© २०२३
प्रदेश ५ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले बुटवललाई अस्थायी राजधानी तोकिनु नै गलत भएको बताएका छन् । अस्थायी राजधानी तोकिनुले अहिलेको अवस्था सिर्जना भएको तर्क गर्दै उनले यस विगतको सरकारले गरेको कामप्रति दोष लगाए ।
बुटवललाई अस्थायी राजधानी तोकिनु नै गलत थियो मन्त्री गिरीले बुटवल टुडेसँग भने, अहिले राजधानीको केन्द्र तोक्ने कुरामा कठिनाइ भयो ।
नेपाल कम्यूनिष्ट पाटी (नेकपा) रुपन्देहीका इन्चार्ज समेत रहेका गिरीले रुपन्देहीले राजधानी गुमाएको क्षतिपूर्ति आफुहरुले दिने दाबी गरे । हामीले यस क्षेत्रलाई आर्थिक केन्द्र बनाउँछौं उनले भने, यसमा प्रदेश सरकार प्रतिबद्द छ ।
कार्यकर्ताले सडक तताइरहेका छन्, नेकपाकै सांसदहरु पनि असतुष्ट देखिन्छन्, त्यसबारे के भन्नुहुन्छ भन्ने अर्को प्रश्नमा मन्त्री गिरीले भने, राजधानी तोक्ने बिषयमा असन्तुष्टी आउनु स्वाभाविक भएको बताए । राजधानीको केन्द्र सार्दा यो क्षेत्रलाई केही असर गरेपनि देशको समग्र राजनीतिलाई भने यसले सहयोग गर्ने उनको भनाई छ ।
मन्त्री गिरीलाई कार्यकर्ताले राजधानीको केन्द्र सार्ने बिषयमा खुलेर बिरोध गरी अगाडी आउन भनिरहेका छन् । तर उनले भने पाटीको निर्णय भन्दै कार्यकर्तालाई विरोधमा आउन नसकिने जवाफ दिइरहेका छन् । नेकपाका एक जिल्ला नेताले पाटी इन्चार्जले खुट्टा कमाउँदा राजधानीको बिषय कमजोर बनेको बताए । उहाँ आउनुभो भने, रुपन्देही मात्रै नभई लुम्विनीकै सांसदहरु फर्किने र राजधानीको केन्द्र तोक्ने प्रस्ताव प्रदेश सभामा कमजोर हुने उनको तर्क छ ।
उहाँले अहिलेका लागि मात्रै हेर्नुभएको छ ति नेताले भने, अब आउने निर्वाचनमा जनताले यसको गुन तिर्नेछन् । सामाजिक संघ संस्थाहरुको सञ्जालले बुटवलमा आयोजना गरेको धर्ना तथा बिरोध प्रदर्शन यस क्षेत्रका नेतालाई नेकपा संसदीय दलको ह्वीप उलघंन गरेर खुलेर सडकमा आउन दबाब दिइरहेका छन् ।
रुपन्देहीका सामाजिक संघ संस्थासँग आबद्द नेकपाका पाटी सदस्यहरुले मंगलबार सामुहिक रुपमा राजीनामा दिने तयारी गरेका छन् । अहिलेसम्म २ हजार २ सय ४९ जना पाटी सदस्यको हस्ताक्षर संकलन भइसकेको नेकपा रुपन्देहीका एक नेताले बुटवल टुडेलाई जानकारी दिए ।