ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

नेत्र पन्थीको चीन यात्रालाई नियाल्दा

८ बैशाख २०७८, बुधबार
८ बैशाख २०७८, बुधबार

गत चैत्र २८ गतेको कुरा हो । दिउँसो अचानक नेत्र पन्थीजी हाम्रो घरमा आउनु भयो । उहाँ केही वर्षदेखि हाम्रो घरमा आउनु भएको थिएन । नेता मान्छे ब्यस्तताले पनि होला वा राजनीति गर्ने मान्छे भएकोले हामीसँग काम नपरेर पनि हुन सक्छ । अहिले मदनजी बिरामी हुनुहुन्छ भन्ने सुनेर होला भेटघाटका लागि आउनु भयो । शुरुमा मैले यही बुझें । उहाँहरु दुबै बसेर सन्चो विसन्चो आदान प्रदान गर्नु भयो । म चिया पानीतिर लागें । त्यति नै बेला उहाँले एउटा पुस्तक निकालेर मलाई दिंदै भन्नुभयो, “दुर्गा बहिनीले यो पुस्तक पढेर यस बारे सुझाव सल्लाह दिएर केही लेखिदिनु पर्यो” । मैले भनेँ, नेत्र दाइ पुस्तक त मैले पढ्छु । तर तपाईँ जस्तो राष्ट्रिय स्तरको ब्यक्तित्वले लेखेको पुस्तकको बारेमा सुझाव दिने, समीक्षा गर्ने मेरो कहाँ हैसियत छ र ? फेरि म समीक्षक पनि होइन, सुझाव दिन केही जान्नु पर्यो नि । म त सामान्य देखे सुनेका कुराको कनिकुथी लेख्ने मान्छेले तपाईंको पुस्तकबारे के लेख्ने ? फेरि म पुस्तक लोकार्पण कार्यक्रममा पनि भइन । त्यहाँ उपस्थित भएको भए सायद अरुले पुस्तक बारे बोलेका कुरा सुनेर केही धारणा बनाउने थिएं र केही लेख्थें होला ।

उहाँले दोहोराउँदै भन्नुभयोः “पुस्तक पढेपछि तपाइँलाई जे लाग्छ त्यही लेखिदिनु”। त्यही कुरा हुँदै थियो । हाम्रा चीर परिचित अर्का ब्यक्तित्व उमानाथ कंडेलजी पनि टुप्लुक्क हाम्रो घरमा आउनु भयो । उहाँ बाटाघाटा भेट हुँदा बोले पनि आजकल हाम्रो घरमा त्यति आउने मान्छे होइन । यो संयोग थियो वा नेत्र दाइले यहीँ भेट्ने भनेर बोलाउनु भएको थियो थाहा भएन । नेत्र दाइले उमानाथजीलाई पनि पुस्तक दिनु भयो । उहाँहरु दुबै पहाड छँदा संगै पढेका सहपाठी रे । कंडेलजीलाई पुस्तक दिएको केही समयपछि नेत्रजी बाहिरीनु भयो । कंडेलजी केही समय हामीसंग बसेर स्वास्थ्य बारे कुराकानी गर्दै बस्नु भयो ।

पुस्तक त लिएँ । मलाई मन पर्ने विषय पनि यात्रा निवन्ध वा यात्रा साहित्य नै हो । यात्रा साहित्यमा झुटमुटका कुरा हुँदैनन् । त्यहाँ आफैले प्रत्यक्ष देखेका, अवलोकन गरेका, सुनेका कुरा हुन्छन् र ती सत्य हुन्छन् । त्यसैले मलाई मन पर्ने यात्रा साहित्य नै हो । पुस्तक लिएपछि अव पढेर के लेख्ने भनेर मलाई छट्पटी भयो । पुस्तक नपढी लेख्ने कुरा आएन । पढ्न त पर्यो नै भन्दै पुस्तक मुसारें । बाहिरी कभरमै माओ त्से तुङगको स्टेचु मुनी नेत्रजीको पनि माओले जस्तै हात उठाएको तस्वीर रहेछ । माथिपट्टी चीन भ्रमण यात्रा संस्मरण शिर्षक लेखिएको छ भने अन्तिम कभरको बाहिरी भागमा नेत्रजी कुनै पार्कजस्तो हरियाली देखिने ठाउँमा खिचिएको मुस्काएको तस्वीर छ । साथै उहाँको ब्यक्तिगत बिवरण पनि छ । ६५ पृष्ठमा समेटिएको पुस्तकको मूल्य १६५ राखिएको छ ।

लेखक तथा प्रकाशक आफै नेत्रजी हुँनुहुदो रहेछ । उहाँले लेखे अनुसार उहाँ सन् २०१६ मा अमेरिका भ्रमणबाट फर्के पछि उहाँलाई चीन भ्रमण गर्ने तिब्र इच्छा जागेको रहेछ । अमेरिका भ्रमण उहाँले ब्यक्तिगत रुपमा गर्नु भएको थियो होला । त्यसपछि चीन हेर्ने तिब्र इच्छा भएको रहेछ । सानो देश भए पनि जनयुद्धले थलिएर आक्रान्त भएकोले हुन सक्छ, विशाल देश र धेरै जनसंख्या भएको चीनमा राजनैतिक स्थिरता, शान्ति र समृद्धि कसरी संभव भए होला भन्ने जिज्ञासाले उहाँलाई कुत्कुताएको रहेछ । त्यो आशक्ति बल्ल २०७७ मा पुरा भएछ । चिनियाँ साहित्य पढ्दा नै चीन प्रति बढेको भ्रणको इच्छा बल्ल ७७ मा पुराभएको रहेछ ।

सतहत्तरमा उहाँलाई शान्सी प्रान्तको ऐतिहासिक सहर सियान भ्रमण गर्ने अवसर जुरेछ । सरकारी रकमबाट आन्तरिक वा बाह्य जुनसुकै देशका भ्रमण गर्न होस् वा कुनै तालिम सेमिनारमा भाग लिन जान होस्, ठूलै मान्छेसंगको पहुँच चाहिन्छ नेपालमा । ठूला मान्छेको आशिर्बाद चाहिन्छ । बिना पहुँच, बिना आशिर्बाद सरकारी कोटाबाट कोही कहीँ जान सक्दैन । जतिसुकै इच्छा शक्ति भए पनि । नेताहरुको नजरमा पर्ने ब्यक्ति भाग्यमानी हुन् । चाहे ती क्षमतावान होउन् वा नहोउन् । केही फरक पर्दैन । आजसम्म कति नेपालीहरुले सरकारी कोटामा बिदेशको भ्रमण गरेर, सभा सम्मेलनमा भाग लिएर आए, तालिममा भाग लिएर आए उनीहरुले देशमा आएर के के उल्लेख्य काम गरे त्यो गर्भमै छ ।

हो नेत्रजीलाई पनि त्यस्तै एउटा अवसर आएछ । उहाँलाई मात्र होइन प्रदेश ५ का साना ठूला नेतागण, इन्जिनियर, मेयर, उपमेयर, पत्रकार, महिला नेत्री लगायत २५ जनाको टोलीलाई नेकपा महासचिव एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले भ्रमण गर्ने मौका जुराइदिनु भएछ । बल्ल नेत्रजीको सपना पुरा हुने भएछ । उहाँहरुको टोली ९ जनवरी २०२० को मध्य रातमा चाइनाको सियान सहर पुग्योे । प्रदेश र नगर सरकारकै प्रमुख अनि प्रतिनिधि भएर गएपछि त्यहाँ पनि उही किसिमको स्वागत सम्मान अनि खानपान मिल्ने नै भयो । उहाहरुँलाई पनि त्यो सम्मान मिल्यो । युनिभर्सिटीमा राखिएको तालिम प्रशिक्षण कार्यक्रममा उहाँहरु सबै सहभागी हुनु भयो, धेरै कुरा सिक्नु भयो, थाहा पाउनु भयो । त्यस सहरको बिश्व विद्यालयको इतिहास थाहा पाउनु भयो । त्यस कार्यक्रममा चीनको सियान नगरका लागि अबैतनिक राजदुत डा. राजिव झाले रात्रीभोज दिनु भएछ । बुटवलमा बीआरआई अन्तर्गत बिकास गर्न सकिने कुरा पनि भएछन् । विश्व बिद्यालयका अध्यक्षले विश्व विद्यालयमा अध्ययन हुने विषयबारे बिस्तृत जानकारी गराउनु भएछ । उहाँहरुले त्यहाँको भरपुर शैक्षिक जानकारी लिनु भयो ।

उद्घाटन सत्र पछि गएका मध्ये केही नेपाल फर्केछन् भने २१ जना १८ जनवरीसम्म त्यहाँ बसेर त्यहाँका गतिबिधिमा सहभागी भएपछि नेपाल फर्कनु भएछ ।

त्यहाँको तालिम अवधिमा बस्दा उहाँहरुले बीआरआई देखि सरकारी काममा सूचना प्रबिधिको बिकास र प्रयोग, जनता र सरकारका बीच सुचनाको आदान प्रदान, सूचना प्रबिधिको खोज अनुसन्धान, कृषिको बिकास कसरी गर्न सकिन्छ भन्ने बारे जानकारी लिनु भएको कुरा कितावमा उल्लेख छ । त्यसका साथै उहाँहरुले सियानको इतिहास, राष्ट्रिय कानुन, प्रयोगात्मक प्रदर्शन केन्द्रको अवलोकन गर्दै त्यहाँको संग्रहालय, बीआरआईले नेपाललाई पुराउने फाइदा , हानको सभ्यता, कला संस्कृति, उत्पादन, चीनमा रहेको आतङ्कबाद, नेपाल चीन बीचको सम्बन्ध, खानपान, मठ मन्दिर, बौद्ध गुम्बा, मस्जीद, बाटाघाटा पर्खाल सबै अवलोकन गर्न भ्याउनु भएछ । राष्ट्रियस्तका प्रदेशस्तरका, नगरस्तरका ब्यक्तित्व, पत्रकार समेत सहभागी भएको त्यो भ्रमणबाट गरिएमा पक्कै पनि देशलाई फाइदा नै पुग्ला र देश दुई कदम अगाडी बढ्नेमा पनि कुनै शंका रहेन । अझै नेत्रजीले हालका चीनियाँ राष्ट्रपति सि जिन पिङ्गको संघर्षमय जीवनी पुरै लेख्नु भएको छ । यो जीवनी पढेपछि जसको पनि जीउ जिरिङ्ग हुन्छ ।

लाग्छ चीन त्यसै शक्तिशाली र आत्मनिर्भर देश भएको होइन । सि जस्ता अनेक युवाहरुको आत्मबल, कडा परिश्रम र संघर्षले चीन भएको रहेछ भन्ने बुझाउँछ पढ्दा । अहिले चीनको माथिल्लो तहमा तिनै कर्मठ, परिश्रमी र संघर्षशील ब्यक्ति बिराजमान छन् । त्यसैले चीन आज आर्थिक हिसावले बिश्वलाई टक्कर दिने भइ सकेको छ ।

हाम्रा अगुवाहरुले पनि बिदेशमा हासिल गरेको अनुभव स्वदेशमा लागु गर्न सकेमा हाम्रो देश पनि माथि उठ्न बेर लाग्दैनथ्यो । १९८० को दशकतिर समान हैसियतमा रहेका नेपाल र चीन २०२१ समम्म आइपुग्दा नेपाल बामे सर्दैछ भने चीनले धेरै उल्लेखनीय फड्को मारेको छ । तर नेपालका राजनेताहरु बिदेश भ्रमण जान्छन् हेरेर आउँछन् । सरकारी सम्पत्तिमा सैल सपाटा गर्छन् । मात्र गछन् । प्रगति कछुवाको चाल । त्यहाँ सिकेका सुनेका तथ्याङ्क र चीनको बिकासको विवरण केही त्यहाँको भूगोल ,कला संस्कति धर्म, मठ मन्दिरको बिवरण र सि को जीवनी यस पुस्तकमा उल्लेख छ ।
मलाई एउटा कुरा के लागेको छ भने यहाँ पुस्तकमा बिआरआईको चर्चा धेरै भएको छ तर नेपालमा धेरै चर्चामा आएको एमसीसी प्रकरण बारे त्यो पुस्तकमा कहीँ केही उल्लेख छैन । एमसीसी पास भएमा नेपालका लागि फाइदा वा नोक्सान के हुने भन्ने बारे कतै चर्चा गरेको पाइएन । लेख्न थालेपछि आफुले पढ्दा महशुस गरेका कमि कमजोरी पनि कोट्याउँनै पर्यो । नत्र त गुणगान गाउने भाट मात्र भइन्छ ।

भनिन्छ यात्राले मानिसलाई धेरै कुराको जानकारी गराउँछ । ज्ञान दिन्छ । नेत्रजीको अगुवाइमा भएको यो भ्रमण टोलीले पनि भरपुर जानकारी प्राप्त गरे होला । यो पुस्तकलाई यात्रा संस्मरण भनिएको छ । यात्रा संस्मरण भनेको यात्रा साहित्य हो । यात्रा साहित्यमा आफुले देखे सुनेका, महशुस गरेका कुराको सरर्र वर्णन मात्र नभएर पढ्दा भाषाको मिठास, सिलसिला, लालित्यता पनि हुन्छ यात्रा साहित्यमा । जुन पुस्तक पढ्दा पढ्ने मान्छे आफै पनि संगसंगै घुमेजस्तो भान हुन्छ । अथवा आफुले देखे सुनेका अनुभवका कुरालाई मनमा गाँठो बाँधेर ल्याई घरमा आएपछि गाई भंैसीले खाएर बसेर ओकल्दै पाहुर काढेजस्तै पाहुर काड्दै लेख्दै गर्ने हो । डायरीमा टिपोट त हुनै पर्यो तिथि मितिका कुराको ।

यस पुस्तकमा पनि ती कुराहरु त छन् तर कलेजका बिद्यार्थीहरुलाई क्लास लिने खालले तथ्याङ्कहरु समाबेश गरिएको छ । तिनै कुराहरुलाई अलि फरक खालले सिलसिला मिलाएर लेखेको भए अर्कै मिठास हुन्थ्यो । हुन त मैले नबुझेर पनि हुन सक्छ । ठूला साहित्यकार लेखकले बुझे होलान् । यो पुस्तक यात्रा साहित्य नभएर, आधा भाग तालिमको प्रतिबेदन र आधा भाग राष्ट्रपति सि जि पिङ्गको जीवनी मैले पाएँ । यदि यो पुस्तक नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटी देखि पार्टीको तल्लो तहका कमिटीहरुलाई समेत यही पुस्तकलाई आधार बनाएर प्रशिक्षण दिनेहो भने उनीहरुमा केही चेत आउने थियो जस्तो लाग्यो बिशेषगरी सि को जीवनी बारे पढ्दा । हुन त सि का जीवनीबारे चीनमा थुप्रै पुस्तकहरु निस्केका होलान् । यो एउटा संक्षिप्त जीवनी मात्र हो । यस्तै सि का संघर्षमय जीवनी नेपालीमा उल्था गरेर कमिटी भित्रका युवाहरुलाई बाँड्न सकेमा पनि देश बिकासका लागि कठिन परिश्रम गर्नु पर्ने कुराको चेत खुल्ने थियो भन्ने लाग्छ ।

जे होस् नेत्रजीले आफुले चीन भ्रमणमा आर्जन गरेको ज्ञान पुस्तकको रुपमा प्रकाशित गरेर अरुलाई पनि जानकारी लिने अवसर दिनु भएको छ । त्यसकोलागि नेत्रजीलाई धन्यबाद दिनै पर्छ । पुस्तक प्रकाशित गर्नु आफैमा कठिन काम हो । तर पनि उहाँले प्रकाशित गरेर सबैको हात हातमा पुराउनु भएकोमा हार्दिक बधाइ एव आगामी भ्रमणका पनि पुस्तकहरु यसरी नै आउन् शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission