© २०२३
भर्खरै ५ नं. प्रदेशको संसदले प्रदेशको नाम लुम्बिनी भनी नामाकरण गर्यो भने आसपासका जिल्ला अर्घाखा“ची र प्युठानका केही भुभागलाई समेट्ने गरी मुख्य रुपमा दांग जिल्लाको भालुवांगलाई राजधानी भनी घोषणा गर्यो । यो एक ऐतिहासिक घटनासंगै यसले रुपन्देहीमा र विषेश गरी बुटवलमा राजनैतिक र वैचारिक रुपले ठूलो वहसको उठान गरेको छ । रुपन्देही भित्रमात्रै बहस सीमित नभएर यसले राष्ट्रव्यापी रुपमा एउटा ओजिलो बहसको विषय बनाइदिएको छ । रुपन्देहीमा विभिन्न संघ संस्थाहरुले आयोजना गरेका अन्तक्र्रिया तथा छलफल कार्यक्रमहरुमा तथा रेडियो टेलिभिजनका अन्तर्वार्ताहरुमा र विभिन्न पत्र पत्रिकाहरुमा प्रकाशित लेखहरुमा रुपन्देही नै राजधानीकोनिम्ति उपयुक्त स्थान भनी आवाज उठाइयो । यस आलेखमा मैले ती आवाजहरुको सम्पुष्टि गर्नुपर्दछ भने स्थानीय र राष्ट्रियस्तरमा कस्तो बहस भन्ने प्रश्नको पनि समन गर्नुपर्दछ ।
अर्थशास्त्रमा परियोजना निर्माण गर्दा अपनाइने एउटा विधिको चर्चा छ जुन प्राविधिक रुपमा इन्जिनियरहरुको कार्यक्षेत्र भित्र पनि पर्दछ । त्यो हो लागत—लाभ विश्लेषण । लागत—लाभ विश्लेषण विना कुनै पनि परियोजना अगाडी बढाउनु हु“दैन र बढाएको खण्डमा त्यस परियोजनाले साधन र स्रोतको कुशलतम प्रयोग हुन नदिई समाजको विकासमा अवरोध सृजना गर्दछ र अन्ततोगत्वा उक्त परियोजना बन्द हुन पुग्दछ । लागत—लाभ विश्लेषण गर्दा परियोजनाको निश्चित अवधिसम्म परियोजनाले दिने सम्पूर्ण लाभहरुको (प्रत्यक्ष र अप्रत्यक्ष) गणना गरिन्छ भने परियोजनाले समाजमा सृजना गर्ने लागत वा घाटा (प्रत्यक्ष र अप्रत्यक्ष) को गणना गरिन्छ । अन्तमा लागतभन्दा लाभ धेरै भयो भने परियोजना अगाडी बढाइन्छ र लागतभन्दा लाभ कम देखियो भने परियोजना बन्द गरी वैकल्पिक परियोजनालाई अगाडी बढाइन्छ । यसप्रकारको निचोडमा पुग्नकोनिम्ति निकै लामो अध्ययन र मेहनतको खा“चो पर्दछ । मैले रुपन्देहीलाई राजधानीकोनिम्ति उपयुक्त भनिरह“दा यिनै वैज्ञनिक विधिलाई आधार बनाएको थिए“ ।
प्रथमतः हामी अति कम विकसित मुलुकमध्ये पर्दछौं भन्ने सम्झनु पर्दछ । हाम्रो प्रति व्यक्ति आम्दानी, हाम्रो कूल राष्ट्रिय आम्दानी, हाम्रो भुक्तान संतुलनको स्थिति, हाम्रो कूल रोजगारी, हाम्रो गरिवीको अवस्था, हाम्रो लगानी र बचतको स्थिति आदिजस्ता समग्र आर्थिक परिसूचकहरु कतातिर सोझिएका छन् ? त्यसै त नेपाल सत्ताइसवटा गरिव मुलुकको क्लवमा राखिएन होला । हामी अमेरिका र क्यानडाजस्तै बगर र बञ्जर जमीनलाई गुल्जार गर्ने हैसियतमा त पक्कै छैनौं । यदि हाम्रो आर्थिक अवस्था अमेरिका र क्यानडा वा ध्वस्त पारिएको जापानजस्तो हुन्थ्यो भने ठीक मान्न सकिन्थ्यो यो निर्णय । सार्वजनिक भएका समाचारअनुसार प्रदेशको अस्थायी राजधानी निर्माणमै करिव करोडौं रकम खर्च भैसकेको छ । संघीयता महंगो भन्दाभन्दै पनि यति खर्चलाई स्वाभाविक मानियो । यति खर्च गरेर यो राजधानीले प्रदेशलाई पुराउने योगदान निकै उच्च थियो र छ । लगभग सम्पूर्ण पूर्वाधार बनिसकेको अवस्था छ । एयरपोर्ट देखि लोकमार्ग कनेक्टिभिटीसम्म, उद्योग कलखानादेखि विद्यालय महाविद्यालयसम्म, अन्तर्राष्ट्रिय सीमासम्मको आवत जावतको सुविधादेखि पर्यटन उद्योगसम्म, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रदेखि जनसा“ख्यिक पहु“चसम्म सबका सब तयारी हातलमा बनिसकेको अवस्था छ । घना बस्ति र औद्योगिक शहरको रुपमा स्थापित बुटवल—भैरहवा एकीकृत शहरको रुपमासमेत विस्तारित भैरहेको सन्दर्भमा न्यूनतम लागतमा एउटा सौम्य राजधानी शहर भन्नुमा हामी प्रदेशवासी सबैको गौरवको विषय वनेकै थियो । यसरी न्यूनतम लागतमा उच्चतम लाभ दिन सक्ने राजधानी हु“दाहु“दै उच्च लागत उठाउने पूर्वाधार नै नभएको त्यो एकलासे निर्जन स्थान रोज्नु किन आवश्यक पर्यो ? त्यो पनि यो गरिवीको वीचमा । अर्बौं हैन, खर्बौं (कृषि विस्थापनलाई जोड्दा) रकम लगानी आवश्यक पर्ने त्यो ठाउ“मा जा“दा के चमत्कार हु“दैछ ? आधुनिक र सभ्य समाजमा सभ्य व्यवहार र कार्यशैली सदा पूजनीय रहन्छ । तर आफ्ना चुनावी नारालाई पुरा गर्न जनप्रतिधिहरुको नैसर्गिक अधिकारलाई जबरन लादेर गरिने निर्णयले स्वयं निर्णयकर्ताहरुलाई सपनामा ग्लानीका विम्बले झस्काउन थालिसक्यो होला ।
जहा“सम्म साविक लुम्विनी अञ्चल बाहेकका बा“की जिल्लाको भावनाको कुरा छ त्यो वेतुकको कुरा हो । प्रदेश राजधानीमा दैनिक काम लिएर आम नागरिक जाने हैन । जाने त चिल्ला गाडी नै हुन् । अति गरिव देशका जनप्रतिनिधि चढ्ने यी चिल्ला गाडीलाई भालुवांग भन्दा बुटवल नै ठीक थियो । जनतालाई त विकास भए पुग्थ्यो । त्यो ठाउ“मा दश हजार जनाले रोजगार प्राप्त गर्ने गरी कुनै ठूलो परियोजना लान सकिन्थ्यो । त्यहा“का जनताकानिम्ति शिक्षा र स्वास्थ्य सम्बन्धि धेरै काम गर्न सकिन्थ्यो । भालुबांगलाई नै मध्यविन्दु सा“स्कृतिक केन्द्र बनाउन सकिन्थ्यो । जनताको भावनामा खेलवाड गरेर आफ्नो नीजि लागत—लाभ गणनाको आधारमा राजधानी तोकियो भन्ने आवाज काठमाडौंका चोक चोकसम्म गुञ्जिएको छ । आजका जनता कोही लाटो छैन । सबले कुरा बुझिसकेका छन् । अब नया“ राजधानी निर्माणार्थ भनी कति राजस्व उठाइने हो । कति बजेट रकमान्तरण हुने हो ठेगान छैन । गरिवी हटाउन र कृषि मल कारखाना स्थापना गर्न पुग्ने पैसा फेरि वर्षौंसम्म त्यता डाइभर्ट हुने भो । भारततर्फको सीमालाई व्यवस्थित गर्न सकिएको छैन । सीमा मिचिएको छ । बरु त्यहा“ पर्खाल लगाउन यति रकम विनियोजित भयो भन्ने सुन्न जनता लालायीत थिए । यो त भयो आर्थिक पाटो ।
अब राजनीतिक र राष्ट्रिय बहसको पाटोमा चर्चा गरौं । अमेरिकी विव्दान चोम्स्किले एक प्रसंगमा भनेका छन् कि जनताको मतबाट जनताको मालिक हुने प्रणाली नै निकृष्ट राजनीतिक प्रणाली हो । यो त भागवत पुराणमा प्रह्लादका संतानको रुपमा राजा बन्न पुगेका राजा बेनको झल्को दिन्छ । जहा“ नेताहरुको चिन्तनमा सादगिपन कतै देखिँदैन न त व्यवहारमा नै । जनताको मत लिएर जनमतको कदर गर्न नसक्दा राज्य व्यवस्था नै संकटमा पर्न सक्छ । कम्युनिष्ट पार्टीको सिद्धान्तमा के के गरिन्छ र के गरिन्न भन्ने कुरा सबैलाई जगजाहेर छ । गर्नुपर्ने कुरा नगर्ने गर्न नपर्ने कुराचाहिँ गरिहाल्नु पर्ने ? साविक लुम्बिनी अञ्चलका सभासद्हरुलाई अप्ठेरोमा पार्ने गरी गरिएको ≈िवप प्रकरण त्यति सुन्दर कुरा होइन । ती सांसदहरुका जनताको चित्त दुख्नेगरी जबर्जस्ती त्यस्तो निर्णय गराउनु नै कम्युनिष्टता हो भने अब जनताले कम्युनिष्टलाई किन रोज्ने ? कम्तिमा ≈िवप नराखीदिएको भए सबैतिरका जन प्रतिनिधिहरुको विवेकको प्रयोग हुन्थ्यो । त्यो हुन पाएन । सत्ता कसैको पनि कहिल्यै पनि साश्वत हु“दैन । समय आएको बेला बिधिसम्मत, देश काल र परिस्थिति सुहाउ“दो निर्णय गर्ने हो । सारा प्रदेशलाई ठूलो आर्थिक भार पर्नेगरी गरिवी, पछौटेपन र बेरोजगारीको मूल्यमा यस्तो निर्णय गर्नु लाजमर्दो कुरा हो । आफु कति बलियो छु भनेर देखाइदिने मनसुवा यहा“ लुकेको देखिन्छ । जनता हार्नेगरी केही बेनवादी नेताहरुले जित्दैमा कुनै दिपावली गर्नु जरुरी छैन । उताका जनतालाई पनि अनावश्यक रुपमा के के न भयो भने जसरी भ्रममा पार्ने तर वास्वतिक रुपमा सारमा जनताको जीवनस्तरमा केहि सुधार नहुने यस्ता निर्णयबाट समाजमा नराम्रो असर पर्दछ ।
अब मानिसहरु संघीयतामै प्रश्न उठाउन थालिसके । केही नेताहरुलाई त गणतन्त्र नेपालमा आउनु र सुँगुरले आकाश देख्नु एउटै हो भन्ने लाग्थ्यो र पार्टी भित्रका गणतन्त्रका आवाजलाई कारवाही गर्नुहुन्थ्यो । पछि समयको वेगलाई थाम्न नसकेपछि गणतन्त्र स्वीकार गर्नुभएको हो । मलाइ त शंका लाग्छ कतै यो गणतन्त्रलाई असफल पार्ने र दाम पनि कमाउने गरी कतै योजनामा काम त भैराखेको छैन ? प्रदेशको राजधानी तोक्ने यो तौरतरिका जुन अत्यन्त मनोगत र दम्भपूर्ण छ यसले गणतन्त्रको वैधतामाथि नै प्रश्न खडा गरिदिएको छ । न आर्थिक रुपले न राजनैतिक रुपले न त वैचारिक रुपले नै यो प्रकरणको वैज्ञानिक रुपले पुष्टि गर्ने आधारहरु छन् जसलाई टेकेर नेतागणले आफ्नो सन्तानलाई आफ्ना गौरवपूर्ण गाथाहरु सगर्व सुनाउन सकून् ।
देशमा संघीयता ल्याउन दिलोज्यानले लडिरहेका रुपन्देहीका विभिन्न संघ संस्थाका अग्रज साथिहरु र सदस्यहरुले पार्टीबाट राजीनामा दिएको खवरले मलाई अत्यन्त दुखी तुल्याएको छ । असामान्य अवस्थाको कारण मैले भेटेरै कुरा गर्ने अवसर मिलेको छैन तर उहा“हरुको मनोभाव म राम्ररी बुझ्दछु । यसकानिम्ति उहा“हरु कति लड्नु भयो होला भन्ने पनि म अनुमान लगाउन सक्छु किनकि म प्रत्यक्ष रुपमा उहा“हरुसंग लामो समय काम गरेको अनुभव छ । यसले पार्टीको नालायकीपना उदांग गरिदिएको छ । नेताहरुको स्वार्थ वा अकर्मण्यताको भद्दा रुपको प्रहसन भैराखेको छ । आज राजनीतिक रुपमा संघीयता नै वा प्रदेश सरकारको जरुरत कति भनेर प्र्रश्न उठेको बेला सत्ता र शक्तिको आडमा सारा इतिहास नामेट हुने गरी गरिने यस्ता गतिविधिले मुलुकलाई पुनः अस्थिरतातर्फ त धकेल्ने होइन ?
जहा“सम्म रुपन्देहीलाई आर्थिक राजधानीको रुपमा विकास गर्ने भन्ने प्रश्न छ त्यो केटाकेटीलाई फकाएजस्तो कुरा हो । शुरुमै राखिसकेँ कि रुपन्देही हरेक हिसावले राजधानी थियो र छ पनि । अब पनि क्रमशः यो आफ्नो गतिमा अगाडी बढिरहने छ । उक्त भनाइलाई कोरा आश्वासनको मात्र कुरा हो भनेर धेरैले बुझीसकेका छन् । संघीय र प्रदेश सरकारलेमात्र होइन स्थानीय निकायले गर्ने निर्णयसमेत बहुत सुझबुझ तथा पारदर्शिताकासाथ गरिएन भने यस्ता पैरो पार्टी भित्र गइरहन सक्छ ।
राज्य व्यवस्था आफैमा जड चिज हो । यो जड वस्तुलाई चेतनशील मानिसका चेतनाशक्तिले जडतातर्फ लान्छ कि सिर्जनातर्फ लान्छ भन्ने कुराले राज्य व्यवस्थाको गरीमा र दीर्घजीवनमा प्रभाव पार्दछ । त्यसकारण राज्य मिशिनरीमा रहने हरेक व्यक्ति विवेकी र ज्ञानी हुनुपर्दछ भनेर महर्षी चाणक्यले जोड दिएको पाइन्छ । निर्णयको नैतिक धरातल त कमजोर छ तर पनि अब गर्न त केहि सकिन्न जे नहुनु थियो भै गयो भनी म यस विषयमा नबोलौं कि भनेर नै यतिका दिन मौन बसें । तर मलाई बुटवलका चेतनशील, सर्जक, विव्दान मित्रहरुले निकै घच्घचाउनु भो । मैले हिजो रुपन्देहीमै राजधानी हुनुपर्दछ भनी उठाएको आवाज पूर्ण होस हवासमा वैज्ञानिक विधि र सिद्धान्तका आधारमा बोलेको थिए“ भन्नकोलागि ढिलै भए पनि आफ्नै आवाजलाई समर्थन गर्दै यो आलेख विव्दान पाठकसमक्ष प्रस्तुत गरेको छु । बा“की यहा“हरुको हातमा । अस्तु ।