । गाउँमा त पढ्नै सकिन्न भन्नेलाई यो राम्रो बाहाना मिलेको थियो । गाउँका विद्यालयलाई सुविधा सम्पन्न बनाउने हो भने विद्यार्थीलाई गाउँमै रोक्न सकिन्छ । अहिले बालबालिकाहरु गाउँँ फर्किएका छन् । यो सुनौलो अवसरमा स्थानिय सरकारले गाउँँघरमा भएका विद्यालयहरुको पुनर्सरचना गरेर नया व्यवस्थापन, आवस्यक विषयगत शिक्षकको व्यवस्था गरेर विद्यालयहरु संचालन गर्ने हो भने बालबालिकालाई उतै रोक्न सकिन्छ ।

अहिले शहरमा बसेर राम्रा स्कूलमा न्यून ज्यालामा पढाइरहेका युवाहरु पनि गाउँँ फर्किएका छन् । यस्ता युवाहरुलाई शिक्षकको रुपमा नियुक्त गरेर गाउँँका विद्यालयप्रति समुदायको विस्वास जगाउँँन सकिन्छ । गाउँँमै बालबालिका पढाउने परिवारको लागि विशेष सुविधा उपलब्ध गराएर पनि गाउँँका विद्यालयहरुमा विद्यार्थी संख्या बढाउन र स्तरीय शिक्षाको व्यवस्था गर्न सकिन्छ । यसो भएमा पढ्नको लागि गाउँँ छोड्ने प्रवृतिलाई रोक्न सकिन्छ ।

ग. अनुभव उपयोग गर्ने अवसर
गाउँँ फर्कनेहरुले शरीर मात्र लिएर फर्केका छैनन्, बिभिन्न क्षेत्रमा काम गरेका अनुभव र ज्ञान समेत लिएर आएका छन् । गत वर्ष गाउँ फर्किएका केहि युवाहरुले गाउँमा केहि गर्ने सोचले व्यवसायिक कृषि, पशुपालन, फलफुल खेति, पर्यटन ब्यवसाय गर्न शुरु गरेका थिए । तर सरकारको सहयोगको अभाव, बजारको अभाव जस्ता कारणले उनीहरुले राम्रोसंग काम गर्न सकेनन र कोरोना कहर कम हुनासाथ काम छोडेर अन्यत्र लागे । गतवर्षको अनुभवबाट पाठ सिकेर तीनै तहका सरकारले युवाहरुको सिप उपयोग गर्ने कार्यक्रम ल्याउनुपर्छ । गाउँँ फर्केका यस्ता मानिसहरुको पहिचान गर्ने, सीपयुक्त जनशक्ति गाउँँ फर्कन चाहेमा उसलाई सहयोग गर्ने ग्यारेन्टी दिने गरि आव्हान गर्ने र त्यस्ता मानिसहरु जम्मा गरि अनुभव र सिप अनुसार कार्य गर्नको लागि आवस्यक आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराउने हो भने मानिसहरु गाउँँघरमै बसेर उत्पादनमूलक काम गर्न सक्छन् , उनीहरुले आफ्नो अनुभव बाड्न पाउने छन् । स्थानीय सरकारहरुले यी कार्यहरु गर्ने हो भने प्रत्येक पालिकाहरु आत्मनिर्भर र उत्पादनशिल हुन्छन् । गाउँँघरमै बसेर आफ्नो सिप प्रयोग गरि आय आर्जन गर्न सकिने भएमा वयस्कहरु गाउँँ छोडेर बाहिर जाने छैनन् ।

घ. कृषिमा सहयोग
मानिसलाई चाहिने कृषि नै रहेछ भन्ने कुरामो महसुस अहिले धेरैले गरेका छन् र गाउँँ फर्केकाहरु कृषिकार्य गर्न पनि तयार छन् भन्ने देखिएको छ । अहिलेकै अवस्थामा गरिएको रहरको कृषिकर्मले मानिसलाई गाउँँमा राख्न सक्दैन । त्यसैले गाउँँमा कृषिको आधुनिकीकरण गर्ने, कृषि उपकरण र बिउ मल उपलब्ध गराउने अनि सिचाइको व्यवस्था गर्ने हो भने व्यवसायिक कृषि गर्न सकिन्छ । तराईमा अन्न र पहाडमा तरकारी तथा फलफुल उत्पादनमा स्थानीय सरकारले सहयोग गर्ने र उत्पादित वस्तुलाई बजारको व्यवस्था गरिदिने हो भने गाउँँको कृषिले गाउँँलाई माथि उठाउन सक्छ । त्यसबाहेक प्रत्येक वस्तिसंग जोडिएर रहेका सामुदायिक वनहरुमा जडिबुटी र वन्य खेति गर्न सघाउने, वनमा आधारित उद्यम गर्न सघाउने हो भनेपनि श्रमशक्तिलाई काममा लगाउन र उत्पादन लिन सकिनेछ । अहिले अन्य विकास निर्माणका कामहरु गर्न नसकिने अवस्था आएकोले स्थानीय र प्रदेश सरकारले आफ्नो बजेटलाई रकमान्तर गरि कृषि क्षेत्रलाई दिने हो भने गाउँँलाई माथि उठाउन सकिन्छ ।

ङ. श्रमशक्ति व्यवस्थापन
अहिले पहाडी क्षेत्रमा काम गर्न गएकाहरु तराईका आफ्ना गाउँँघरमा फर्किएका दृष्यहरु हेर्दा पहाडी क्षेत्रमा काम गर्ने मानिसहरु नभएर बाहिरबाट मानिसहरु जानु परेको स्पष्ट देखिन्छ । एकातर्फ आफ्नो पालिकाका मानिसहरु कामको खोजीमा शहर र विदेश गैरहेका छन्् भने अर्कोतर्फ पालिका भित्रका कामहरु गर्नको लागि बाहिरबाट मजदुर ल्याउनुपर्ने बाध्यता छ । स्थानीय पालिकाहरुले सामान्य सहजीकरण गर्ने हो भने यो अवस्थालाई अन्त्य गर्न सकिन्छ । पालिकाहरुले आफ्नो क्षेत्रका सबै किसिमका श्रमशाक्तिहरुको सुची तयार गर्ने र आफ्नो पालिकामा बाहिरबाट काम गर्न आउने क्रमलाई रोकेर पहिले स्थानीय श्रमिकलाई नै काममा लगाउँँने नीति ल्याउने हो भने खासगरी पहाडी क्षेत्रमा विकास निर्माण कार्यमा स्थानीयले रोजगारी पाउछन् र गाउँँ छोड्ने प्रवृतिमा कमि आउन सक्छ ।

हरेक समस्याले अवसर पनि लिएर आएको हुन्छ । अहिले कोरोनाको कहरले मानिसहरुलाई गाउँँघरमा फर्काएको छ । आत्मनिर्भर र संयमित हुनुपर्छ भन्ने सिकाएको छ । प्राकृतिक जीवनशैली र खानपिन गर्नुपर्ने रहेछ भन्ने महसुश गराएको छ । यो सिकाइ र भोगाइलाई अवसरको रुपमा लिन सक्नुपर्छ । गाउँँ फर्किएका मानिसलाई गाउँँमै रोक्न र शहर र विदेशमा रहेकालाई गाउँँमा फर्काउन कोशिस गर्ने यो राम्रो अवसर हो । जुन समस्याको कारणले मानिसहरु गाउँँघर छोडेर शहर र विदेश गएका छन्, ति सबै समस्याहरु तत्कालै समाधान गर्न त सकिदैन, तरपनि गाउँँमै बस्ने न्यूनतम आधारहरु भने पक्कैपनि निर्माण गर्न सकिन्छ । स्थानीय सरकारले कोरोना विरुद्धको कार्यक्रममा यी कार्यक्रम पनि समावेश गर्ने हो भने मुर्झाएका हाम्रा गाउँँघरहरु पक्कैपनि ब्यूतने छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?