ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

कोभिड–१९ र राजनीति

२४ बैशाख २०७८, शुक्रबार
२४ बैशाख २०७८, शुक्रबार

मानिसहरूलाई कोभिड–१९ महामारीको भेलले लपेटिरहेका बेला नेपालका राजनैतिक दलका नेताहरू मात्रहोइन बुद्धिजीवी, पत्रकार, मानवअधिकारकर्मी र राजनैतिक फाइदाको अनुभव लिइसकेका सर्बसाधारणहरूसमेत सत्ता राजनीतिको क्रिया–प्रतिक्रियात्मक षड्यन्त्र र अफवाह फैलाउन हदैसम्म लागिरहेको हुँदा आममानिसहरूमा निराशा र तनाव बढेको छ । नयाँ भेरियन्टसहितको कोभिड–१९ बाट भारतका विभिन्न ठाउँहरूमा गम्भीर असर परेको र नेपालसँगको खुला सिमाना, अर्थ तथा सामाजिक सम्बन्ध र केहीमात्रामा कुम्भ मेलामा सहभागिहरूबाट नेपालमा कोरोना भाइरस संक्रमण बढ्यो । गतवर्ष दुई जनामात्र संक्रमित भएको अवस्थामाशुरूमै लकडाउन गरिएको थियो । त्यसैले गतवर्ष क्षति कमभएको थियो । दूर्भाग्य कम क्षति भएको सुखदपक्षको तुलनामा चाँडै हतारमा लकडाउन गरियो भन्ने आरोप सरकारले सबैतिरबाट खानु प¥यो । विभिन्न व्यवसायीहरूले आर्थिक कारोबारसँग सम्बन्ध राखेर विरोध गरे तापनि सरकारले सत्ता जोगाउनकालागि लकडाउन गरेको हो भनेर राजनीतिकरण पनि गरियो ।

गतवर्ष संघ र स्थानीय सरकारहरू महामारी व्यवस्थानमा बढी सक्रिय देखिए भने प्रदेश सरकारहरूले अपेक्षित भूमिका नखेलेको आरोप खाए । यसपटक भने संक्रमण छिटो द्रूतगतिमा फैलियो । तराई, पहाड र उच्च पहाड क्षेत्रमा पनि असर देखिएको छ । अझ अहिले संक्रमित व्यक्तिमा ४–५ दिनमै लक्षण देखिने र त्यसपछिका ४–५ दिनमै सुधार हुन थाल्ने वा बिरामी मर्ने भएको पाइएको छ । कतिपय विरामी एक्कासी बेहोस् हुने र अस्पताल पु¥याउँदा पु¥याउँदै मृत्यु हुने गरेको छ । तसर्थ मानिसहरू भन्न थालेका छन् कि कोभिड–१९ कति खतरा छ भन्ने आफै वा आफु नजिकको व्यक्ति संक्रमित भएपछि मात्र थाहा हुन्छ । यसपटक परीक्षण गरिएकामध्ये संक्रमितको दर बढी देखिएको छ । त्यसैगरी मृत्यु हुनेमा तन्नेरी र हेर्दा हृष्टपुष्ट देखिनेहरू बढी छन् । गतवर्ष गाउँ शहरभन्दा तुलनात्मक रूपमा सुरक्षित झैं लाग्थ्यो । अहिले भने कोभिड–१९ कुनाकुना फैलिएको छ । कोभिड–१९ विरुद्ध खोप लगाउने कार्य चरणवद्ध रूपमा हुँदै थियो । मानिसहरूमा आशा पलाएको थियो । मानिसहरू विस्तारै पेशा व्यवसायतर्फ सरिक हुँदै थिए । तर पुनःमहामारी फैलिएपछि जिल्लाजिल्लामा निषेधाज्ञा लागू गरिएको छ । फेरि मानिसहरू घरमै सिमित भएका छन् ।

सामाजिक सञ्जालमा मानिसहरू हतास हुने खालका टिप्पणी आइरहेका छन् । एम्बुलेन्स पाइएको छैन । अस्पताल टाढा छ । अस्पतालमा अक्सिजन छैन । अस्पतालमा बेड छैन । सर्बसाधारणलाई अस्पतालमा भर्ना हुन मुश्किल छ । आदिआदि । यसैगरी लास र बिरामीका तस्वीरले फेसबुक भरिए । यी सामग्रीले आम मानिसको मनोबल कमजोर गराएको पाइयो । केहीप्रचार यसरी गरियो कि कसैसँग मेल खायो भने हतासमै मर्ने भयो । सामाजिक सञ्जालमा धेरै टिप्पणी आइरहेका छन् कि यसप्रकारका हतोत्साहित गर्ने विषयवस्तु सम्प्रेषण गर्नु हँुदैन । सरकारले तीब्र गतिमा कोभिड विशेष अस्पताल निर्माण गर्न सेनालाई भनेको छ । नेपालगञ्जमा स्वास्थ्यकर्मीको विशेष थप टोली पठाइएको छ । विभिन्न अस्पतालले अक्सिजन उत्पादन गर्न थालेका छन् । प्रदेश सरकारहरूले पनि अस्पतालमा बेड थप्ने काम थालेका छन् । स्थानीय सरकारहरूले पनि आइसोलेशन सेन्टर र अक्सिजनसहित अस्पताल बनाउन थालेका छन् । जब मानिसहरू मर्न थाले, केही हदसम्म प्रयाश थालिएका छन् । यी प्रयाशका बारेमा खासै प्रचार भएको पाईंदैन । सरकारी कामको प्रचार गर्दा सरकारको प्रसंशा हुनेभन्दा बढी जनचेतना बढ्ने र मानिसहरूले सेवासुविधा उपभोग गर्न पाउने छन् । सरकारी गतिविधिमात्र पर्याप्त हुँदैन । व्यक्ति, संघसंस्थाको पनि बुद्धिमानी निर्णय र योगदान हुनुपर्छ । केहीदिन पहिले सरकारले विद्यालय बन्दगर्ने बारेमा छलफल चलायो । तर कुरा मिलेन । सरकारी प्रस्ताव अटेर गर्दै विद्यालय सञ्चालन निरन्तर भयो । अनि विद्यार्थी र शिक्षकहरूसमेत संक्रमित भए र मृत्युसमेत भयो । पसलेहरू संक्रमित भैरहेका छन् । बाटोमा लखरलखर हिँड्नेको कमी छैन । मास्क लगाउनसमेत अटेर गरी पुलिसले कारवाही गर्नुपर्ने स्थिति छ । आफैमाथि बज्रपात नपरेसम्म बुद्धि नपलाउने चरित्र अहिले पनि देखियो । सामान्य जस्ता लाग्ने ठाउँहरू एकाएक महामारीको चपेटामा परेका छन् । स्वास्थ्यकर्मी समेत बिरामी परेका छन् । डाक्टरहरूले विभिन्न सन्देशमूलक भनाइहरू सार्वजनिक गरिरहेका छन् ।

कोभिड–१९ महामारीले मुलुकको अर्थतन्त्रमा प्रभाव पारेको छ । मानिसहरूको रोजगारी गुमेको छ । दैनिकज्याला मजदूरी गरेर खानेहरू कामविहीन बनेका छन् । बालबालिका टुहुरा बनेका छन् । अभिभावक सन्तानविहीन बनेका छन् । घरकै सदस्य विरामीपर्दा भेट्न पाइएको छैन । घरकै सदस्य मर्दा मलामीजानपाइएको छैन । यसले आममानिसको आर्थिक, सामाजिक, संवेगात्मक क्षति कहालीलाग्दो छ । यी सबै दुःख वेदनाहरूप्रति राजनैतिक दलका नेता र कार्यकर्ताहरूमा कुनै गम्भीरता देखिएन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड–१९ सम्बन्धमा एक दिन पत्रकार सम्मेलन गरेर अलिकति सरोकार राखेजस्तो गरे । सरकारसामु विभिन्न माग राखे । तर प्रधानमन्त्री के पि ओलीलाई अत्यन्त घृणा गर्ने र सरकार ढाल्नका लागि हदैसम्म प्रयाश गर्ने नेता तथा कार्यकर्ताले महामारीको व्यवस्थापनको बारेमा केही बोलेको पाइएन । सरकारको विरोध गर्न विभिन्न नाटकीय नौटंकी गर्नेहरूले कोभिड–१९ रोकथामकालागि निर्बाचन क्षेत्रमा अस्पताल निर्माण वा बेड थप वा अक्सिजन आपूर्तिका सम्बन्धमा किन बोल्दैनन् ? कुनै व्यक्तिको पद जोगाउन वा खोस्न फ्लोर क्रस गर्ने वादल नै परिवर्तन गर्नेहरूले मेरो निर्बाचन क्षेत्रमा डाक्टर र २५ बेड अक्सिजनसहितको अस्पताल एक हप्ताभित्र निर्माण नभए दल परिवर्तन गर्छु भनेर वक्तव्य निकालेको ख्वै ? ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने दलहरूले मानिसहरूको स्वास्थ्य, जिविका, विकास निर्माण लगायतका आधार देखाएको ख्वै ? नेताहरूको अभिव्यक्ति र व्यवहारबाट स्पष्ट हुन्छ कि उहाँहरूलाई चिन्ता कुर्चीको छ । धेरै वर्षदेखिका समूहगत तुष बल्झिएर अल्सर भएको छ । तसर्थ अहिले अन्धभक्त वा विरोधीमात्र मैदानमा देखिएका छन् । परिस्थितिको सही विश्लेषण र निकासका कुरा गर्नेहरू किनारा लगाइएका छन् । अपवित्र, अप्रत्यासित र अपत्यारिला गठबन्धनका भरमा टिक्ने, बिक्ने, मनाउने, बनाउने र भत्काउने सबै क्रियाकलापहरूले लामो संघर्षबाट प्राप्त उपलब्धि बिगार्ने र गुमाउने मात्रभएको छ । अहिले हीलोको आहालमा लतपलितएका सबै नेता कार्यकर्ताले पक्कै पनि केहीस्तरको योगदान गरेकैकारण नेपालको राजनैतिक विकासक्रम यहाँसम्म बढेको हो यद्यपि यहाँहरूका तिगडमबाजीका कारण अपेक्षित राजनैतिक र विशेषगरी आर्थिक, साँस्कृतिक विकास हुन सकेको छैन ।

विगत लामो समयसम्म स्थिर सरकारको अभावमा विकास निर्माणका काम भएनन् भन्ने ठानेर पछिल्लो निर्बाचनमा बामपन्थीहरूको गठबन्धनलाई जनताले चाहिने जति मत दिएका हुन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीचको एकता देखेर खुशीभएका मतदाता जब दल तथा सरकारका पदीय भागबण्डामा कुरा मिलेन, फाटो सिर्जना भयो । मन्न्त्रालय, आयोगहरू, दुताबास लगायतका राजनैतिक नियुक्तिमा चित्तबुझेन । पार्टी एकता भयो तर सत्ता र नियुक्तिमा साझेदारीको हिस्सा चित्त बुझेन । पद र व्यक्तिका बारेमा पोखिएको असन्तुष्टि बढ्दै गयो । वार्ता भए । कुरा मिलेन । मन फुट्यो । केपि र प्रचण्डको मन कुँढिएका बेला माधवकुमार नेपाल पनि खेल्न थाले । त्यसपछि क्रियाकलापहरू छताछुल्ल भए । मन मिल्नै पर्छ भन्ने छैन । मन नमिलेपछि अलग हुने सोझो तरिका हो । तर सत्ताकाकारण इमान्दारितापूर्वक अलग हुन अप्ठेरो रहेछ । दल, चुनाव चिन्ह, संसदमा उपस्थिति संरचना, वर्तमान राज्यव्यवस्थाका विशेषताहरू र दलवा गूटीय स्वार्थ र गूटको व्यवस्थापनकालागि पनि नेताहरू खेलाडि बन्नपुगे । मैदानमा उत्रिएपछि हीलो धूलो लाग्नु स्वाभाविक हो । तर यसपटक एकअर्कालाई होच्याउने र ङिच्याउने क्रममा उच्चतहका नेता र कनिष्ट नेता वा सिर्फ वैयक्तिक फाइदाकालागि कसैको पछि लाग्ने आसेपासेका वीचमा भिन्नता देखिएन । नेताहरूले सार्वजनिक मञ्च वा सञ्चार माध्यममा बोलेका शब्दहरूमात्र होइन आफूले बोकेका आदर्शसँग असंगत गठबन्धन वा क्रियाकलाप गरिरहँदा अधिकांश मानिसहरू चलनचल्तीका नेताहरूबाट निराश भएका छन् । उनीहरूले तातै खाऔं जल्दै मरौंजस्तो गर्नाले औकात र हैसियत घटाएका छन् । यसले नेताहरूको अहित गर्ने मात्रहोइन देशमा राजनैतिक अस्थिरता बढ्ने र विकास निर्माण अझ पछाडि धकेलिने निश्चित छ । तसर्थ कोभिड–१९ महामारीबाट सिर्जित विपद, नेता कार्यकर्ताहरूको भविष्य, देशमा राजनैतिक स्थायीत्व र समृद्धिका खातिर राजनैतिक सुझबुझ र समझदारीका आधारमा चल्न सक्नुमै सबैको भलाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?