ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

फोहोर प्रशोधन केन्द्र निर्माणमा बिरोध

९ श्रावण २०७५, बुधबार
९ श्रावण २०७५, बुधबार

सिद्धार्थनगर नगरपालिकाले निर्माण गर्ने भनिएको एकिकृत फोहर प्रसोधन केन्द्रको विरोध भएको छ । एकिकृत शहरी बिकास आयोजनाको बहुआयमिक योजना फोहोरमैला प्रशोधन केन्द्रको निर्माण कार्य अन्यौलमा परेको हो ।
आयोजनाका कर्मचारीहरुले स्थानियहरुको विश्वास जित्न नसक्दा योजना नै बिफल हुने डर बढ्दै गएको छ ।यद्दपी आयोजनाको कर्मचारीहरुले स्थानिय अगुवाहरु संग पटक पटक वार्ता गरे पनि उनिहरु सम्बन्धित स्थानिय जनताको विश्वास जित्न सकेका छैनन् । एकिकृत शहरी विकास आयोजना अन्र्तगत सिद्धार्थनगर नगरपालिका भित्र रहेको फोहोरलाई आधुनिक प्रणालीद्धारा प्रशोधन गरि पुनः प्रयोगमा ल्याउने उद्देश्यले आयोजनाले ओम सतिया गाउपालिकाको वडा नम्बर ५ पट्खौलीमा १ करोड २ लाखमा ६ बिगहा जग्गा खरिद गरेको थियो ।

तर अहिले सो जग्गामा नगरपालिकाले डम्पिङ्ग साईट बनाउन लागेको भन्दै स्थानियहरुले बिरोध गरि रहेका छन । स्थानियहरुकै भनाई अनुसार नगरपालिकाले बनाउन लागेको डम्पिङ्ग साईटको नजिकै ऐतिहासिक महत्व बोकेको ओमसतिया मन्दिर र लोहरौली मन्दिर तथा २ वटा बिद्यालय र गाउलाई समेत असर पर्ने देखिन्छ । यस अतिरिक्त डम्पिङ्ग साईट संगै जोडिएर रहेको रोहिणी नदीमा फोहोर मिसिदा ओमसतिया गाउपालिका मात्र हैन नजिकैको रोहिणी गाउपालिकालाई पनि फोहोरले असर गर्ने छ । ओमसतिया गाउपालिका वडा नम्बर ५ का अध्यक्ष ओम प्रकाश कुर्मिले नगरपालिकाले फाल्ने फोहोरले वडालाई मात्र नभई त्यस क्षेत्रलाई नै असर गर्ने हुदा कुनै पनि हालतमा त्यहा फोहोर फाल्न नदिने बताए ।

नगरपालिकाले डम्पिङ्ग साईट निर्माणको लागी दबाव बढाउदै लगे पछि स्थानियहरुले सो को बिरोधको लागी संघर्ष समिति नै बनाएर बिरोधका कार्यक्रम गर्ने बताएका छन । पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री तथा नेपाली कांग्रेसका जिल्ला सभापति अब्दुल रज्जाकले पनि सो क्षेत्रमा कुनै पनि हालतमा डम्पिङ्ग साईट बन्न नदिने बताए । उनले नगरपालिकामै प्रयाप्त जग्गा हुदाहुदै त्यहा सो निर्माण नगर्नुले आयोजनाको नियत स्पष्ट भएको बताए ।गाउपालिका अध्यक्ष हिरा कुमार केवटले डम्पिङ्ग साईटको बिरोधलाई मूख्य चुनावी एजेण्डा बनाई चुनाव जितेको र निर्वाचन पछि आर्थिक प्रलोभनमा परि अहिले आफै डम्पिङ्ग साईट निर्माणमा लागी परेको समेत स्थानिय अगुवाहरुले आरोप लगाए । बिभिन्न अगुवाहरुलाई एकिकृत शहरी बिकास आयोजना तथा ओमसतिया गाउपालिकाको कार्यालय गोप्य बैठक भन्दै आर्थिक प्रलोभनमा समेत पार्ने प्रयास गरेको उनिहरुको दावी छ ।
नगरपालिकाले निर्माण गर्ने भनिएको डम्पिङ्ग साईट निर्माण रोक्न प्राय सबै दलका नेताहरुले स्थानियहरुको सहयोग दिने प्रतिवद्धता जनाएका छन । नेपाली कांग्रेस मात्र हैन संघिय समाजवादी फोरमका बिद्या यादव, नया शक्तिका देवेन्द्र पाण्डे, नेकपाका प्रदिप कुमार पाण्डे, राप्रपाका ताहिर अली, राजपाका प्रशान्त गुप्ता लगायतले स्थानियहरुको प्रत्येक कदममा साथ दिने बताए । उनिहरुले सो क्षेत्र धार्मिक एवम पर्यटकिय दृष्टिले समेत महत्वपूर्ण रहेको हुदा यसलाई धार्मिक पर्यटकिय स्थलको रुपमा बिकास गर्ने योजना अघि सारेका छन ।
रोहिणी गाउपालिकाका अध्यक्ष सनोज कुमार यादवले ओमसतियामा बन्ने डम्पिङ्ग साईटले रोहिणी गाउपालिकालाई समेत असर गर्ने हुदा आफुहरु पनि सो निर्माणको बिरोधमा रहेको बताए । उनले ओमसतिया मन्दिर ऐतिहासिक रहेको कारण यसको बिकास एवम पर्यटन प्रवद्र्धनको लागी रोहिणी गाउपालिकाले पनि लगानी गर्न तयार रहेको प्रतिवद्धता जनाए ।
स्थानिहरुले यो क्षेत्र धार्मिक आस्थासित जोडिएर रहेको हुदा बुरु मर्न र मार्न भए पनि तयार हुने तर कुनै पनि हालतमा डम्पिङ्ग साईट बनाउन नदिने बताए । यता एकिकृत शहरी बिकास आयोजनाले सो स्थानमा डम्पिङ्ग साईट नभई फोहोर मैला प्रशोधन केन्द्र निर्माण गर्ने बताएको छ । स्थानियहरुले यसलाई डम्पिङ्ग साईटको रुपमा बुझिदिदा समस्या भएको आयोजना प्रमुख ईन्जिनियर शैलेन्द्र श्रेष्ठले बताए । उनले फोहोर मैला प्रशोधन केन्द्रले नगरपालिकाको मात्र नभई सम्बन्धित गाउपालिकाको समेत फोहोरमैला ब्यावस्थापनमा सहयोग गर्ने हुदा यसका लागी सबैको सहयोग रहेको बताए । उनले असन्तुष्ट स्थानियहरुसंग फेरी वार्ता गरि निर्माण प्रक्रियालाई अगाडी बढाउने बताए ।
३२ करोड भन्दा बढीको लागतमा निर्माण हुने फोहोरमैला प्रशोधन केन्दको निर्माण कार्यको लागी ठेक्का सम्झौता समेत गरि सकेको अवश्थामा स्थानियहरुको अवरोधको कारण आयोजना नै अन्यौलमा परेको छ । स्थानियहरुलाई खुशी पार्न आयोजनाले लोहरौली र गौरी गाउमा ५७ लाख ६० हजार बराबरको बिभिन्न साना पूर्वाधार निर्माण गर्ने आश्वासन समेत दिएको आयोजना प्रमुख श्रेष्ठले बताए ।
यसै बिच नगरपालिकाले निर्माण गर्ने भनिएको डम्पिङ्ग साईट निर्माण हुन नदिन स्थानियहरुले फोहोरमैला डम्पिङ्ग साईट निर्माण संघर्ष समिति गठन गरेका छन । मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि समितिबारे जानकारी गराईएको छ । बिद्या यादवको संयोजकत्वमा स्थानिय अगुवाहरु प्रशान्त गुप्ता, प्रदिप पाण्डे, बैजनाथ सहानी, सब्बीर पठान, आकाश खान, आशीस कुमार चौधरी, सुनिल कुमार चौधरी, चन्द्रभान तिवारी, जयप्रकाश यादव, योगेन्द्र चौधरी, नाजिर अलि लगायत रहेको ५१ सदस्यीय संघर्ष समिति गठन गरिएको हो । समितिको सल्लाहकारहरुमा सो क्षेत्रमा रहेका बिभिन्न राजनैतिक दलका अगुवा नेताहरुलाई राखिएको समितिका संयोजक बिद्या यादवले जानकारी दिए । समितिले आगामी दिनमा निर्माण कार्य हुन नदिने एक मात्र लक्ष्य लिई स्थानिहरुको सहयोग गर्ने यादवले बताए ।
Photo एकिकृत शहरी बिकास अयोजना अन्र्तगत सिद्धार्थनगर नगर पालिकाले फोहोर प्रशोधन केन्द्र निर्माणको लागी खरिद गरेको जग्गा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?