ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

नेपाल सम्वत् को महत्व

३० कार्तिक २०७७, आईतवार
३० कार्तिक २०७७, आईतवार

परिचय
राष्ट्रिय विभूति शंखधर साख्वाले देशभरका जनतालाई ऋण मुक्त गरेर चलाएको सम्वत् नै नेपाल सम्वत हो । यो चन्द्र मासमा आधारित साल हो । त्यसैले यसको प्रर्वतक शंखधर साख्वा हुन् ।

स्थापना
नेपाल सम्वत वि.स. ९३६ कार्तिक शुक्ल प्रतिपदा तदनुसार सन इ.स. ८७९ अक्टुवर २० तारिखदेखि भक्तपुरका राजा राधवदेवको आज्ञामा चलेको थियो । नेपालमा औपचारिक रुपमा यो सम्वत पृथ्वी नारायण शाहको पालासम्म प्रचलनमा रहेको थियो । राष्ट्को नामबाट प्रारम्भ भएको नेपाल सम्वत् नेपालको आफ्नो मौलिक सम्वत् हो । यो सम्वत् को नयाँ वर्ष नेवारहरुको महपुजाको दिन देखि सुरु हुन्छ ।

प्राचीन तथ्य
शंखधर साख्वा एक मौलिक नेपाली कान्तिपुर निवासी हुन । उनको जन्म ९४०–९४७ विक्रम सम्वत बीच भएको अनुमान छ । विशेषत शंखधर साख्वाले वालुवालाई सुनमा परिणत गरि जनताको ऋण तिरेको इतिहास रहेको छ । ऋण मुक्त गरेको दिनको सम्झना स्वरुप नेपाल सम्वत् स्थापना गरेको तथ्य रहेको छ ।

नेपाल सम्वत र तिथि गणनाः
यो सम्वतमा एउटा औसिको भोलिपल्ट प्रतिपदाको दिनबाट अर्कोऔसि सम्मको दिनलाई एक महिना र १२ वटा औसिको अवधिलाई एक वर्ष (३५४ देखि ३७८ दिन हुन सक्छ) गणना गरिएको छ । नेपाल संवत अनुसार महिनाको नाम १ –कछला, २–चिंला, ३ प्वहेला ९पोहेला० ४– सिल्ला ५– चिल्ला, ६– चौला, ७ वछला, ८ तँछला, ९ दिल्ला (देला) १० गुँला ११–ञला (चला) १२ कौला रहेको छ । त्यस्तै महिनामा क्रमशंः १– पारर, २– दुतिया, ३– तृतिया, ४–चौथी ५ पन्चमी, ६– षष्टी, ७–सप्तमी, ८ अष्टमी, ९ नवमी, १० दशमी, ११ एकादशी, १२ द्धादशी, १३ त्रयोदशी, १४ चतुर्थी, १५ पूणिमा, अर्को १५ दिन यस्तै क्रमसः भई १५ औ दिनमा आमै –औशी हुने गर्दछ ।

भ्रमः
नेपाल संवत शुरु हुनु भन्दा अघि नै नेवारहरुले म्ह् पूजा मनाउने गरेको पाइन्छ । तर म्ह् पूजाको दिन नेपाल संवत शुरु हुने भएकोले प्रायजसोले यो संवत नेवारहरुले मात्र हो भनि भ्रम परेको छ ।

मान्यताः
नेपाल संवतलाई वि स २००७ सालमा वि पी कोइरालाको मन्त्री परिषदबाट नेपालको राष्टिय पर्वको रुपमा घोषणा गरिएको थियो । नेवार समुदायमा चाडपर्व रितिथिति धार्मिक र सांस्कृतिक कार्य नेपाल सम्वत् अनुसार गर्ने प्रचलन रहेको छ । गरिव जनताको ऋण मोचन गरि सामाजिक सेवाको उत्कृष्ट नमुना कार्यको उच्च मुल्याकन गर्दै नेपाल सम्वत् चलाएको हुनाले वि.स. २०५६ मार्ग २ गते शंखधर साख्वालाई १५ औ राष्ट्रिय विभुतिको रुपमा सरकारले घोषणा गरेको थियो । वि.स. २०६५ मा प्राधानमन्त्री पुष्प कमल दहालले नेपाल सम्वतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेको थिए । वि.स. २०७७ साउन १ गतेदेखि ललितपुर महानगर पालिकाले न्यायिक मामिला बाहेक अरु सबै पत्राचारमा विक्रम सम्वतसगै नेपाल सम्वत पनि अनिवार्य लेख्ने निर्णय गरेको छ ।

महत्वः
यो सम्वत अन्य देशबाट आयात गरिएको होइन । यो हाम्रो देशमा स्थापित भरको सम्वत हो । यो कुनै धर्म र व्यक्तिको नामबाट आएको होइन । जस्तै विक्रम सम्वत राजा विक्रमा दित्यको नामबाट शक सम्वत भारतको शंक वंशबाट, इस्वी सम्वत इसा मसीहको नामवाट स्थापित भएका छन् तर नेपाल सम्वत शंखधर साख्वाले आफ्नो नामबाट स्थापना न गरी देशको नामबाट गरेका थिए ।

सन् २०२० अक्टोवर २० (नेपाल सम्वत ११४१) देखि सौर्य मासिक पात्रो नेस ११४१ प्रारम्भ भएको छ । बोली चालिको भाषामा यो सौर्य मासिक नेपाल सम्वत लाई न्हिल्याः कथया नेपाल सम्वत मिती अनुसारको नेपाल सम्वत भनिन्छ । यो सम्वत पृथ्वीले सुर्य घुम्न समयावधिमा आधारित छ । यो सम्वत पृथ्वीले सूर्य घुम्ने समयावधिमा आधारित छ । यसमा प्रत्येक बर्ष ३६५ दिन र अधिक वर्ष (लीप इयर) मा ३६६ दिन हुन्छ ।

नेपाल सम्वतको पहिलो दिन नेवार समुदामा म्ह पूजा गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन राति म्ह पुजा मनाइन्छ । मानिसको आत्मा नै सवभन्दा ठुलो र महत्व पुर्ण भएकोले आत्मा पुजा गर्ने परम्परा चलिरहेको कुरा धर्म शास्त्र विद हरुले प्रष्ट पारेका छन् ।आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रशन्न भई आर्शिवाद दिने र जीवन पनि सार्थक हुने धार्मिक विश्वास रहेको र समाजमा यस दिन देखि जीवन सुखमय र सफलता तिर उन्मुख हुने गरेको पाइएको छ ।

नेपाल सम्वत मनाउन सुझावः
वि।स २०७७ मार्ग १ गते सोमवार देखि नेपाल सम्वत ११४१ प्रारम्भ हुदैछ । अहिले कोभिड १९ को महामारी लाई ध्यानमा राखि नेपाल सम्वत न्हुदयाँ भिन्तुना सुरक्षित र स्वाथ्य माप दण्ड पालना गरि सरकारको निर्देशानुसार मनाउनु पर्दछ ।

नेपाल सम्वत न्हुदयाँ भिन्तुना मनाउन निम्न गर्न सक्छौ
१। नयां वर्ष ११४१ (न्हुदँ) कोरोना मुक्त वर्ष बनोस् (न्हुद ११४१ कोरोना मुक्त न्हुगुद जुइमा ) भनि शुभकामना व्यक्त गर्ने ।
२। नेपाल सम्वत ११४१ न्हुदयाँ भिन्तुना लेखेको व्यानर ठाउँ ठाउँमा प्रदर्शन गर्ने (राख्ने )
३।शुभकामना आदान प्रदान र प्रवचन कार्यक्रम भर्चुअल (प्रविधिबाट) आयोजना गर्ने ।
भवतु सब्व मंगलम ः…

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission