© २०२३
अरु बेला सेवाग्राहीको भिडभाड हुने महिला तथा बालबालिका कार्यालय अहिले सुनसान छ । कार्यालयमा कुनै चहलपहल छैन । कर्मचारीको संख्या नगन्य छ । जति छन् उनीहरुको जिम्मेवारी छैन । प्रमुख शोभा शाह दैनिक कार्यालयमा हाजिर हुन्छिन् । पहिले हाजिरी कपीमा हाजिर गरेपछि दिनभर गर्ने कामको योजना बुन्ने उनी अहिले बेकामे जस्तो भएर बस्नुपरेको छ ।भन्छिन्् –‘ न कार्यालयको टुङ्गो छ नत कामकै । अहिले जे निर्देशन आएको छ, त्यसै अनुसार काम भइरहेको छ ।’
शोभा शाहलाई सबैभन्दा समस्या पारेको छ, कार्यालय प्रमुखको पदले । त्यो पद अहिले नरहेपनि बिभिन्न क्षेत्रका अगुवाहरुले महिला तथा बालबालिकाका बिषयमा हुने कार्यक्रममा उनलाई बोलाइरहन्छन् । तर शोभा जाँने गरेकी छैनन् । ‘के भनेर जाने ?पद नै छैन । त्यही भएर कही जाने गरेकी छैन ।’— शाहले भनिन् । उनले अहिले केन्द्रमा बिबरण बुझाउने काम भने दैनिक गरिरहेकी छन् ।
महिला तथा बालबालिकाका कार्यालय जस्तै समस्या पशु सेवा कार्यालय बाँकेका कर्मचारीलाई पनि छ । त्यहाँका प्रमुख बेदबहादुर केसीलाई केहीदिन अघि कार्यालय प्रमुखको बैठकमा बोलाईयो । तर आफु पदमै नभएका कारण उनलाई त्यहाँ जान मन लागेन । उनी गएनन् । उक्त कार्यालयका कर्मचारी कर्मध्वज छत्यालले हाजिर गर्ने र कार्यालय कुर्ने बाहेक अरु केही काम नरहेको बताए । सरकारले चाँडै जिम्मेवारी दिने कुरामा उनी ढुक्क छन् ।
पशुसेवा कार्यालय खारेज भइसक्दा समेत सूचनाको कमीले अधिकांस सेवाग्राही आफ्ना पशुको उपचारका लागि अहिले पनि त्यहाँ पुग्छन् । कर्मचारीले अहिले उपचार गरिदिन्छन् पनि । खारेज भएको भन्दै त्यसै पन्छ््याउने काम भने नगरेको छत्यायालले बताए । केन्द्र सरकारले जिल्लामा रहने १८ वटा सरकारी कार्यालय खारेज गर्ने निर्णय कार्यान्वयन गरेको थियो । तर त्यहाँ काम गर्ने कर्मचारीको व्यवस्थापन नगर्दा कर्मचारीहरु बेकामे भएर बस्नु परेको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी