ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

तालिमको गुणस्तर

३ पुष २०७७, शुक्रबार
३ पुष २०७७, शुक्रबार

विभिन्न विधामा दैनिक भैरहेका तालिम कार्यक्रमहरूको गुणस्तर कायम गर्नुपर्ने देखिन्छ । तालिमको प्रभावकारिता तालिम सिपको प्रयोग र त्यसबाट राम्रो नतिजा आउन सकेमा सकारात्मक प्रभाव परेको प्रमाणित हुन्छ । तालिम आयोजक, प्रशिक्षक र प्रशिक्षार्थी छनोट, व्यवस्थापन, तालिम पाठ्यक्रम र सत्र सञ्चालन जस्ता पक्षहरूको स्तरीयताले तालिमको गुणस्तर निर्धारण गर्दछ । तालिमको प्रभावकारिता बढाउने प्रमुख आधारका रूपमा तालिमको गुणस्तरलाई मान्नु पर्दछ । तसर्थ हरेक तालिमको व्यवहारमा प्रयोग हुन नसकेको गुनासो बढिरहेको अवस्थामा तालिमको गुणस्तर बृद्धि गर्नु आवश्यक छ ।

१. तालिम आयोजनाः

नेपालमा पछिल्ला केही वर्षमा सञ्चालित तालिममा विषयवस्तु क्षेत्रको विज्ञता अभाव देखिन्छ । कतिपय सामाजिक, आर्थिक, शैक्षिक क्षेत्रमा संस्थागत तथा सरोकारवालाहरूको क्षमता बृद्धि वा अन्तरक्रिया आदिका नाममा विषयवस्तुसँग कममात्र परिचित व्यक्तिहरूले कार्यक्रम आयोजना गर्ने गरेका छन् । उदाहरणका लागि विभिन्न सरकारी कार्यक्रमको सामाजिक लेखा परीक्षण कुनै गैरसरकारी संस्थामार्फत गरिएको हुन्छ । तर त्यो संस्थाका मानिसहरूको शैक्षिक वा प्राविधिक पृष्टभूमिको कुनै आधार देखिँदैन । कहिलेकाहीँ प्राविधिक कार्य गर्ने कार्यालयका कार्यालय प्रमुख र प्राविधिकहरूका वीच द्वन्द्व भएको सुनिन्छ । यस प्रकारको द्वन्द्व हुनु स्वाभाविक हो । वास्तवमा प्राविधिक वा विषयगत ज्ञान भएको नेतृत्वले तालिम कार्यक्रम आयोजना गर्दछ भने तालिमका लागि अन्य व्यवस्थापकीय कार्यमा आवश्यक व्यवस्था गर्न सक्दछ । उदाहरणका लागि कुनै शिक्षा तालिम प्रदायक कार्यालय वा संस्थामा विज्ञान विषय अध्ययन गरेको व्यक्ति प्रमुख हुनु र नेपाली भाषा अध्ययन गरेको व्यक्ति प्रमुख हुनुले विज्ञान विषयको तालिम सञ्चालन व्यवस्थामा पक्कै पनि फरक प्रभाव पर्दछ । सूचना प्रविधिमा दख्खल भएको व्यक्तिले फ्रि वाइफाइको व्यवस्था गर्छ । अन्यथा वाइफाइको पासकोड लुकाउँछ । सूचना प्रविधिको प्रयोगमा अङ्कुश लगाउने वा कम चासो राख्ने गर्दछ । तालिममा आवश्यक पर्ने विभिन्न सामग्री, उपकरण लगायतका कारण तालिमको गुणस्तर निर्धारण हुन्छ । यीनको उचित व्यवस्थापनका लागि आयोजकको ठूलो भूमिका रहन्छ ।

२. प्रशिक्षक छनोट:

तालिमको गुणस्तर कायम गर्न प्रशिक्षक सहजकर्ताको ठूलो भूमिका हुन्छ । विषयवस्तु विज्ञता, प्रस्तुतिकरण र व्यक्तित्व जस्ता पक्षले प्रशिक्षकको हैसियत निर्धारण गर्दछ । प्रशिक्षक एउटा आदर्श व्यक्तित्व र सबै सहभागी प्रशिक्षार्थीले विश्वास गरेको व्यक्ति हुनु पर्दछ । सम्बन्धित विषयवस्तु प्रशिक्षणका साथै त्यस क्षेत्रका विविध पक्षमा कार्य गरेको हुनु पर्दछ । सहभागीसँगको सम्बन्ध, तयारी, समय पालना, समावेशिता, सुनाइ तथा सञ्चार सिप जस्ता महत्वपूर्ण पक्षमा प्रशिक्षकको परीक्षण सहभागीले गरिरहेका हुन्छन् । अरूमा परेको प्रभावका आधारमा मूल्याङ्कन हुने र सेवाग्राहीको सन्तुष्टि नै प्रशिक्षकको निरन्तरताको आधार हो । तसर्थ योग्यता वा कलेज जीवनको आधारमा प्रशिक्षकको हैसियत बन्ने होइन । हरेक तालिम सत्रमा प्रदर्शित व्यवहारले प्रशिक्षकको पेशागत भविष्य सुनिश्चित गर्दछ । तसर्थ तालिम कार्यक्रमको विषयवस्तु, सहभागी प्रशिक्षार्थीहरूको स्तर, प्रशिक्षकका पेशागत, सामाजिक र वैयक्तिक गुण तथा व्यक्तित्वका आधारमा प्रशिक्षक छनोट हुन सक्यो भने मात्र तालिमको गुणस्तर कायम हुन्छ ।

३. प्रशिक्षार्थीको छनोटः

तालिमको सफलता र गुणस्तर कायम गर्नमा सहभागी प्रशिक्षार्थीहरूको ठूलो भूमिका रहन्छ । अधिकांश तालिममा उही व्यक्ति सहभागी हुने वा विषयगत क्षेत्रमा संलग्न नभैरहेको व्यक्ति संलग्न हुनाले तालिम प्रभावकारिता बढ्दैन । उदाहरणका लागि तरकारी खेति नगर्ने वा सामान्य घरको निर्वाह मात्र गर्ने व्यक्तिलाई आलु खेति र शित भण्डारणसम्बन्धि तालिमको के अर्थ ? कक्षा १ मा नपढाउने शिक्षकलाई एकीकृत पाठ्यक्रम तालिमको के अर्थ ? सहभागीको आवश्यकता, अनुभव र तत्काल उपयोग हुन सक्ने विषयवस्तु भएमा मात्र सभागीले तालिम सत्रमा जिज्ञासा राख्ने, रुचि राख्ने, अन्तरक्रिया गर्ने गर्दछन् । प्रशिक्षकको एकल प्रयाशबाट मात्र तालिम प्रभावकारि हुदैन । तसर्थ तालिम कार्यक्रमको विषयवस्तु अनुसार उपयुक्त सहभागी छनोट गर्नु आवश्यक हुन्छ ।

४.व्यवस्थापनः

तालिम व्यवस्थापन भन्नाले तालिम सञ्चालन पूर्व र तालिम पश्चात्का व्यवस्थापकीय पक्ष, सञ्चार, सुविधाको प्रबन्ध जस्ता पक्ष पर्दछन् । अघोषित रुपमा प्रभाव पार्ने यी पक्षले तालिम क्रियाकलापमा सहभागिताका लागि उत्प्रेरणा थप्दछन् । तालिम दर्ता, विश्वसनीय मूल्याङ्कन र परीक्षा, नतिजा सञ्चार, प्रमाणीकरण, पेशागत बृद्धि र बृत्ति विकास, अन्य प्रशासनिक प्रबन्धबारे जानकारी र अभिलेखीकरण जस्ता पक्ष महत्वपूर्ण हुन्छन् । तालिममा प्रयोग हुने सामग्री, सञ्चार प्रविधि, उपकरण, फर्निचर आदिको गुणस्तर पनि प्रभाव पार्ने कारक हुन् । समय व्यवस्थापन सबैका लागि अपरिहार्य बन्दछ । कहिलेकाहीँ विषयवस्तु र व्यवस्थापकीय पक्षमा आयोजक र सहभागीका वीचमा भिन्न बुझाइ भैरहेको हुनसक्छ । तसर्थ प्रभावकारी सञ्चार सिप आवश्यक पर्दछ ।

५. तालिम पाठ्यक्रमः

तालिम सधैँ निश्चित पाठ्यक्रममा आधारित हुन्छ । आम प्रयोगमा आउने राष्ट्रिय वा स्थानीय पाठ्यक्रमले नै तालिम निर्देशित गर्दछ । तालिमको उद्देश्य निश्चित हुन्छ । तालिमको समय निश्चित हुन्छ । तालिममा सहजीकरण क्रियाकलाप निश्चित गरिएको हुन्छ । समय, विषयवस्तु र प्रक्रियागत सीमामा रहेर तालिम सत्र सञ्चालन हुन्छ । यसबाहेक प्रशिक्षक, प्रशिक्षार्थी र साधनस्रोतको सीमा पनि रहेको हुन्छ । प्रशिक्षार्थीका विविध अनुभवजन्य सिकाइका कारण उत्पन्न जिज्ञासाको समाधान तत्काल गर्ने वा समाधानको स्रोत बताउने गर्नु पर्दछ । पाठ्यक्रममा समाविष्ट विषयवस्तु सहभागीको तालिम आवश्यकता विश्लेषणमा आधारित, तत्काल उपयोग हुने विषयवस्तु र उपयुक्त स्तरीकरण गरिएको हुनुपर्दछ । जानेबुझेको कुराको पुनरावृत्ति र नवीनतम ज्ञानको साक्षात्कार गर्ने पाठ्यक्रम आवश्यक पर्दछ । पाठ्यक्रम कार्यान्वयनमा लचकता अपनाउने अवसर हुनु पर्दछ ।

६. तालिम सत्र सञ्चालनः

तालिमको गुणस्तरको प्रमुख आधार तालिम सत्र सञ्चालन प्रक्रिया हो । सत्र सञ्चालनका क्रममा सहजकर्ताको बोली, स्वर, गति आदि, भौतिक उपस्थिति, चाल, कक्षाकोठाभित्र हिँडडुल जस्ता पक्ष पनि ध्यान दिनु आवश्यक छ । तालिमको विषयवस्तुको चित्रात्मक प्रस्तुति, खोजमूलक, अनुभव तथा प्रयोगमा आधारित ज्ञान, सक्रिय सहभागिता, अन्तरक्रिया, प्रविधि उपयोग जस्ता कार्यबाट प्रस्तुति रूचिपूर्ण बन्दछ । स्पष्ट निर्देशन, सञ्चार, क्रियाकलाप निर्माण, स्तरअनुसारको क्रियाकलापले क्रियाकलाप गर्न उत्प्रेरणा थप्दछ । खेल विधि, परियोजना विधि, समूह कार्य, डिजिटल टुर जस्ता विधि अपनाउनाले तालिम सत्र प्रभावकारी बन्दछ । तालिम क्रियाकलाप सञ्चालनका लागि आवश्यक सामग्री, औजार उपकरण, स्थान, समयको पर्याप्तता चाहिन्छ । यी सामान तथा साधनको निपूर्ण तरिकाले उपयोग गर्दै सत्र सञ्चालन गर्नु आवश्यक हुन्छ । तालिम क्रियाकलाप र प्रस्तुतिमा विविधता अपरिहार्य हुन्छ ।

तालिमको सफलतासँगै यसको प्रभावकारिताका बारेमा चर्चा हुने भएकोले तालिम कार्यक्रमको गुणस्तर सुनिश्चित गर्नु आवश्यक छ । तर तालिम कक्षको शिक्षणसिकाइ वातावरण धेरै मात्रामा कृत्रिम तरिकाले बनाइएको हुन्छ । व्यवहारमा प्रयोग हुने वास्तविक अवस्था फरक हुन्छ । त्यसैले फरक अवस्थामा तालिम सिपको उपयोग गर्ने कला प्रशिक्षार्थीमा हुनु पर्दछ । यसको अभावमा तालिम पाठ्यक्रममै व्यवहारिक क्रियात्मक सिपको अभ्यास गर्ने अवसर दिइएको हुनु पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?