ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

उखु किसान र समृद्धि

२ पुष २०७७, बिहीबार
२ पुष २०७७, बिहीबार

यो मंसिर पुष महिनाको चिसोमा सर्लाहीका किसान आन्दोलन गर्न काठमाण्डौ पुगेका छन् । यो उनीहरुको रहर होइन बाध्यता हो । दुखजिलो गरेर,ऋण काडेर घरबारी बन्धक राखेर लगाएको उँखु खेती उँखु मिलहरुले लगेर पैसा नदिएपछि आन्दोलनमा जाने बाध्यता सिर्जना भएको हो । आँखाभरि आँसु लिएर उनीहरुले आप्mना कुरा संचारकर्मीलाई सुनाइरहेका देखिन्छन् ।

उँखु खेतीगर्न लिएको ऋण र त्यसको ब्याज तिर्न घर घडेरी बेचेर पनि पुग्दैन । घर खेत बेचेपछि परिवार कहाँ राख्ने के खुवाएर पाल्ने ? त्यसैले उनीहरु सरकारसंग गुहार माग्न काठमाण्डौ पुगेका हुन् । किसानका यी आँसुले मिल मालिक र सरकारलाई न सराप्ला त ? पक्कै सराप्छ । यो लेख लेखिरहँदा मलाई आफैले नेपालीको कितावमा पढेको किसानको रहर भन्ने कविता याद आयो । कविताको शुरुको अंश यस्तो थियो ।

“सानै छ खेत सानै छ बारी सानै छ जहान
नगरे काम पुग्दैन खान साँझ र बिहान ”

यो किसान कविता हामीले आजभन्दा पचपन्न साठी वर्ष पहिले पढेका हौँ । अहिले पनि उत्तिकै सान्दर्भिक लाग्छ । हो किसानलाई खेतमा काम नगरेसम्म खान लाउन जहान परिवार पाल्न पुग्दैन । किसानले आफुलाई पुग्ने अन्नपात घर राखेर बाँकी बेचेपछि शहर बजारमा बस्नेले खेती नभएकाले किनेर खाने हो । वास्तवमा देशको आर्थिक आधार पनि कृषि नै हो र कृषिलाई महत्व नदिए देश उँभो लाग्दैन । एक समय हाम्रो देश कृषि प्रधान देश थियो र देशका ९५ प्रतिशत मानिस खेती गर्थे । कति छिटै देश कृषि प्रधानबाट शहर बजार प्रधान बन्दै गयो । खेती गर्ने सम्मा ठाउँहरु घर घडेरी बन्दै गए । चाहे ती तराईका खेत होउन वा पहाड, र उपत्यकाका । बसाइ सराइ र जनसंख्याको बृद्धिले खेतहरु खण्डीकरण बन्दै गए । त्यसमाथि जग्गा दलालको विगबिगीले त गर्नुसम्म गरयो । पहाडका डाँडाकाडामा मानिस बस्न छाडे र सम्मा ठाउँ खोज्न थाले । सम्मो र खेतीयोग्य जमिन घरघडेरीमा बिक्री हुँदै गए । अहिले मानिसलाई बाँच्ने आधार दिने कृषि र कृषक पेशा नै कमजोर बन्दै गईरहेको छ । देशका ठूला नेताहरुका मुखारविन्दबाट समृद्धिका कुरा धेरै सुनियो । समृद्धिको मुख्य अर्थ केहो मलाई थाहा छैन । मैले अनुमान गरेअनुसार समृद्धिको अर्थ सबै कुराले सम्पन्न भएको देश भन्ने बुझ्छु मैले । अझै भन्नुपर्दा, भोकानाङ्गा रहित देश, अनैतिक, अपराधी रहीत देश, शोषण दमन, भ्रष्टाचार, घुष मुक्त देश, र सम्पन्न बिकसित देश हो भन्ने बुझ्छु मैले । देश समुन्नत र बिकसित कुराले मात्र होइन काम र सरकारको ब्यवहारले देखिन्छ । हामीले अरु देशको बिकास देखेर आहा भन्छौं । ती देशमा पनि समृद्धि आकाशबाट खसेको होइन । योजना बनाएर योजनाअनुसार काम सम्पन्न गरेर नै भएको हो । भाषण र कागजी कामले बिकास पनि कागजमै मात्र सिमित हुन्छ नतिजा देखिँदैन । यहाँ सबैले देख्नेगरि नतिजा चाहिन्छ । रेमिटयान्स् भित्राउने लोभमा जमिन बाँझै राखेर युवालाई बिदेश पठाएर देशको विकास हुँदैन । बाँकीलाई पनि रोजगारीको कुनै आधार छैन । कसरी समृद्ध देश बन्ने होला ?

अहिले सर्लाहीका उँखु किसान आन्दोलनमा छन् । उनीहरु अन्न वालीभन्दा नगदेबाली उँखुखेतीमा आर्षित भए । अनि आप्mनो जमिन मात्र नभएर जमिन्दार महाजनका खेतहरु लिजमा लिएर ,ऋण धन गरेर उँखु खेती गरे । उँखु तयार भएपछि चिनीमिलहरुले उँखु त लिए तर पैसा दिएन्न् । केवल अश्वासन मात्र बाँडिरहे । अव किसानले के गर्ने ? माग्न जाँदा मिल मालिक भेटिदैन या त भाखा राखेर फर्काईदिन्छ । अव किसानसंग न अन्न छ खानलाई न पैसा छ किनेर खानलाई । यस्तो अवस्थामा आन्दोलनको विकल्प त रहँदैन भेटाएसम्म मिल मालिकहरुलाई बाँधेर कठघरामा पुराउनुको बिकल्प रहँदैन । उता किसानलाई खानकोलागि उँखु मासेर अन्न लगाउँन पनि एकवर्ष कुर्नुपर्छ । त्यतिसम्म किसान परिवारले के खाने ? घर कसरी चलाउने ? यस्तो अवस्थामा किसानले गुहार्ने सरकारलाई नै हो तर यो सरकार यति भ्रष्ट छ कि आफुलाई घर, पजेरो र अन्य सुबिधा जुटाउन एक मिनटमा पैसा निस्कस्न्छ तर किसानका समस्या समाधान गर्न आनाकानी गर्छ । यस्तो पनि जनपक्षीय सरकार हुन्छ ? फेरि यिनलाई किसानका समस्या हेर्ने फुर्सद पनि कहाँ छ र ? कुर्र्ची जाला कि भनेर कुर्ची समाएर बस्ने एकथरी छन् भने त्यो कुर्चीमा कसरी पुग्न सकिन्छ भन्ने दाउपेचमा अर्कोथरी छन् । सरकार न प्रतिपक्ष कसैलाई जनताको चिन्ता छैन । जनता जाय भाँडमा यिनीहरुको मुख्य नीति नै त्यस्तै देखिन्छ । न संसदमा किसानका समस्याका विषयमा छलफल चल्छ । नत्र २०७४ सालदेखिको उँखुको पैसा किसानले किन पाउँदैनन् ? चारपाँच वर्षसम्म पैसा किन पाएनन् किसानले ? यतिका वर्ष किसान परिवारले के खाएर बसे खोई चासो लिएको ? यसरी जित्न सकिन्छ जनताको मन ? त्यसैले जनताले अर्को चुनाव पर्खेर बसेका छन् भन्छन् चुनाव त आओस् ।

सरकारको यस्तो रबैयाले नै अहिले सर्लाहीका किसान उँखुबाट चिनी बन्छ, चिनी हुन्छ गुलियो, माफियाको गुलियोमा सरकार भुलियो भन्ने नारा लेखिएका प्लेकसहित आन्दोलनमा छन् र काठमाण्डौ माइतीघर मण्डलामा पुगेका छन् । यति भ्रष्ट सरकार त यो भन्दा पहिला सायदै थिए होलान् । सरकार माफियाकै गुटले मात्र बनेको रहेछ र माफियाले नै चलाएको रहेछ । देश बिकासका नारा भट्याएर नथाक्ने सरकारले उँखु किसानका समस्या समाधानमा किन चासो दिएन ? आखिर उँखु पेलेर चिनी बनेपछि, चिनी बेचेर पैसा पनि आएहोला नि । त्यो पैसाबाट किसानलाई उँखुको पैसा दिएको भए हुन्नथ्यो ? आखिर कहाँ गयो त चिनी बेचेको पैसा ? फेरि किसानले चिनी बेचेर पैसा दिनुहोला पनि भनेका थिएनन् । उद्योग चलाउन उँखु चाहियो किसानले उँखु दिए । उँखु दिएपछि पैसा दिनु त ब्यापारिक नियम पनि हो । किसानलाई मारेर कसरी र कस्तो बिकास खोजेको हो ?

देश बिकासकोे पूर्वाधार भनेको जल, जमिन र जंगल हो । मानिसको हातमुख जोर्ने मुख्य आधार भनेको पनि कृषि नै हो । कृषिका अनेक बिकल्पमध्ये उँखुखेती पनि एक हो र नगदेबाली हो । कुनै किसानलाई त्यही गर्न मन लाग्यो । गाई भैसी कुखुरा बाख्रा बुङ्गुर, माछा,मौरी, तरकारी फलफूल, खुर्सानी जिरा धनियाँजन्य खेती सहायक खेती हुन् र नगदे बाली हुन् । मुख्य त अन्न बाली नै हो धान, गहु जौ, मकै कोदो फापर, उवा र दलहन जात सबै । अन्न वाली लगायत यी सबैमा देश आत्मर्निभर बन्न सक्यो, र बाहिरबाट आयात गर्नु परेन भने देश अगाडि बढ्छ । उद्योग धन्दाकालागि कच्चा पदार्थ पनि कृषिबाटै प्राप्त हुन्छन् । भइरहेका पनि थिए । जुट, सुर्ति, चिया, आदि यी सबै देश बिकासका आधार हुन् । त्यसैले कृषिलाई जोड दिनु आवश्यक हुन्छ । कृषिमा जोड दिन कृषकलाई हौसला प्रदान गर्नुपर्छ, मल बीउ बिजन अनुदानको ब्यवस्था, कृषि बिमाका कार्यक्रम, आधुनिक कृषि शिक्षा तालिमको ब्यवस्था जस्ता कार्यक्रमले कृषलाई हौसला प्रदान गर्छन् ।

तर अहिले सर्लार्हका उँखु किसानसंग न पैसा भयो न त अन्न नै छ । सरकारले किसानलाई भोकै मर भन्न खोजेजस्तो देखियो । कागजमा कृषिसम्बन्धी नीतिनियम बनाएर मात्र हुन्छ र ? त्यसलाई लागु गर्ने र कृषकलाई कसरी हुन्छ कृषि पेसामा हौसला बढाउने काम गरेको देखिएन । कृषकको मर्म बुझे पो कृषकले मन लगाएर खेती गर्छन् । सरकारलाई पैसा दिएपछि जे गर्न पनि छुट भएकोे देशमा समृद्धि कसरी आउला र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?